NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow Articles arrow Mr. P. A. Thomas arrow ख्रीष्टिय मण्डलीमा विवाह २
ख्रीष्टिय मण्डलीमा विवाह २ PDF Print E-mail
User Rating: / 1
PoorBest 
Sunday, 29 June 2008 Written by Mr. P. A. Thomas

आदमलाई एउटा सुहाउँदोः शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा र आत्मिकरूपमा, सहयोगीको आवश्यकता थियो र त्यो परमेश्वरले हव्वामा पूरा गरिदिनुभयो।


विवाह किन?


विवाह मानिसको निम्ति एउटा इश्वरीय व्यवस्था हो। परमेश्वरले मानिसलाई पृथ्वीमा उहाँका उद्देश्यहरूको परिपूर्तिको लागि सृष्टि गर्नुभयो।उत्पत्ति १:२६-२८, २:१५ अनुसार उहाँले बनाउनुभएको सुन्दर र व्यवस्थित पृथ्वीलाई भर्न, अधिकार गर्न र हेरचाह गर्न ०१मानिसलाई सृष्टि गर्नुभयो।परमेश्वरको विद्रोहमा खडा भएको लूसिफरलाई पृथ्वीमा फ्याँकेको परिवेशमा पृथ्वीको माटैबाट सृष्टि भएको मानिसलाई यो विशेष काम र आधिकार प्रत्यायोजन गरिनुले विशेष आत्मिक महत्त्व राख्छ।यी काम पूरा गर्न: सन्तान बनाउन, भर्न र वशमा पार्न विवाहको सम्बन्ध सृष्टिको बेलाको आवश्यकता थियो।आदमलाई एउटा सुहाउँदोः शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा र आत्मिकरूपमा, सहयोगीको आवश्यकता थियो र त्यो परमेश्वरले हव्वामा पूरा गरिदिनुभयो।


तर उत्पत्ति ३ अध्यायमा भएको पतनको कारणले गर्दा तिनीहरूको अवस्था र हैसियतमा पनि पतन भयो।मानिसले पृथ्वीलाई वशमा पार्नुभन्दा पनि त्यसको कमारा हुन पुग्यो र आफ्नो सबै सम्बन्ध, भावना र चरित्रमा पतित भई आफैमा महिमारहित भएको कारणले तिनीहरूको आपसी सम्बन्धमा पनि शिथिलता र भ्रष्टता आयो।विवाह अब एउटा शारीरिक, भावनात्मक र सुविस्ताको सामाजिक सम्बन्धको रूपमा प्रकट हुन थाल्यो र विवाहमा कामवासनाले बढी प्रभाव पारेको कुरा अहिलेको आनुभाविक सत्य हो ।रोमी १:१८-२३ ले यही कुराको परमेश्वरीय सत्यता प्रकट गर्छ ।

त्यस्तो भए अब विवाहको आवश्यकता रहेन त ?

परमेश्वरले मानिसलाई जिम्मा दिनुभएका भर्ने, वशमा पार्ने, अधिकार र हेरचाह गर्ने कुरा अब सम्भव भएन।भर्न त भरियो, भरेर पनि पोखियो तर अरू काम मानिसबाट पूरा हुन सकेन।दोस्रो आदम प्रभु येशूमा एउटा नयाँ सृष्टिको (मण्डली) सुरुवात गरेर तिनीहरूबाट पवित्र आत्माको आवास र शक्तिमा पृथ्वीमा आफ्नो राज्य परमेश्वरले पूरा गर्दै हुनुहुन्छ।यो काम अब भौतिक र भौगोलिक नभई आत्मिक भएको हुनाले त्यो पूरा गर्न मानिसले विवाह गरी भर्नुपर्ने आवश्यकता रहेन।यस कारणले अब विवाह एउटा रोजाइको कुरा हुन पुग्यो।

१कोरिन्थी ७ अध्यायमा (पद १, ६, ७, ८, ३२, ३७) प्रेरित पावलको सल्लाहमा विवाह नगर्नु एउटा राम्रो कुराको रूपमा प्रस्तुत भएकोछ, जसले स्वतन्त्ररूपमा प्रभुको काम गर्ने मौका दिन्छ।तर काम वासनाको भ्रष्टताले गर्दा विवाह गर्ने छुट पनि एउटा असल विकल्पको रूपमा दिइएको छ ।ख्रीष्टियानहरूको निम्ति जे कुरा पनि परमेश्वरको इच्छामा (पद २, ९) आधारित हुन्छ (एफिसी २:१०), जसमा विवाह गरेर एउटा नमूनाको परिवार खडा गर्नु पनि हुन्छ, तिनीहरूले विवाह गर्नुपर्दछ।अब विवाह बाध्यता होइन बरु बोलावट वा आवश्यकता हो।

ख्रीष्टिय विवाहका सिद्धान्तहरू

यो जीवनभरिको निम्ति एक पटक निश्चयतासाथ प्रवेश गर्ने सम्बन्ध हो। यसमा निर्दिष्ट उद्देश्यहरू हुन्छन्: एक-अर्काको परिपूरक तथा सहयोगी भई जिउनु, समाजमा एउटा नयाँ असल जोडी तथा परिवारको नमूना प्रस्तुत गर्नु (१कोरिन्थी ७:१३-१७), सन्तानको जन्म, तिनीहरूलाई सम्मान र प्रेमको बाँडचुँडमा हुर्कने वातावरणको सृजना गर्नु आदि।विवाहको स्थिरता, एकअर्काप्रतिको जिम्मा तथा विश्वासयोग्यताबारे १कोरिन्थी ७:२-६, १०-१२, ३९ मा पावलले प्रष्टयाएका छन् ।


विवाह जीवनमा एक जनासँग मात्र हुन्छ र विश्वासयोग्यतामा त्यसलाई जीवनभरि स्थायित्व दिनुपर्ने हुन्छ।यो एउटा करारको पवित्र सम्बन्ध हो, एकअर्कासँग मण्डली र परमेश्वरको सामु गर्ने बाचाबन्धन, जो पवित्र परमेश्वरको उपस्थितिमा गरिनाले पवित्र तथा गम्भीर हुन्छ।यो आपसी विश्वास र प्रेमको सम्बन्ध हो, फाइदा, सुविस्ता र रोजाइको कुरा होइन।

बिवाह सम्बन्धमा प्रवेश गर्न चाहनेहरूले केही प्राथमिकताहरूमा ध्यान दिनुपर्छ।विवाहको सफलताको लागि परमेश्वरमा मात्र भरोसा, आफ्नो जीवनमा परमेश्वरको योजनाको स्वीकार, धिरजी भई परमेश्वरको इच्छाअनुसारको व्यक्ति पाउन पर्खनु, एक्लो रहने बोलावट भएमा एक्लो रहनेछु भनी समर्पण, म यो कुरामा आफ्नो तरिका र युक्ति निकाली परमेश्वरलाई मद्दत गर्न खोज्नेछैन आदि।

विवाहको करार

यो करारमा एकअर्कासँग मुत्युले नछुट्टयाएसम्म मिलिरहने (स्थायित्व), असल वा खराबमा सबै परिस्थितिहरूमा एक-अर्काको माया, वास्ता र सुरक्षाको बन्दोबस्त गर्ने तथा एक-अर्काप्रति कदर र आज्ञाकारीताको व्यवहार गर्ने वाचाबन्धन हुन्छ।तिनीहरू मिलेर परमेश्वरको इच्छाअनुसारको जीवन जिउन, आफ्नोपन छोडी एक-अर्कासँग नयाँ सम्बन्धमा जोड्न, एकअर्कालाई स्वीकार्न, एउटै शरीर हुन (यौन सम्बन्धमा एक-अर्कालाई तृप्त पार्न), प्रेम र सहिष्णुतामा सबै कुरा बाँडचुँड गर्न तयार र समर्पित भएका हुन्छन्।अब तिनीहरूले सँगैको लामो यात्रा सुरु गरेका छन् ।


विवाहमा प्रायः संसारको हेराइ उमेर, सुन्दरता, जात, सम्पत्ति र फाइदा, शिक्षा र योग्यता, परिवार आदिमा हुन्छ तर हाम्रो हेराइ परमेश्वरको इच्छा, येशूमा भएको विश्वास, अगुवाइको निश्चयता, बोलावट र दर्शन, एकअर्काप्रतिको विश्वास र समर्पण, अगुवाहरूको सल्लाह आदिमा हुनुपर्छ ।

Newer...
Older...
Hits: 311
Trackback(0)
Comments (1)add comment
jaimashiha
written by vijay kumar , July 03, 2008

thomash sir thanks alot
thajurko artical padhera malai akdam khushi lagyo,

report abuse
vote down
vote up

Votes: +0


Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement