| ख्रीष्टिय मण्डलीमा विवाह १ |
|
|
|
| |||
|
शारीरिक प्रेमको चरमसिमाको रूपमा एक अर्काप्रति आकृष्ट भई शारीरिक सम्बन्धमा यौन सुख लिनु पनि विवाहको उद्देश्य हो। मानव जीवनलाई दुई अवस्थामा बाँड्न सकिन्छ।पहिलो संसारमा जन्म लिएको बेलादेखि मर्ने बेलासम्मको संसारिक जीवन र दोस्रो मृत्युपछि अनन्तसम्म रहिरहने पछिल्लो जीवन।त्यो अनन्त जीवनको हरेक अवस्थालाई संसारिक जीवनको निश्चयताहरू, क्रियाकलापहरू र आत्मिकताले निर्धारण गर्दछ।त्यसले गर्दा अनन्तको जीवन भन्दा पनि संसारिक जीवनमा हामीले निर्वाह गर्ने समय महत्वपूर्ण र प्रभावशाली हुन आउँछ।यसै सर्न्दभमा विवाह पनि संसारिक जीवनको एक महत्वपूर्ण क्रियाकलाप हो । वैवाहिक सम्बन्ध र पारिवारिक जीवन मानव इतिहासको शुरूदेखि नै प्रकट भएको एउटा सामाजिक वास्तविकता हो।जुनसुकै संस्कृति वा धर्ममा पनि यसले एउटा आदरणीय, जिम्मेवारीपूर्ण र पवित्र सम्बन्धको रूपमा मान्यता पाएको छ।समाजको महत्वपूर्ण र बलियो आधार तथा एकाईको रुपमा यो सम्बन्ध स्थापित भएको छ।पारिवरिक जीवन र सम्बन्धको शिथिलता तथा विचलन नै समाजको समस्या र विकृतिको कारक तत्वको रुपमा इतिहासले प्रमाणित गर्छ। पाश्चत्य संसार तथा सभ्यतामा विकसित व्यक्तिवादी सोच र जीवन शैलीको प्रभावमा आजभोली विवाहलाई एउटा व्यक्तिगत रोजाई र मनोकामनाहरूको परिपूर्तिको उपाधिको रूपमा लिईन थालिएको छ।त्यसले सृजना गरेको सामाजिक तथा पारिवारिक शिथिलता र नैतिक पतनको वास्तविकता पनि हामीबाट लूकेको छैन।यदाकदा सिनेमा र पाश्चत्य संस्कृतिको प्रभावमा परी हाम्रो पूर्वेली जवान पुस्ता पनि विवाहलाई व्यक्तिगत रोजाईको रूपमा लिन थालेका छन् । तर मानव इतिहासको परिप्रेक्ष्यमा र बाइबलीय शिक्षाको आधारमा विवाह दुईजना व्यक्तिहरूको पारस्परिक समझदारी, सम्झौता र सम्बन्ध भएपनि त्यो सधैं नै समाजको कदर पाउने एउटा सामाजिक प्रक्रिया तथा कार्यकलापको रूपमा रहेको छ।उत्पत्तिमा पनि परमेश्वरले आफ्नो महान् योजना र सामाजिक लक्ष्यको परिप्रेक्ष्यमा आदमलाई हब्बासँगको सम्बन्धमा ल्याउनुभयो । Newer...
Set as favorite Bookmark
Email This
Trackback(0)
Comments (1)
![]() Write comment
|
|||
| < Prev |
|---|













