गैह्रापाटन, पोखरा । यही असोज २१ गते गैह्रापाटनस्थित के.सी. क्याटरिङ हट एण्ड स्पाइसी पार्टी प्यालेसमा तोडा बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय गान सहकारी सिद्धान्तको वाचन गर्दै अगाडि बढेको कार्यक्रममा सहसचिव रामप्रसाद शर्माले गत साधारण सभा तथा दोस्रो महाधिवेशनको मिनट पाठ गरेका थिए ।
रानीपौवामा अवस्थित यस संस्थाका सचिव राजेन्द्रकुमार अधिकारीले आ.व. २०७३÷७४ को वार्षिक प्रतिवेदन तथा आगामी वर्षको योजना प्रस्तुत गरे । त्यसैगरी संस्थाका कोषाध्यक्ष कृष्ण अधिकारीले आ.व. २०७३÷७४ को आर्थिक तथा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरे । संस्थाका अध्यक्ष रामचन्द्र तिमोथीले सहकारीहरुको बीचमा तोडा सहकारी नमुना बन्ने प्रयासमा रहेको धारणा राखे । उनले सहकारी सञ्चालनमा अवसर र चुनौती दुवै भएको बताउँदै बाइबलबाट तोडाको दृष्टान्तबाट सिक्नुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट शेयर सदस्य व्यवसायी जोन थापा मगर र उत्कृष्ट शेयर सदस्य बचतकर्तामा नारायणप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । शेयर सदस्यहरुका तर्फबाट दुर्गा गुरुङ र जोन थापा मगरले आफ्नो धारणा राखेका थिए ।
Discussion about this post