NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
तीन लोक र चौध भूवन - वक्ताः पा. सी.पी. PDF Print E-mail
User Rating: / 4
PoorBest 
Sunday, 22 June 2008 Written by Mr. P. A. Thomas

त्यस्तो भए परापूर्व कालदेखि मानिसहरूले मान्दै आएको अन्य धर्म र देवताहरूलाई कहाँ राख्ने? मिश्रका, कनानका, बेबिलोनका, ग्रीसका, रोमका र हालसम्म उत्पादित कयौं देवताहरूलाई कहाँ लिएर राख्ने?


हालसालै नेपालभरी विभिन्न संधसस्था तथा मण्डली समूहहरूद्वारा वितरित तथा प्रयोगमा ल्याईएको माथि उल्लेखित सीडीमा प्रतिपादित विषय कतिको सत्य छ? काठमाडौंका केही ठूला मण्डलीहरूमा प्रवेश पाएकोले यी मनगढन्ते आधारहीन गन्थनलाई बाईबलीय सत्यताको रूपमा मान्यता प्राप्त हुन्छ र? बाईबल कलेजहरूबाट उच्च डिग्रीहरू प्राप्त गरी ख्रीष्टिय विश्वास र शिक्षाका मान्यता तोक्ने नेपालका विद्वानहरू किन मौन रहेको छ? के बिचरा विश्वासीहरूलाई जे पनि विश्वास गर्न दिने?

सो सीडीका मान्य वक्ताकै भनाईमा यर्मिया ३३:३ अनुसार विगत २००० वर्ष कसैलाई प्रकट नभएको रहस्य र ज्ञान उहाँले प्राप्त गर्नुभएको छ।के यर्मियालाई परमेश्वरले हिन्दू पुराण र देवदेवीहरूको रहस्य खोलिदिनुभएको हो र? यो पद जता पनि जसरी पनि प्रयोग गर्न पाईन्छ र? यर्मियालाई कहिले कुन विषयमा परमेश्वरले बोल्नुभयो भने कुराको केही महत्त्व छैन र? मान्य वक्ताको भनाई अनुसार सुतिराखेको अक्षरबृहमबाट कबीरद्वारानै परमधामबाट आउने व्यक्तिको जानकारी मानिसले पाएको हो भने व्यवस्थाको पुस्तकको मोशा, यर्मिया जस्ता मानिसहरूसँग परमेश्वर बोल्नु भएको कुराको केही औचित्य नै किन रह्यो? फेरि कसरी उहाँले ती पदहरू प्रयोग गरेर आफ्नो नयाँ प्रकाशको व्याख्या गर्न सक्नुहुन्छ? यदि यो संसार १२ ब्रह्माको दयामायाको अधीनमा रहने सपनामय संसार हो भने परमेश्वरले आफ्नो योजनामा बनाउनुभएको उत्पत्ती १ अध्यायको संसार र उहाँ मुनि अधिकार गर्न सृष्टि भएको आदम र हब्बालाई हामी कहाँ राख्ने? के यी सबै कहानीहरू मात्र हुन्?

अब उहाँले प्रयोग गर्ने व्यवस्थाका पुस्तकका पदहरू हेरौं।व्यवस्था १०:१३-१७।ती पदहरूलाई उहाँले आफ्नो नयाँ प्रकाशको दुईटा तथ्यहरूको आधारको रूपमा प्रयोग गर्नुहुन्छ।ती हुन् : परमेश्वर धेरै ईश्वरहरूमाथिका परमेश्वर हुनुहुन्छ र उहाँ आकाश र आकाशमण्डलहरूमाथि हुनुहुन्छ।उहाँको भनाईमा हिन्दू पुराणका सबै देवताहरू नै यी ईश्वरहरू हुन् र उहाँले कोरेर देखाउने काल्पनिक र हिन्दू धार्मिक मण्डलहरूनै( सात सुन्य र अष्टावरण) यी आकाश मण्डलहरू हुन्।कति सजिलो? त्यस्तो भए, तलका ईश्वरहरू तथा लोकहरू हराएको अवस्थामा परमेश्वरको अस्तित्व नै नरहने भयो।हाम्रो परमेश्वर पृथ्वी, नरक र देव लोकहरूमाथि राज्य गर्नुहुँदैछ, उहाँको अस्तित्व तिनीहरूको अस्तित्वमा अडिएको छ।उहाँ सत्य हुनलाई तिनीहरू पनि सत्य हुनुनै पर्‍यो।कस्तो बाध्यता, कस्तो विडम्बना?

उत्पत्ती १:१ आकाशहरू कहाँ गए? परमेश्वरले सृष्टि गर्नुभएको विश्वको महान् अस्तित्व तथा असीमित व्याप्ति प्रकट गर्न बाईबलमा धेरै ठाउँमा माथिका शब्दहरू प्रयोग गरेका छन्, के ती पदहरू वक्ताले अहिलेसम्म भेटाउनुभएको छैन? साथै यहाँ ईश्वरहरू भन्ने शब्द मानिसको भाषामा र धारणामा परमेश्वरको अतुलनीयता तथा एकमात्र अस्तित्व प्रकट गर्न प्रयोग गरेका छन्।परमेश्वर भन्नुहुन्छ, "मबाहेक अरू कुनै देवता वा ईश्वर छैन" (प्रेरित १९:२६, यूहन्ना ५:४४, १तिमोथी १:१७, यहूदा २५)। यो बाईबलको एक मूल आधारभूत सत्य हो र मानिसहरूले भ्रमको रूपमा आफ्नो युक्ति तथा शैतानिक सहयोगद्वारा सृजना गरेका सबै कुरालाई परमेश्वरले मानवीय भृष्टताका रूपमा बाईबलमा प्रकट गर्नुभएको छ (रोमी १:१८-२३)।के यो सबै कुरा बिर्सेर जीवित र सत्य परमेश्वरलाई सबै देवताहरूमाथि र देवलोकहरूमाथि बस्न लगाउने प्रयास प्रकाश हो वा धृष्टता? पुराणहरूमा प्रतिपादित सबै कुराहरू मान्य वक्ताले ख्रीष्टियनहरूको नीम्ति पुनःस्थापित गर्ने र सत्य ठहराउने प्रयास गरेका छन्।

तर्कको निम्ति पनि उहाँको कुरा मान्ने भए पुरानो करारका परमेश्वर हामीलाई किन चाहियो? त्यहाँको प्रकाश र इतिहास त हाम्रोलागि निर्रथक ठहरिन्छ।परमधामबाट आउनु भएको येशू संसारमा नआउञ्जेल परमेश्वरलाई चिन्न तीन लोक र चौध भूवन त चार्न नै पर्‍यो, अरू उपाय नै छैन।त्यस्तो भए आर्य धर्मालम्बीहरूबाहेक कसैलाई परमधाम पुग्ने उपाय नै भएन।आदम, हनोक, नेहा, अय्यूब तथा अगमवक्ताहरू आदिको परमेश्वरीय प्रकाश र सम्पर्कको आधार के? अब्राहाम र यहूदीहरूभन्दा पनि आर्यधर्मबाट पो परमेश्वर बोल्नुभएकोरहेछ क्यारे?

अब उहाँको अर्को बाईबल शब्द हो परमधाम।मत्ती २१:९ प्रयोग गरेर उहाँले पुराण अनुसारको परमधामको अस्तित्व जोगाउने प्रयास गर्नुहुन्छ।जुनसुकै भाषाको बाईबलमा पनि परमधाम भनेर प्रयोग गरिएको शब्दको अर्थ सर्वोच्च (highest) मात्र हो, यो त बाईबलमा धेरै ठाउँमा प्रयोग भएको छ, (लूका २:१४ आदि)।त्यसलाई पुराणको परमधाम बनाउनु पाईन्छ र? के बाईबल नेपालीमा लेखिएको हो र? हिब्रू र ग्रीकमा त्यसले हिन्दू परमधाम जनाउँछ र?

एफिसी ४:९,१० पदहरू प्रयोग गरेर येशूलाई पुराणहरूको लोक र भुवनहरू चक्कर काट्न लगाउने धृष्टताको आधार के हो? के पावल हिन्दू पुराणहरूका पण्डित थिए र? येशूको मृत्यु र पुनरूत्थानको अर्थ यही हो र? तीन लोकको प्रमाण गर्न पावलले २कोरिन्थी १२:२ मा उल्लेख गरेको तेस्रो स्वर्गलाई वक्ताले आधार बनाएको छ।पावलको स्वर्ग कसरी वक्ताको निम्ति लोक भयो? के पावल हिन्दू थिए र? न यहूदीहरूको बीचमा चलनचल्तिमा भएको स्वर्गको धारणामा बोलेका होईनन् र? त्यो के वक्ताको तीन लोकसँग मिल्छ र?

अब मानौं यो सबै ठीक छ।पुराण तथा हिन्दू धर्मशस्त्रहरू बाईबल अनुसार ठीकै रहेछन् र ती अनुसार नै परमेश्वर काम गर्नुहुँदो रहेछ।त्यस्तो भए परापूर्व कालदेखि मानिसहरूले मान्दै आएको अन्य धर्म र देवताहरूलाई कहाँ राख्ने? मिश्रका, कनानका, बेबिलोनका, ग्रीसका, रोमका र हालसम्म उत्पादित कयौं देवताहरूलाई कहाँ लिएर राख्ने? यी सबैको उत्तर पाउन के हामी अझै नयाँ प्रकाशको खोजीमा, मान्य वक्ता जस्तै अन्य पण्डितहरूको पर्खाइमा रहने?

प्रकाश २०:११मा येशूको सिंहासनको अगाडिबाट लुप्त भएको आकाश र पृथ्वी वक्ताको तीन लोक र १४ भुवन हो र? फेरि प्रकाश २१ अध्यायको उहाँको वर्णन ख्रीष्टिय विश्वासको आधारभूत कुराहरूसँग मेल खान्छ र?

जबरजस्ति बाईबलको पदहरूलाई आफ्नो सुविधा अनुसार कोट्याएर आफ्नो सिद्धान्त बनाउनु खोज्ने कुटिलता वक्ताले प्रशस्त गर्नुभएको छ, यो सदुकिहरूले येशूलाई फसाउन खोज्नुभएको जस्तै हो (मत्ती २२:२३-३१)।त्यहाँ येशूले दिनुभएको (पद २९) उत्तरमा विशेष ध्यान दिनुहोस्।प्रेरित १४:११-१८मा पावल र बर्णबासले प्रदर्शन गरेका नमूनालाई मान्य वक्ताले कसरी प्रयोग गर्नुहुन्छ? पावलले २तिमोथी २:१४-१९ (विशेष पद १४-१७) र ४:१-१४ (विशेष पद ३) मा दिनुभएको असल शिक्षालाई मनन गर्नुहोस्।

वक्तालाई परीचय गराई स्वागत गर्ने क्रममा एक वरिष्ट पास्टर यसरी भन्नुहुन्छ, "दाजु शर्माले १४ वर्षसम्म धर्मशास्त्रहरूको सोधखोज गरी यो ज्ञान प्राप्त गर्नुभएको छ र १४०० जना उहाँद्वारा ख्रीष्टियन भएको छन्"।कहाँ छन् तिनीहरू? उत्तर पूर्वी भारतमा? मण्डली बाहेक अन्य कहाँ वक्ताले आफ्नो सिद्धान्त भन्न पाएका छन्? यो त खोजी गर्नुपर्ने कुरा हो।अझै पास्टरले थप्नुहुन्छ, "आजको भाषण सुनेर हामी आत्मामा बलिया र दह्रीला हुनेछौं"।कसरी? वक्ताको मुखमा पवित्र आत्माको केही उल्लेख नै छैन, पुराण र वेदहरूको गन्थन र बहुमूल्य -- टुक्राटाक्री ज्ञान मात्र छ।

Newer...
Older...
Trackback(0)
Comments (4)add comment
...
written by B Tamang , September 01, 2008

Glad to know that PA Thomas comment on a cd or article. Bravo!!! Pray that keep stand on God nothing will harm you. I firmly believe that we should not give room for misinterpretation of Biblical truth or misleading the congregation. we should oppose whoever else is making such mistakes.So far as I know our culture and people are grounded in a worldview that leads us to worship power and position. Every sector of society there is room for position and power that decides good and bad, success and failure. May not all, but still same mentality is prevalent even among the believers. That's why still believers have also in mind that whatever pastor says or preaches is undisputable. I do not agree with it. Pastor can be wrong sometime and can make mistake. If pastor CP is wrong then why we care Nepalis or foreigner making comment about him. Why still foreign aid is matter of blame game rather looking own weakness and begin to correct? For me whether Thomas or any Nepali who opposes false teaching and misinterpreation is dear rather banging hollow Nepalism or patriatism. As a believer we should feel hurt whether a missionary or Nepali misleading our people rather taking side of even doing wrong by a Nepali.
report abuse
vote down
vote up

Votes: +0

Pastor CB Thapa
written by Ps CB Thapa , July 15, 2008

Thanks Thomas for your reply to my comments. I am glad that at least you could know how we Pastors leaders are feeling on these days about soem missionaries but please please I repeat this, this should not be generalized.

I have honor to Brother Bal Krishna, but simply he is not the one who decides what is right and what is wrong. we have the Scriptures on our hands to check the things what is right and what is wrong. I know Bal Krishna is a good servant of the Lord but he can not be the one who should be the judge amoung us or who should tell us what is wrong and what is right. I think we should know all this from the scriptures in guidance of the Holy Spirit. I underastand that you are a Bible teacher so I do not think I should go far debate in this area.
Also I do not want to argue with you about either your service here in Nepal or your teachings as well. May the Lord bless you but please do not be so harsh or arrogant to any one of us who are serving the Lord and winning many people in the Lord and we also have given our lives for the Kingdom of God,I pray that you and other missionaries will be blessings and encouragers to us not the dicouragers.

personally I do not know Ps CP Sharma, but I have seen his vedeos and of course, as you do, I also disagree with him in some of the things, however your commnet to him is too harsh and, I see you criticized him too much. This hurts people. Thomas, only God knows every thing we should not brag as if we only were to know every thing and every thing is revealed to us only.

Thank you so much for praying for me. Be assured that I will not take any foreign funds to serve my Lord and share the Gospel to my own country men. I thinnk foreingers should not be burdened to share the Gospel to our countrymen. I just cry to see the people who want to serve the Lord for money, who want to become missionary for money.
You will see we are going to have a strong spiritual movement in Nepal about this matter right for the moment and Nepalies church leaders and pastors will be challenaed to serve their Lord with out taking foreign aids.

We have seen foreign money has done too much gamage than doing good in Nepal. This has been the issue in our society. This is the time to tell our people we do not share the Gospel for money, we have to stand on our own feet so that we can win the people in the Lord. As you know, foreign money has been the obstable in Gospel works in Nepal than blessings or good works.

But my main concerns is only this we shoudl not chase those who are serving teh Lord and missionaries shoudl not speak bad mouthing againt the Nepalis pastors and leaders.

I have deep honor and respect to such real missionaries euivalent to the Apostles who love Nepal and have given their lives for the Lost in this country. We love them and look up them.
Yet we also have some people who are here make to be "Missionary heros" and speak bad thinsg to their missions back in their country about teh Christian workers here and then try to make advantage of that. This is my main Concern. We must correct this matter firmly.

Ps CB Thapa
Kathmandu Victory Church

report abuse
vote down
vote up

Votes: +0

Pastor CB Thapa
written by Ps CB Thapa , July 11, 2008

Dear Editor,
It's useless to this cirticism of Ps CP Sharma on this website. It's just obvious that PA Thomas is JUST an ARROGANT Indian missionary and he always try to look down nepali speaking people either pastors or beleivers. He makes his daily bread by his works among Nepalies but he always looks down nepali churches.

I recently took part in the English service in Patan church,Lalitpur. There was an intercessory part and teh leader who is missionary and has indo origin, started to speak bad mouthing againts us Nepali pastors leaders and Chjrostian workers. What he said was too much destructive and damaging rasing doubts against teh commitment of Nepali pastors.
We all indegionus missionaries have to be aware fo these " Missionary Heros" who make sio mcuh false reprots and make money staying here and then accuse Nepalis are money lovers.
I think most of missionaries to Nepal are here to make money by making false reprots like Nepal is not stable yet, Nepal is poor, Nepalse are not wiorthy opeople.
So my call to Nepalses Pastors leader,
Let's eb uintied against these false people who are here to live a luxuriious fance life and making huge money. tehy speak against nepalse workers because they ahve to shwo their improtanat staying in Nepal and have to earn huge money.
Beware, beware beware.
Nepali Bropthers, please refuse to takle foreign aids and serve the Lord with Nepalses recources.
Ps CB Thapa
Kathmandu Victory Church, irport Road Sinamangal.

Reply from the Author:
Thanks for many who have commented on my article on Pastor CP Sharma's CD. My effort was only to make it clear that the way in which he has done Bible intrepretation is wrong and misleading, nothing against Pastor CP personally or his work. Rev. Balkrishna Sharma has finally come out to explain clearly what is wrong and right in that CD through his article in Hamro Asish. I need to mention a special thanks to Pas.CB Thapa for his very kind and bold comments on me and missionaries in general and his resolution to work without foreign aid. Pray that he will achieve it in his life and work as well as understand that the Church is neither native nor foreign. It seems he is well informed and learned and hence nothing more to add.

PA Thomas

report abuse
vote down
vote up

Votes: +0

wonderful debate
written by Paulas Panday , July 08, 2008

I am so happy to read different articles in NepalChurch.com. and this is the time to tackle the dirty Political gamers and False Teachers and prophets. also also promote those who genuinely study the scripture and teach it like Ezra did. I do not mean that I agree with all the reasoning whether its pro or against, but I am just glad because this is the time of second generation of Christianity in Nepal, and the Church needs to grow not only in the number, but also in quality where all the teachings and preachings from various teachers can be tested, checked and proved that that the part of word of God and that other thing is not from Him, so that the children of God will have opportunity to know the truth and accept it,


report abuse
vote down
vote up

Votes: +0


Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement