| चर्चमा रक्तदान कार्यक्रम |
|
|
|
| |||
|
गुड फ्राइडेको अवसर पारी युथ संगतिबाट रक्तदान कार्यक्रम काठमाडौं २ अप्रिल, नवजीवन चर्च कुपण्डोलमा गुड फ्राइडेको दिन April 2 मा युथ संगतिद्वारा रक्तदान कार्यक्रम सम्पन्न भयो। यो रक्तदान कार्यक्रम नवजीवन चर्चले दोस्रो पटक आयोजना गरेको कार्यक्रम हो। जसरी येशू ख्रीष्टाले संसारका मानिसहरूको पापको लागि क्रुसमा रगत बगाएर उहाँमा विश्वा स गर्नेहरुलाई शान्ति र आनन्द दिनुभयो र पवित्र जाती बनाउनुभयो। पापबाट मुक्ति दिनुभयो। हामीले पनि रगत दिएर अरु कुनै एकजनाको जीवन बाँच्छ भने यो सेवाको काम हो भनी युथ संगतिद्वारा चर्चभवनमा रक्तदान कार्यक्रम गरियो। नेपाल रेडक्रस सोसाइटीबाट कार्यकर्ताहरू चर्चभवनमा आएर नै सहायता गर्नुभयो।कार्यक्रममा लगभग ३४ जनाले रक्तदान गर्नुभएको थियो। रक्तदान दिनेहरूमा दाजुभाई संगति दिदीवहिनी संगतिबाट र एनटिसिका विद्यार्थीहरू पनि हुनुहुन्थ्यो। रक्तदान कार्यक्रम गर्न पाएकोमा उहाँहरू खुसी देखिनुभएको थियो। रक्तदानदाताहरूलाई जुस र फलफूल दिई सहायता पुर्या्उनमा दाजु भाईहरूको भूमिका रहेको थियो।
Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 500 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Tuesday, 06 April 2010 ) | |||
| < Prev | Next > |
|---|



















