NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home
शालोम चौतारी, मलेसिया PDF Print E-mail
User Rating: / 1
PoorBest 
Thursday, 08 April 2010 Written by Buddhi Khadka

तपाईको थाकेको जीवनको निम्ति बिश्राम स्थल
शालोम चौतारी

 के तपाई हतास र अशान्तिमा हुनुहुन्छ ? के तपाईको जीवन निराश र रीत्तो छ ? के तपाई जीवनको सही अर्थ खोज्दै हुनुहुन्छ ? मानिसको जीवनको सही अर्थ केवल सृष्टिकर्ता परमेश्वरले मात्र प्रदान गर्न सक्दछ। आज यो संसारमा कतै पनि शान्ति र आनन्द छैन, जताततै अशान्ति र अत्याचारले ढाकेको छ, चाहे मानिस जतिसुकै धनीनै किन नहोस्। आज आएर विश्वभरि आर्थिक संकष्ट परेको छ। भर्खरमात्र काम गर्न भनेर विदेशीएको नेपाली घर फर्किन बाध्य बनेका छन्।

धेरै ठूला ठूला कम्पनिहरू एकपछि अर्कोगर्दै बन्द हुदैछन्। विश्वभरि नै बेरोजगारको संख्या दिनानु दिन बढ्दै गएको छ। आज हजारौ निराश र सत्य बाटो खोजीरहेका मानिसहरूले उनै सृष्टिकर्ता परमेश्वरलाई विश्वास गरी उनीहरूले जीवनको सहि अर्थ प्राप्त गरेकाछन्।
किनभने धर्मशास्त्रमा लेखिएको छ,  म मेरो शान्ति तिमीहरूलाई दिनेछु त्यो चाहीँ कहिल्यै नाश हुनेछैन। जब हामी त्यो अनन्त शान्तिलाई अपनाउछौं, अनि हामी यसका हकदारहरू हुनेछौ कारण उहाले त्यो शान्ति हाम्रो निम्ति नै तयार गर्नु भएको हो। किनकी परमेश्वरले हामी मानव जातीलाई यस्तो प्रेम गर्नुभो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई येशू

ख्रीष्टलाई हाम्रो पापको निम्ती बलि हुन दिनु भयो ताकि उहा माथि विश्वास गर्ने कोहि पनि नाश नहोस् तर अनन्त जीवन पाओस्। त्यसैले त प्रियहरू तपाईं र मेरो लागि येशू ख्रीष्ट मात्र एक निश्खोट बली हुनुहुन्छ। अब तपाई र मेरो अशान्तिले भरिएको जीवनमा उहा मात्र एक शान्ति दाता हुनुहुन्छ। उहाँमा मात्र अनन्त जीवन छ। त्यसैले यो मौका तपाई र मेरो लागि हो।

यो इश्वरीय शान्ति र जीवनको सहि अर्थ तपाईले पनि प्राप्त गर्न सक्नुहुनेछ। अन्धकार र अन्धविश्वासले गर्दा मानिस जातिलाई आज यो संसारले अन्धो बनाएको छ। के तपाई उज्यालोमा हिड्न चाहानु हुन्छ? के तपाई बिभिन्न बन्धनहरुबाट मुक्त भई इश्वरीय शान्ति चाहानु हुन्छ? साथै अन्य केहि कुराको सहायता चाहिएमा आउनुहोस् शालोम चौतारी तपाईलाई विषेश स्वागत गर्दछ। शालोम चौतारी तपाईको सेवा हरपल हाजिर छ।

निःशुल्क स्वास्थ्य परिक्षण तथा उपचार
के तपाई रोगले ग्रसित हुनु हुन्छ, तपाईसंग पैसा छैन? नडराउनुहोस् हामी तपाईलाई निःशुल्क सेवा दिलाउँछौं। प्रत्येक महिनाको पहिलो आईतबार निःशुल्क स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु होला। साथै वकिलबाट कानुनी सल्लाह पनि हुनेछ त्यसैले सम्पर्क राख्नुीहोला।


स्थान : शालोम चौतारी (सामजिक सेवा केन्द्र)
 मिति: अप्रिल  ४ आईतवार
          मेइ    २ आईतवार
          जुन    ६ आईतवार
समय  दिनको १:००-६:००बजे सम्म
सम्पर्क  बुद्धि जोसेफ खड्का  : ०१६९४७७६२२
         किशान गुरूङ्ग     : ०१७२४५१३७७
         राजकुमार गौतम   : ०१६३४६२४०७
नोट:  निःशुल्क अंग्रेजी कक्षा शुरु भइसकेको छ। कम्प्युटर र संगित कक्षा पनि निकट भबिष्यमा शुरु हुन गइरहेका छन्। तुरुन्त सर्म्पर्क राखी मौकाको फाइदा लिनुहोला। प्रभु रेमिट र चौतारी रेस्टुरेण्टको बिचमा छ।

हाम्रा सेवाहरू :

निःशुल्क परामर्श
मित्रता
निःशुल्क उपचार
निःशुल्क कानूनी सेवाहरु
साथै निःशुल्क अंग्रेजी
,
 
 कम्प्युटर, संगीत कक्षाहरु र अरु मनोरञ्जन पनि
 खुल्ने समयः      मंगलबार - शनिबार    दिउँसो १० - ५ बजे सम्म     आईतवार  १०ः३०-५ः३०बजे  साँझ सम्म   
 
नं. ८, पहिलो तल्ला जलन हाङ्ग कस्तुरी ५००५० क्वालालम्पुर -६०३) २०७२०७५४   
प्रभु रेमिट र चौतारी  रेस्टुरेण्टको बिचमा छ ।
 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 588
Comments (1)add comment
Thank you
written by Buddhi , April 08, 2010

I hope our Nepalese brothers and sisters can use this privilage. I humbly want to request all the Nepalchurch.com readers to pray for this Shalom Chautary so we can work more transparently and effectively for our fellow Nepalese's rights..
God bless you all




Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Saturday, 10 April 2010 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement