NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
सुश्री ज्ञानी शाह PDF Print E-mail
User Rating: / 1
PoorBest 
Monday, 09 June 2008 Written by Bhuvan Devkota

 मण्डलीकी आमा भनेर पश्चिम नेपालमा चिनिएकी सुश्री ज्ञानी शाह नेपालको पहिलो महिला आर्मी हुन्।नेपालको मण्डली इतिहासकी धरोहर ज्ञानी नेपालको राजपरिवारसँग पनि जोडिएकी व्यक्तित्व हुन्।भारतको पटनामा येशूलाई भेटेर उहाँको सेवा गर्ने चुनौती पाएकी खरो तर मायालु स्वभाव भएकी ज्ञानी स्वयं इतिहासको दस्तावेज मात्रै नभई, युवा पुस्ताको लागि प्रेरणा र चुनौतीकी खानी हुन्।त्यो समय राजदरबारबाट ख्रीष्टमस उपहार पाउने ज्ञानी अहिले ८ दशक पछिको उमेरमा पनि युवा जोशले भरिएकी छिन्।प्रस्तुत छ सम्पादक भुवन देवकोटाले ज्ञानीसँग लिनुभएको अन्तर्वार्ताको सार।

 

प्रभुलाई कसरी विश्वास गर्नुभयो ?

जगन्नाथ जान्छु भनेर भागेर घरबाट हिंडें।पटनामा एकजना विश्वासी दिदीले मलाई मिशनमा पुर्‍याउनुभयो।जोगी हुन चाहने मेरो हठी स्वभावलाई उहाँले चुनौती दिनुभयो।बाइबल मेडिकल मिशन भन्ने महिला अस्पतालमा पुगें।त्यहाँ हरेक हप्ता हरेक वाडमा स्लाइड (म्युजिकल एन्थेम) देखाउनेरहेछन् र त्यसलाई कसैले बुझाइ पनि दिनेरहेछन्।म पुगेको दुई हप्तापछि देखाएको एउटा स्लाइडमा प्रभु येशूले हातमा लालटिन बोकेर जंगलमा उभिनुभएको थियो।तपाईंको जीवन पनि यस्तै जंगल छ र तपाईंको मनको ढोका बन्द छ भने प्रभु येशू त्यसमा उज्यालो पुर्‍याउन तयार हुनुहुन्छ भनेपछि त्यति बेला मात्रै मैले येशूलाई विश्वास गर्ने विचार गरें।तर म पहिले त ख्रीष्टियानहरूको माझमा बसे पनि ख्रीष्टियानहरूलाई घृणा गर्थें।त्यसपछि अस्पतालमा पहिले मलाई स्वीपरको र पछि भान्साको काम दिइयो।त्यो बेला हरेक दिन एकजना मिशनेरीले हिन्दीमा बाइबलबाट सिकाउनुहुन्थ्यो र कण्ठ गर्ने पद दिनुहुन्थ्यो।भान्साको कुनामा मैले सफा बनाएर अँगारले त्यसमा बाइबलको पद लेखेर राखेको थिएँ।पिठो मुस्ने, खाना बनाउने र अरू काम गर्ने बेला म त्यसलाई दोहोर्‍याउने गर्थें।त्यसैगरी नै मैले मत्ती र मर्कूसको सुसमाचार कण्ठ गरें।त्यसको एक वर्षपछि मैले भान्सामै येशूलाई आफ्नो जीवन दिएँ।त्यसपछि सन् १९४३, अगस्त ८ तारिख मेरो बप्तिस्मा पटना युनियन मण्डलीमा भयो।

 

नेपालमा फर्कने प्रेरणा कसरी पाउनुभयो ?

मैले येशूलाई साँचो हृदयले ग्रहण गरेकै दिन मैले नेपाल देखें।यस्तो राम्रो कुरा मेरा मानिसहरूले थाहा पाउनुपर्छ र उनीहरूले थाहा पाए विश्वास गर्छन् भन्ने मेरो जोशको कारणले मलाई नेपाल आउने रहर लाग्यो, तर त्यस्तो नहुनेरहेछ।तर पछि गएर मेरो जोश पनि कम हुन लागेको थियो।नेपालमा ख्रीष्टियानहरूलाई गरिने व्यवहारले पनि मेरो जोश घटायो।

 

फेरि कसरी आउन राजी हुनुभो त ?

यहाँ आउनुअघि मलाई क्षयरोग लाग्यो।झण्डै डेढ वर्षसम्म मेरो शरीरको तापक्रमै घटेन।त्यहाँ हुने डाक्टरले मलाई शाहजी, परमेश्वर र तपाईंको बीचमा के मिलेको छैन भनिरहनुहुन्थ्यो।त्यो बेला सात सालको परिवर्तनको समय हुनाले नेपालको हल्ला चारैतिर थियो र यसरी हल्ला सुनिरहँदा मलाई फेरि नेपाल आउने रहर जाग्यो।त्यसपछि मैले निको भए नेपाल जाने निश्चय गरें, त्यसपछि बिस्तारै मेरो तापक्रम घट्न थाल्यो र म निको भएँ।मलाई तत्कालीन मिशनेरीहरूले बम्बेको नजिकैको नासिक सहरमा भएको मिशनमा ठूलो पद दिने कुरा गरे तर मैले नेपाल जाने नै कुरा गरें।

 

नेपाल आर्मीमा कसरी पुग्नुभो र ?

म पहिले मिशनको कामको लागि सन् १९५३ मा पोखरा आएको थिएँ।त्यसपछि सन् १९५४ मा म काठमाडौँ आएँ।त्यो बेला नेपालमा नर्सहरू थिएनन्।भर्खरै W.H.O.(विश्व स्वास्थ्य संगठन) ले नर्सको तालिम सुरु गर्ने कुरा भएको थियो।पाँच वर्ष U.M.N. मा सेवा गरेपछि निर शमसेरले मलाई सैनिक अस्पतालमा जान आग्रह गर्नुभयो।त्यसपछि दरबारले पनि मलाई कर गर्यो।मैले ११ वर्ष सैनिक अस्पतालमा सेवा गरें।

 

टीकापुर जाने प्रेरणा कसरी पाउनुभयो र ?

वि.सं. २०२७ सालमा कैलाली गएर घुम्दा हैजाजस्तो सामान्य समस्याले पनि धेरैलाई लगेको देखेर मलाई कैलाली गएर थारूहरूको बीचमा सेवा गर्ने रहर जाग्यो।तर सोही बेला मलाई रेडक्रसमा लान निकै जोड गरियो।त्यो बेलाकी तत्कालीन माहिला महारानी (श्री ५ महेन्द्रकी माहिली श्रीमती) ले मलाई तँ त सारै जिद्दीवाल छेस् भन्नुभएको थियो।

 

काठमाडौँमा मण्डली सुरु हुँदाका केही अनुभवहरू --

हामी जुद्धसडकमा केरलाकाहरूसँगै संगति गथ्यौं तर पछि कोठा सानो भएकोले खोज्दा मैले धोबीचौरमा कोठा भेटें।राजेन्द्र रोंगोंग, म, प्रकाश राई र पास्टर जर्ज कोठा हेर्न गयौं।त्यहाँ कोठा हेरेपछि पास्टर जर्जले 'ठीकै छ, तपाईंहरू यहाँ आउनुभएपछि त्यो पुरानो कोठा हामीलाई पुगिहाल्छ' भन्नुभयो।तर हामी त छक्कै पर्यौं किनकि हाम्रो त छुट्टिनेे विचारै थिएन।पछि हामीले छुट्टै संगति सुरु गर्यौं।त्यो बेलाको मण्डलीको भेटी महिना भरिमा झण्डै १२ रुपियाँ हुन्थ्यो।पास्टर फण्डको बाकसमा लगभग रु. २० उठ्थ्यो तर पास्टर रोबर्ट त्यसैमा सन्तुष्ट हुनुहुन्थ्यो।घरवालाले हामी ख्रीष्टियान हौं भन्ने थाहा पाएपछि हामीलाई निकाल्थे र U.M.N. को ७ नम्बरको जिपमा हामीसँग भएका २-३ वटा सुकुलहरू हालेर हामीहरू डेरा सथ्यौं।यसरी ज्ञानेश्वर मण्डली डिल्लीबजार, ठमेलको अहिले नेपाल गेष्ट हाउस भएको घर, फेरि डिल्लीबजार, ज्ञानमन्दिर, मालीगाउँ हुँदै अहिलेको स्थानमा आइपुगेको हो।त्यो बेला थोरै विश्वासीहरू र एउटै परिवारजस्ता थियौं।

 

अब अर्को कुरा गरौं, तपाईंको घर किन त्यति साधारण र ?

मलाई त्यो राम्रै लाग्छ, त्यो घर मेरो लागि सजिलो छ र मलाई त्यसले सुरक्षा दिन्छ।मलाई त्यति भए पुग्छ।मैले बनाएका घरहरू करिब २५ पुगे होलान् तर मलाई मेरै घरमा आनन्द लाग्छ।

 

युवाहरूको बारेमा के भन्नुहुन्छ ?

ख्रीष्टियान युवाहरूले आफ्नो शक्ति देशको लागि खर्च गर्नुपर्छ।मण्डलीले पनि योग्यताको आधारमा काम दिनुपर्छ।योग्यको साटो अयोग्य र उनीहरूको होइन, मण्डलीको दर्शनमा पनि युवाहरू चलाइएका छन्।मण्डलीले उनीहरूको रखवाली गर्नुपर्छ।उनीहरूको इच्छालाई मण्डलीले बुझ्नुपर्छ।अब मोशाहरूले यहोशूलाई विश्वास गर्न सक्नुपर्छ र हामीले ठाउँ ओगटिराख्नुहुँदैन।पुरानो समाजले हेला गर्ने हुनाले मण्डलीले युवाहरूलाई माया गर्नुपर्छ।

       

युवाहरूलाई के भन्नुहुन्छ ?

तिनीहरूले हाम्रा पुराना र इज्जतका कुराहरू छोडेर किन येशूकहाँ आयौं भन्ने कुरा मनमा राख्नुपर्छ।अन्त्यसम्म स्थिर रहे मात्रै मुकुट पाइन्छ।हाम्रा युवाहरू प्रशासन र अन्य क्षेत्रमा पनि अघि जानुपर्छ।ख्रीष्टियान विश्वास जागिर होइन, यो त परमेश्वरसँगको सम्बन्ध हो।आफ्ना अगुवाहरूलाई आदर गर्नुपर्छ।

 

अन्त्यमा -

अब मण्डलीहरूबिच एकता हुनुपर्छ।एन.सी.एफ.मा हामी हुँदा राम्रो थियो तर पछि राजनीति भयो र विभाजन आयो।अब फेरि त्यस्तो दिन नेपालको मण्डलीमा नआओस्।परमेश्वरले सबै मण्डलीहरूलाई प्रेम गर्नुहुन्छ।मेरो सधैँको प्रार्थना यही छ कि आत्माको आगोले मात्रै अहिलेको बेमेल र अनेकतालाई डढाउन सक्छ।त्यसकारण सबैले साँचो जागृतिको लागि र्थना गरौं।

More...
Hits: 813
Trackback(12)

1. blgjjtpl
blgjjtpl

2. kwdximxh
kwdximxh

3. wgfkayom
wgfkayom

4. zmtqnaef
zmtqnaef

5. awfwdcpv
awfwdcpv

6. mhqcoolq
mhqcoolq

7. wqsbqcjj
wqsbqcjj

8. jstcqpds
jstcqpds

9. mjafghli
mjafghli

10. hieaexpp
hieaexpp

11. cpgmdnbz
cpgmdnbz

12. bxynvvns
bxynvvns

Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
 
Home | Sitemap

hits since June, 2006
Advertisement