पास्टर-अगुवाहरूसँग आयोजना गरिने भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्बन्धमा जारी गरिएको
प्रेस विज्ञप्ती
बालबालिकाहरूमाझ विगत दश वर्षदेखि श्रव्यदृष्यको माध्यमद्वारा नैतिक मूल्य र मान्यता चेतना जीवन जिउने कला तथा स्वस्थ मनोरञ्जशन उपलब्ध गराउँदै आएको अत्यन्तै लोकप्रिय बाल कार्यक्रम खुशीको संसारका निर्माता प्रमिस प्रडक्सन्स् प्रा. लि.ले बाइबलका घटना विवरणमा आधारित तथा अत्याधुनिक प्रविधिद्वारा निर्मित चेलापनमुखी रोमाञ्च क शृङ्खला सुपरबुक गत वर्षदेखि ईमेज च्यानलमार्फत प्रसारण गर्दै आएको छ । गत वर्षको महाभूकम्पको असरको कारण यसको पाठ्यक्रम तयार हुनमा ढिलाइ भए तापनि सुपरबुक कलबमा प्रयोग गरिने पाठ्यक्रम अब तयारीको अन्तिम चरणमा पुगेको छ ।
तथापि नेपाली मण्डली तथा सेवाकार्यमा संलग्न संघसंस्थाहरूको संलग्नपताविना यो सामग्रीको सदुपयोग हुन अनि धेरैभन्दा धेरै बालबालिकाहरूमाझ यो पुग्न सम्भव छैन । साथै हाम्रो सेवाकार्य भनेको प्राथमिक रुपमा स्थानीय मण्डली र सेवाकार्यमा संलग्नम संघसंस्थाहरूलाई प्रभावकारी स्रोतसाधन उपलब्ध गराउनु हो । यसै क्रममा सुपरबुकको एक एपिसोड देखाइने छ र त्यसमा आधारित भएर सुपरबुक क्लबमा यसलाई कसरी प्रयोग गर्ने भन्नेब बारेमा संक्षिप्तछ प्रस्तुति समेत गरिनेछ । यसर्थ यसको बारेमा थप जानकारी तथा अन्तरकृयाको लागि उपत्यका भित्रका निम्नर जिल्लाका पास्टर र अगुवाहरूसँग निम्नस मिति स्थान र समयमा भेटघाट कार्यक्रम राखिएको छ ।
ललितपुर जिल्लाको लागिः
मितिः नोभेम्बर २७ तारिख, मङ्सिर १२ मंगलवार
स्थानः नेपाल थियोलजिकल कलेज, सातदोबाटो, बोधीग्रामटोल
समयः दिउँसो ३:००-५:००
Discussion about this post