• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

गोफर कसरी पोत्नी ?

by Aadaan Pradaan
November 17, 2015
in Socio-political
Aadaan Pradaan
Aadaan Pradaan
आदान प्रदान

मेरी प्रिया, कसरी आऊँ तिम्रो गाउँ < हाम्रा बाइक गाडाहरूको बिस्कुन लागेको छ, वारिदेखि पारि छरिएको छ । बरू तिमी नै आऊ न, यसो फलफलार, सागपात बोकेर । म मेरो इस्कुटीमा कसरी आऊँ ? चक्कालाई धक्का दिने त्यो के जाति छैन, तेसका बाजे एतिका दिनमा नाम पनि भलियो त्यसमा हाल्ने त्यो तरल पदार्थ । हो त्यो तरल छैन, हिँड्नु तेती सरल छैन । लामा बाटोमा कुन पैसाले चिया खानु, गिलासको तीस चालीस पर्नी । डुनट, तर्कारीको झन कति पर्दो हो । आफ्नै कार चडूँ पैले मसँग ढुकुटी हुनुपर्छ, अर्काको बस चडूँ प्रिया चेपेर चेप्टेर सुकुटी हुनुपर्छ । भन कसरी आऊँ तिम्रो गाउँ ? साग, पात, मासु, मसिनु नखाएर, नपाएर उसै नि म सुकिरैछु दिन पर दिन । चेप्टे भने म के हुन्छु ? दाउरो किनियो, दाउरो चिरियो, दाउरो बालियो । पच्चीस मिनेट लाएर । पिरोल्दो रैछ प्रिया, आँसु आँसु बन्यौ हामी सप्पै, माथ्लो तल्लाको छिमेकी समेत खोक्न लागे । आँखा पोलेर तेसका बाजे नुन सम्झेर चिनी हालियो । बेसार सम्झेर कुन्नि के हालियो । खाँदा सब टर्रो । एस्तो छ हालत प्रेयसी, भन म कसरी आऊँ तिम्रो गाउँ । बरू तिमी नै आऊ । तिमारुलाई त प्रेक्टिस छ नि लामो हिँडिनी, नथाक्नी । दिन रात दुःख गर्नी । बरू तिमारू आएर यो गाउँ बन्ने भाँती नपुराको काठमान्डूलाई सेमिनार चलाइद्यौ, टेर्निङ्ग चलाइदेऊ दुखसुख कसरी गर्नी । सागपात कसरी लाउनी, गाई बाख्रा कसरी पाल्नी, ढिकी, जाँतो कि पातो भन्नी त्यो केजाति कसरी चलाउनी, बनाउनी, आगो कसरी बाल्नी । खास कुरो, प्रिया, आगोमा राखेको भाँडाको रङ्ग अर्कै बन्दो रैछ, कालो लागेर हातभरि निधार गाला, कपडा । तेसलाई के भन्छ ? बज्जे, धुँदा नि जाँदैन रैछ । एस्तै छ इ एता । त्यो भाँडोको कालोलाई कसरी ठिक गर्नी ? ढिकी कुटदा औँला कसरी बचाउनी । गाईको त्यो के पो भन्छ ? पख है , ए गाँठे हेर न मलाई, गोपर कि गोफर भन्नु नआको । हो त्यसले कसरी लिप्नी, कसरी बारीमा छर्नी । गोफर कसरी पोत्नी हलो कसरी जोत्नी त्यो सब सिकाउने सिपालु, जान्नी मान्छे पठाइदेऊ । आफ्नै खाजाभुजा बोकी आउनु भन्नू । हाम्रो एता एस्तै हो । क्यार्ने त नि ? हालत भन्या हत्तु हैरान । यो पत्र हर्के साँइलो हाते पठाउँदैछु । उसको टरक एक दुइ हप्तामा तिम्रो गाउँतिर आउँदैछ । प्रिया, साँइलो फर्कदा, गाउँको फलफलार, साग सब्जी राम्रो बानबुन पारेर पठाउनू । यो पत्र जसले तिमीलाई पढ्दिन्छन् उनलाई मेरो धन्यवाद भन्दिनू । एसो तिमी जिउजुनार बोकेर कैले आउनी हो साँइलोलाई बताइदिए म बाटो हेर्नेथे । तिम्लाई माया गर्नी अनि तिम्रो मायाको कोसेली पर्खने उही म ।

 

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

A Proposal To Politics As Mission

December 3, 2024

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In