NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home
Prayer for the Country PDF Print E-mail
User Rating: / 1
PoorBest 
Monday, 19 April 2010 Written by Dr. Ramesh Khatry

 प्रियहरू मित्रहरू:
 
देशको लागि प्रार्थना गर्न भेला हौँ। अब नयाँ संविधान जेठ १४ मा बन्न चमत्कार चाहिन्छ रे। हाम्रा परमेश्वमरले चमत्कार गर्न सक्नु हुन्छ। येशू ख्रीष्टको कारण हामी ख्रीष्टियानहरू नैराश्यमा पनि आशावादी हुन्छौं। तसर्थ झन् जोशिलो भई प्रार्थनामा भेला हौँ।

मिति: आइतबार अप्रेल २५ , २०१०; बैशाख १२, २०६७   
समय: बिहान ८  देखि दिउँसो १  बजेसम्म
स्थान: नयाँ यरुशलेम मण्डमली; चण्डोल।
अतिथि-सत्कार: पास्टर बर्नाबास र श्रीमती इश्वरी तितुङ;
            फोन: ९८०३४१५८९३)
प्रार्थना अगुवा: भाइ अशोक रसाली
 
नयाँ यरुशलेम मण्डली कसरी पुग्ने?

धुम्बाराहीको चप्पल कारखानामा बसबाट झर्नुहोस्। अनि सीधा दक्षिणतर्फ पिच सडकमा लाग्नुहोस्। दाहिनेतर्फ कुण्डलिनी होटेल र देब्रेतर्फ किरण निवास/शान्ति कुन्ज भएर खुरुखुरु जानुस्। देब्रेतर्फ अलि तल काठ कारखाना देख्नुहुनेछ। सडकमा देब्रे/दाहिने जाने विकल्प भेट्नुहुनेछ। तपाईं दाहिनेतिर Rays Recruitment Pvt. Ltd लेखेको र दाहिना ग्रील पसल भएको पिच सडकमा लाग्नुस्। सडक नागबेली हुँदै ओरालो झर्नेछ। दाहिनेतिर सानो कुमारी-मन्दिर भेट्नुहुनेछ। सीधै दक्षिणमा एक कच्ची  बाटो देख्नुहुनेछ र टाढा रातो गजुर भएको मन्दिर। कच्ची बाटोमै मन्दिरतर्फ जानुस्। दाहिनातर्फ बाँसैबाँसले बनेको नयाँ यरुशलेम मण्डनली भवन छ।
 
आफू पनि आउनुहोस्, साथीलाई पनि ल्याउनुहोस्। हस् त, आइतबार बिहान ८ बजे प्रार्थनामा भेटौँ, परमेश्वेरबाट चमत्कारको आशा राखेर।
 
येशू ख्रीष्टमा,
 
रमेश
 
 

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 509
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Tuesday, 20 April 2010 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement