NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
सङ्गीतको बारेमा बाइबलीय धारणा PDF Print E-mail
User Rating: / 1
PoorBest 
Wednesday, 16 July 2008 Written by Mr. Bhuban Devkota

 म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च प्रभु, तपाईंको नाउँमा म स्तुति गाउनेछु, भजनसंग्रह ९:२।


हामीले जस्तो पनि सङ्गीतलाई त्यतिकै स्वीकार गर्न थालिसक्यौं। ख्रीष्टिय भजनका प्रकाशकहरूले पनि बाइबलीय मापदण्डलाई नमानेको र कलाकार बन्ने होडमा वा शुद्ध विवेकमा केहीले आफ्नै प्रयासमा गरेको मेहनत पनि अलिकति विचार नपुर्याउँदा खल्लो बनेको छ। युवाहरूमा सङ्गीतको ठूलो प्रभाव हुन्छ। परमेश्वरको महिमा गर्ने नाउँमा जथाभावी गीतहरूलाई ख्रीष्टिय सङ्गीत मान्दै जाने हो भने भोलि भाँडभैलो आउन सक्छ। कर्न्र्सटको नाउँमा मान्छे भेला गर्ने कामले येशूको उपस्थितिलाई स्वागत गर्ने वा नगर्नेबारे सोचिएन भने भोलि मण्डलीको आराधनामा शरीरको उफ्राइ मात्रै हुन्छ तर आत्मा भने झनै कमजोर बन्दै जान सक्छ। तल दिइएका बाइबलीय सर्न्दर्भ र सल्लाहहरू विशेषगरी युवाहरूमा केन्द्रित भए पनि यसले सबैलाई निश्चयै आशिष् पुर्याउनेछ भन्ने आशा गरिएको छ। यी विषयहरूमा पंक्तिकारको अध्ययन र मेरा केही मित्रहरूको परामर्श र अध्ययन पनि समावेश छ।

    ख्रीष्टियान सङ्गीतले प्रभु येशूको प्रशंसा गर्नुपर्छ, मानिसको होइन

तपाईंको विचारमा यो तर्क सही लाग्न सक्छ। ख्रीष्टियान भनेको येशूमा विश्वास गर्ने, उहाँलाई पछ्याउने व्यक्ति हो। साँचो ख्रीष्टिय सङ्गीतले निश्चय नै येशू ख्रीष्टको प्रशंसा गर्नुपर्छ र यसको उद्देश्य नै यही हो।

    म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च प्रभु, तपाईंको नाउँमा म स्तुति गाउनेछु, भजनसंग्रह ९:२।

    विणा बजाउँदै परमप्रभुको प्रशंसा गर, दशतारे सारङ्गी बजाउँदै उहाँको स्तुति गाओ, भजनसंग्रह ३३:२।  

यी र यस्ता थुप्रै सर्न्दर्भहरूमा सङ्गीतले परमेश्वरको प्रशंसा गर्नुपर्छ भनिएको छ। कुनै पनि व्यक्ति प्रभु येशूमा बचाइनेबित्तिकै परमेश्वरले उसको मुखमा नयाँ गीत हालिदिनुहुनेछ र त्योचाहिँ उसले मुक्ति पाएपछि गरिने प्रशंसाको गीत हुनेछ। यो हाम्रो कमाइ वा प्रतिभाभन्दा परमेश्वरले दिनुभएको कुरा हो। भजनसंग्रह ४०:१-३ को मुल आशयचाहिँ सत्यनाशको खाडलबाट बचाइएपछि उहाँले हाम्रो मुखमा नयाँ गीत हालिदिनुहुनेछ भन्ने हो। त्यसकारण साँचो ख्रीष्टियान सङ्गीतले परमेश्वरको प्रशंसा गर्नैपर्छ।

पावल र सिलास झ्यालखानमा हुँदा उनीहरूले निराशा र दुःखका होइन, प्रशंसाका भजनहरू गाइरहेका थिए -प्रेरित १६:२२)।

दुःखसँग भन्दा ख्रीष्टियान सङ्गीत भनिएका थुप्रै सङ्गीतहरू ख्रीष्टियान सङ्गीत होइनन्। यी सङ्गीतहरूले प्रभु येशूको साक्षी दिने, प्रशंसा गर्ने वा उहाँको बारेमा गाएका हुँदैनन्। वास्तवमा यस्ता कति गीतहरूमा त येशूको नाउँ पनि उल्लेख भएको हुँदैन। कतिले येशूको नाउँ उल्लेख नगरे पनि वा कुनै पनि बाइबलीय सर्न्दर्भ र सन्देश नराखे पनि आफ्नो गीतलाई जब्बरजस्ती ख्रीष्टियान गीत बनाएका छन्। कति गीतहरूमा त येशूको नामलाई बलजफ्ती राखिएको वा अर्थनबर्थको ढङ्गमा प्रयोग गरिएको छ। यसरी कतिले मानिसको प्रशंसा गर्न त कतिले आफ्नै बढीबढाउ गर्न ख्रीष्टियान नाम राखिदिंदैमा त्यसले येशूको महिमा गर्दछ र -

फरिसीहरूले परमेश्वरको भन्दा मानिसको प्रशंसा मन पराएका थिए। अहिले आधुनिकताको नाममा मीठा भजनहरूलाई रिमिक्स गर्ने असुहाउँदो क्रम पनि बढ्न थालेको छ। आफ्ना ब्याण्डहरू बनाएर ख्रीष्टको नाममा परमेश्वरको महिमा गरिने सङ्गीतमा संसारका भड्किला दृश्य वा पोशाकहरूलाई प्रस्रय दिनुलाई संसारसँगको सम्झौता भन्न मिल्छ। केही ख्रीष्टियान ब्याण्डहरूमा त प्रभुलाई नचिनेका कलाकारहरूले उफ्रीउफ्री येशूले तपाईंलाई प्रेम गर्नुहुन्छ भन्दै गाउँछन्। नेपाली र विश्व सङ्गीतले मारेको लाजलाग्दो उन्मत्त फड्कोमा हाम्रा गहना मानिएका सङ्गीतलाई मिसाउन पाइन्छ र - कति पटक त शब्दले पनि धोखा दिन सक्छ। नैतिक शिक्षामा मात्रै जोड दिने सङ्गीतलाई परमेश्वरको महिमाको लागि हो भन्नु खतरा होइन र -

मार्टिन लुथरको भनाइमा कसैले कुनै कुराको बारेमा गाउँदैन वा भन्दैन भने त्यसले सो कुरामा विश्वास गर्दैन। त्यसकारण येशूको नाम नभएका वा उहाँको बारेमा नभएका सङ्गीतलाई ख्रीष्टियान सङ्गीत भन्न मिल्दैन। हाम्रा शब्द र सङ्गीतले सुसमाचार सुनाउनुपर्दैन भन्ने मान्यता राख्नेहरूलाई ख्रीष्टियान सङ्गीतकर्मी भन्न सुहाउन्न। येशू प्रभुको भनाइअनुसार शैतानले मानिसलाई उचालिदिन्छ र मानिस त्यसमा रमाउन थालेपछि उसले परमेश्वरको महिमालाई आफैंले ग्रहण गर्न चाहन्छ अर्थात् सबैले उसलाई इज्जत गरेको चाहन्छ, येशूको होइन। इज्जत पाएपछि मञ्चलाई ढोग्ने कलाकारलाई कसरी येशूका सहकर्मी मान्ने - हाम्रा कलाकारहरूले ख्रीष्टियान कर्न्र्सटमा उभिंदा धेरै पटक कलाकारको शैली र भावभङ्गिमाको मात्रै प्रशंसा बटुलेको पाइन्छ। माइकल स्मिथ भन्ने ख्रीष्टियान गायकले आफ्ना सबै कर्न्र्सटहरूमा थुप्रै किशोरीहरूलाई आफूतिर आकषिर्त गरे, येशूतिर होइन (Inside Music, Jan/Feb 91) यस्तालाई शैतानका कार्यहरू मान्न कुनै आपत्ति छजस्तो मलाई लाग्दैन -मत्ती १६:२३)।

प्रेम वा केटाकेटीको सम्बन्धको बारेमा मानिसको भावनाबाट उद्वेलित भएर लेखिएका थुप्रै गीतहरू पनि हाम्रा अघि छन्। निराश र हतास बनाउने यस्ता गीतहरूले थुपै्र युवाहरूलाई भत्काइरहेका छन्। तिनीहरूलाई आफ्नो कला र व्यापारको मात्रै ख्याल हुन्छ। तिनीहरूलाई आफ्नो प्रतिभाको कदर पाउनुबाहेक अर्को चासो हुँदैन। वास्तवमा हामीले त हाम्रा प्रभु ख्रीष्टको प्रशंसा गर्ने गीतहरू बनाउन पो हाम्रो समय र जीवन खर्चिनुपर्ने हो नि, होइन र -

    ख्रीष्टियान सङ्गीतले येशूलाई उचाल्छ र उहाँको प्रशंसा गर्छ, मानिसको होइन।

    ख्रीष्टियान सङ्गीतले परमेश्वरको महिमा गर्छ, मानिसको होइन।

‌‌‌‌...क्रमशः           

                    

Trackback(0)
Comments (2)add comment
शब्द मा्त्र होइन सङ्गीत र शैली पनि आत्मिक हुनुपर्छ
written by प्रदेश श्रेष्ठ , July 25, 2008

देवकोटाजीले यस महत्त्वपूर्ण विषयमा आवाज उठाउनुभएकोमा उहाँलाई धन्यवाद छ। त्यसको समर्थनमा म निम्न कुरा थप्न चाहन्छु।
"प्रभुलाई मन पर्ने कुरा के हो, सो जाँचेर थाह गर" (एफेसी ५:१०) भनिएकोबाट हामीले प्रयोग गर्ने र सुन्ने सङ्गीतलाई जाँच गरेर परमेश्वरलाई मन पर्ने सङ्गीतलाई मात्र स्थान दिनुपर्छ। जाँच गर्नलाई हामीसँग परमेश्वरको अचूक वचन छ जहाँ हामीलाई "सबै कुरा जाँच; जुन कुरा असल छ त्यसलाई बलियो गरी समातिराख" भन्ने आज्ञा नै छ। परमेश्वरले आफ्नो पवित्र वचन (जस्तै रोमी १२:२, १ यूहन्ना २:१५-१५, याकूब ४:४) मा साँचो ख्रीष्टियनको जीवन संसारको भन्दा फरक हुनुपर्छ भन्ने सिद्धान्त सिकाउनुभएको छ। साथै शारीरिक र आत्मिक कुराहरू एक-अर्काको विरोधमा हुन्छन् (गलाती ५:१७) भन्ने सिद्धान्त पनि छ। यसकारण शब्द मात्र "ख्रीष्टिय" भएर कदापि पुग्दैन; शब्द, सङ्गीत तथा शैली तीनओटै कुरा परमेश्वरलाई मन पर्ने हुनैपर्छ। शब्दहरू बाइबलकै होलान् तर यदि सङ्गीत शारीरिक (रक, पक, ज्याज, र्याटप आदि) छ भने वा शैली सांसारिक (आँखाको अभिलाषा, शरीरको अभिलाषा र जीवनको सेखीसँग सम्बन्धित) छ भने त्यस्तो शब्द-सङ्गीतचाहिँ बेमेल वस्तुलाई एउटै जुवामा नारेजस्तै हो; यो परमेश्वरलाई मन पर्दैन। जसरी प्रेरित १६:१६-१८ मा एउटा दुष्ट आत्मा लागेको व्यक्तिले प्रभु येशूको प्रचार गर्दा उक्त व्यक्तिको मुखबाट निस्केका शब्द सत्य नै भए तापनि, पावलले त्यसको गवाहीलाई स्वीकार गरेनन् त्यसरी नै शब्द ख्रीष्टिय भएर पनि यदि तिनलाई प्रसार गर्ने माध्यम अर्थात् सङ्गीत तथा शैली सांसारिक वा शारीरिक छन् भने त्यसले अलगपनताको सिद्धान्त (२ कोरिन्थी ६:१४-१८) लाई उल्लङ्घन गरिरहेको हुन्छ। संसार र शरीरसित सम्झौता गर्ने यस्तो सङ्गीतलाई हामीले -- जेसुकै कारण किन नहोस् -- व्यक्तिगत जीवनमा, मण्डली सभाहरूमा, सुसमाचार प्रचारमा, ईसाइ रेडियो वा टिभि कार्यक्रम आदिमा स्थान दिन्छौं भने के हामीले परमेश्वरको आदर गरिरहेका हुन्छौं र?

report abuse
vote down
vote up

Votes: +0

richly judgemental artical
written by Reader Light , July 25, 2008

seems very richly and poorly creative,

why don't you provide some helpful suggestions to those who want to create the room for music with godly lifestyle and performance?

I would rather like reading article on those who are godly artist and inspirational songwriter, can you please do some research and provide the article to promote those so that you don't have to complain about who do ungodly performance,

this is very hard issues you have touched but promotion for the good ones will always discourage the bad ones, don't have to throw the rock.

report abuse
vote down
vote up

Votes: +0


Write comment
smaller | bigger
password
 

busy
 
Home | Sitemap

hits since June, 2006
Advertisement