NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow Articles arrow Articles arrow बाइबलको अद्वितीयता
बाइबलको अद्वितीयता PDF Print E-mail
User Rating: / 0
PoorBest 
Thursday, 11 March 2010 Written by Kamal Adhikari

 बाइबल नष्ट हुने सामाग्रीहरूमा लेखियो, यसलाई कैयौं पटक प्रतिलिपि गरियो, तथापि यसको शैली, सच्याइ र अस्तित्व मेटिएको छैन। बाइबलले भोग्नुपरेको सतावटको विषयमा एच्. एल्. हेस्टिङ्ग्स् लेख्छन्, "नास्तिकहरूले अठार शताब्दीसम्म यस पुस्तक (बाइबले) लाई खण्डन गर्दै र गिराउँदै आएका छन् तर आजसम्म पनि यो चट्टानझैँ स्थिर रहेको छ। यसको प्रचार-प्रसार बढ्दो छ, र पहिलेभन्दा बढी आज यसलाई प्रेम गरिन्छ, पोषण गरिन्छ र पढिन्छ। ... यदि यो पुस्तक परमेश्वरको पुस्तक नभएको भए, धेरै पहिले नै मानिसहरूले यसलाई नष्ट गरिसक्ने थिए। सम्राट र पोपहरू, राजा र पूजाहारीहरू, राजकुमार र शासकहरू सबैले नै यसलाई नष्ट गर्ने प्रयास गरेका छन्, तर तिनीहरू मर्छन् तर बाइबल आजपर्यन्त जीवित छ।"बाइबलले जतिसुकै खेदो सहनु परे पनि बाइबलप्रति भएको मानिसहरूको प्रेमलाई बर्नाड र्याम लेख्छन्, "(बाइबललाई जस्तै) अरू कुनै पुस्तकलाई टुक्रा-टुक्रा पारिएको छैन, चक्कू रोपिएको छैन, छानिएको छैन, जाँचपडताल गरिएको छैन, निन्दा गरिएको छैन।



बाइबलको अद्वितीयता

कमल अधिकारी

 धर्म धर्मशास्त्रमा आधारित हुन्छ। प्रायः मानिसहरूको धारणा छ कि सबै धर्महरू एउटै हो। तर यो भनाइ सत्य छैन। हिन्दूहरूको वेद, मुस्लिमहरूको कुरान, बौद्ध धर्मावलम्बीहरूको त्रिपट्टीकासाथै संसारका अन्य सबै धर्मशास्त्रभन्दा बाइबल अनगिन्ती क्षेत्रमा अद्वितीय छ। अद्वितीय शब्दको अर्थ हुन्छ, "अरू कुनै पनि यसको दाँजोमा नआउने।" संसारका अन्य सबै धर्मशास्त्रभन्दा ख्रीष्टियानहरूको बाइबल निम्नलिखितसाथै अन्य थुप्रै क्षेत्रहरूमा अद्वितीय छ भनी सजिलै पुष्टि गर्न सकिन्छ।

 १. यसको अविच्छिन्नतामा बाइबल अद्वितीय छ।

              चालीसभन्दा बढी लेखकहरूद्वारा १५०० भन्दा बढी समय अवधि लगाएर बाइबल लेखियो। ती लेखकहरू विभिन्न पेशा र क्षेत्रका थिए। मोशा मिश्रदेशको विश्वविद्यालयमा तालिमप्राप्त अगुवा, पत्रुस मछुवा, आमोस गोठाला, यहोशू फौजी सेनापती, नहेम्याह मद्य टक्रयाउने, लूका वैद्य, सोलोमोन राजा, पावल रब्बी, दानिएल प्रधानमन्त्री थिए। लेखकको पेशा मात्र फरक थिएन तर लेखिएको स्थान पनि फरक थियो। मोशाले उजाडस्थानमा लेखे भने यर्मियाले कालकोठरीमा। लूकाले यात्रामा लेखे भने यूहन्नाले पत्मोस टापुमा। दानिएलले दरबारमा लेखे भने पावलले झ्यालखानामा। कसैले हर्षको टाकुराबाट लेखेका छन् भने कसैले उदासीको सागरबाट। कसैले युद्धको समयमा लेखेका छन् भने कसैले शान्तिको समयमा। यति मात्र होइन बाइबल यशिया, यूरोप, अफ्रिका गरी तीनओटा महादेश र हिब्रू, आरमेइक र ग्रीक गरी तीनओटा भाषामा लेखियो। हामी बाइबलमा कविता, ऐतिहासिक विवरण, गीत, संस्मरण, व्यङ्ग्य, जीवनी, आत्मचरित्र, कानून, भविष्यवाणी, दृष्टान्त, रूपक आदि जस्ता विभिन्न साहित्यिक शैलीहरू पाउँछौं। बाइबलमा यति धेरै पृथकता देखिए पनि बाइबलको मुख्य विषयवस्तु एउटै छ - मानवजातिको लागि परमेश्वरको छुटकारा। बाइबलका लेखकहरूले सयौं विषयमा लेखेको भए तापनि उत्पत्तिदेखि प्रकाशसम्म सामञ्जोस्य पाइन्छ।

 २. यसको प्रचारप्रसारमा बाइबल अद्वितीय छ।

              संसारमा सबैभन्दा बढी प्रचारप्रसार हुने पुस्तकको नाम हो बाइबल। बिक्री वितरण र प्रचारप्रसारमा बाइबल साँच्चै नै अद्वितीय छ। मानव इतिहासको अनुवाद, प्रतिलिपि, छपाइसाथै वितरणमा अन्य कुनै पुस्तक बाइबलको तुलनामा आएको छैन। संयुक्त बाइबल सोसाइटी १९९८ को एक प्रतिवेदनअनुसार १९९८ मा मात्रै बीस करोड असी लाख बाइबल वितरण गरिएको थियो। अन्तराष्ट्रिय गिदोन संस्थाले वर्षमा पाँच करोड साठी लाख बाइबलको पूरै भाग वा यसका केही अंश वितरण गर्दछ। हालसम्म दुइ बिलिअनभन्दा बढी बाइबल वितरण गरिएको छ भनी एक तथ्याङ्कले बताउँछ।

 ३. यसको अनुवादमा बाइबल अद्वितीय छ।

              धेरैजसो पुस्तकहरू अन्य भाषामा अनुवाद नै गरिंदैनन्। अनुवाद गरिए पनि दुइ वा तीनओटा भाषामा मुश्किलैले छापिन्छन्। ज्यादै थोरै पुस्तकहरू मात्रै दश नाघ्न सक्छन्। तर ख्रीष्टियानहरूको लागि यो गर्वको कुरा हो कि बाइबल सबैभन्दा बढी भाषामा अनुवाद गरिएको छ। संयुक्त बाइबल सोसाइटीअनुसार पूरै बाइबल वा यसका अंशहरू २,२०० भन्दा बढी भाषाहरूमा अनुवाद भइसकेका छन्। संसारमा करिब ६,५०० ज्ञात भाषाहरू छन्। बाइबल अनूदीत सङ्ख्या भनेको करिब एक तिहाई भए पनि यी भाषाहरूले संसारको ९०५ जनसङ्ख्याको प्रतिनिधित्व गर्दछ। सबैभन्दा पहिलो अनूदीत पुस्तक पनि बाइबल नै हो। सेप्टुजिन्ट (हिब्रू पुरानो नियमको ग्रीक अनुवाद करिब २५० ख्रीष्टपूर्व) नै सबैभन्दा पहिले अनूदीत पुस्तक हो।

४. यसको बचावटमा बाइबल अद्वितीय छ।

              बाइबल नष्ट हुने सामाग्रीहरूमा लेखियो, यसलाई कैयौं पटक प्रतिलिपि गरियो, तथापि यसको शैली, सच्याइ र अस्तित्व मेटिएको छैन। बाइबलले भोग्नुपरेको सतावटको विषयमा एच्. एल्. हेस्टिङ्ग्स् लेख्छन्, "नास्तिकहरूले अठार शताब्दीसम्म यस पुस्तक (बाइबले) लाई खण्डन गर्दै र गिराउँदै आएका छन् तर आजसम्म पनि यो चट्टानझैँ स्थिर रहेको छ। यसको प्रचार-प्रसार बढ्दो छ, र पहिलेभन्दा बढी आज यसलाई प्रेम गरिन्छ, पोषण गरिन्छ र पढिन्छ। ... यदि यो पुस्तक परमेश्वरको पुस्तक नभएको भए, धेरै पहिले नै मानिसहरूले यसलाई नष्ट गरिसक्ने थिए। सम्राट र पोपहरू, राजा र पूजाहारीहरू, राजकुमार र शासकहरू सबैले नै यसलाई नष्ट गर्ने प्रयास गरेका छन्, तर तिनीहरू मर्छन् तर बाइबल आजपर्यन्त जीवित छ।"बाइबलले जतिसुकै खेदो सहनु परे पनि बाइबलप्रति भएको मानिसहरूको प्रेमलाई बर्नाड र्याम लेख्छन्, "(बाइबललाई जस्तै) अरू कुनै पुस्तकलाई टुक्रा-टुक्रा पारिएको छैन, चक्कू रोपिएको छैन, छानिएको छैन, जाँचपडताल गरिएको छैन, निन्दा गरिएको छैन। ... (तथापि) बाइबललाई अझै दशौँ लाखले प्रेम गर्छन्, दशौँ लाखले पढ्छन् र दशौँ लाखले अध्ययन गर्छन्।"ख्रीष्टियान धर्मलाई निमिटयान्न पार्ने चुनौती दिने भोल्टेयर, बाइबलको विश्वसनीयतालाई नष्ट गर्न खोज्ने प्रोफाइरी, बाइबललाई उपहासमा उडाउने लुसियन, बाइबललाई निर्मूल पार्न खोज्ने डायोक्लिसन, पन्ध्र वर्षमा बाइबललाई मुर्दा घरमा पुर्याइदिन्छु भनी हाँक दिने रोबर्ट इङ्गरसोल सबै नै इतिहासमा मरेर गए, तर बाइबल यसका आशिष्हरूलाई लिएर संसारको चारैतिर खहरे खोलाको बेगमा बगिरहेछ।  

 ५. यसको शिक्षामा बाइबल अद्वितीय छ।

मानवजातिको पाँच हजार वर्षको इतिहासमा भविष्यवाणीको सम्बन्धमा बाइबल सबैभन्दा उदेकको साहित्यिक ग्रन्थ हो। यो मात्र एउटा यस्तो धर्मशास्त्र हो जसमा सयौं भविष्यवाणीहरू अक्षरशः पूरा भएका छन्। अन्य कुनै पनि प्राचीनसाथै आधुनिक पुस्तक यस्तो छैन। येशू ख्रीष्टको पहिलो आगमनको विषयमा बाइबलले थुप्रै भविष्यवाणीहरू गरेको छ। मोहम्मदको विषयमा सयौं वर्षअघि भविष्यवाणी गरियो भन्ने दाबी मुस्लिमहरूले गरेका छैनन्। अन्य कुनै पनि झूटा शिक्षाका अगुवाहरूको विषयमा पनि कुनै भविष्यवाणी गरिएको छैन। मुस्लिमहरूको धर्मशास्त्र कुरान, मर्मोनको पुस्तकसाथै हिन्दू वेदका केही भागहरूले इश्वरीय प्रेरणाको दाबी गरे तापनि तिनीहरूमा विशुद्ध भविष्यवाणी पाईंदैनन्। बुद्धका लेखहरूमा भविष्यबारे निर्दिष्ट रूपमा केही पनि बताइएको छैन। कन्फ्यूसियसका लेखहरूमा पनि भविष्यवाणीको कुनै रूप पाईंदैन।

इतिहासको दृष्टिकोणबाट हेर्ने हो भने उत्पत्ति १० अध्यायमा उल्लेखित "जातिहरूको सूची" ऐतिहासिक रूपले र आश्चार्यमय ढंगमा ठीक छ।

बाइबलका पात्रहरूलाई अध्ययन गर्दा प्रभुका महान् दासहरूका पापहरू पनि बाइबलमा उदाङ्गो पारिएका छन्। आज हामीले कसैको जीवनी पढयौं भने उनीहरूका गल्ती, कमजोरी र अपराधहरूलाई प्रायशः ढाकिएको हुन्छ र तिनीहरूलाई सन्तको रूपमा प्रस्तुत गरिएको हुन्छ। तर बाइबलले त्यसो गर्दैन। यसले जस्तो देख्छ त्यस्तै बताउँछ। नोआको पियक्कडपना, अब्राहामको कायरता र झूट, मोशाको अनाज्ञाकारिता, दाऊदको परस्त्रीगमन, पत्रुसको इन्कार र दुइज्रिब्रे व्यवहार बाइबलमा छर्लङ्ग छ।

 ६. साहित्यमाथि यसको प्रभावमा बाइबल अद्वितीय छ।

              पवित्र प्रेरणा पाएको पुस्तक भएकोले मात्र होइन तर पाश्चात्य विचारमा व्यापक प्रभाव पारेकोले सभ्यताको इतिहासमा बाइबल एउटा महत्वपूर्ण प्रलेख हो। कम्तीमा चौध शताब्दीसम्म प्रधान विश्वमतको रूपमा रहेको ख्रीष्टियमत र यसको महान् केन्द्रिय पाठयपुस्तकले पाश्चात्य संस्कृतिको संरचनामा मुख्य भूमिका खेल्यो। परिणामतः पश्चक-ख्रीष्टियान युगका थुप्रै साहित्यिक पाठयपुस्तकहरूले पनि बारम्बार बाइबललाई उधृत गरे। पैसा र हातहतियारविना नै नासरतको यही येशूले अलेक्ज्याण्डर, कैसर, मोहम्मद, नेपोलियनभन्दा लाखौँ मानिसहरूलाई जित्‍ंनु भयो। विज्ञान र विद्याविना नै उहाँले मानवीय र इश्वरीय कुराहरूमा सबै दर्शनशास्त्रीहरू र विद्वानहरूभन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको वाकपटुताविना नै उहाँले जीवनबारे यस्ता वचनहरू बोल्नुभयो जुन नता पहिले बोलिएका थिए नता पछि। प्राचीन र आधुनिक महान् मानिसहरूका सम्पूर्ण फौजभन्दा वचन, भाषण, संवाद, गहिरा-गहिरा पुस्तकहरू, प्रशंसाका भजनहरूको लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषयवस्तुहरू जुटाउनुभयो। ख्रीष्टाब्द ९५ को प्रेरितिय पिताहरूदेखि वर्तमान समयसम्म बाइबलले एउटा ठूलो साहित्यिक नदि नै तयार गर्न प्रेरित गरेको छ - बाइबल शब्दकोश, बाइबल विश्वकोष, बाइबल लेक्सिकन, बाइबल मानचित्र, बाइबल भूगोलहरू। यसका अतिरिक्त धार्मिक शिक्षा, भजनशास्त्र, मिशन, बाइबलीय भाषा, मण्डली इतिहास, धार्मिक जीवन चरित्र, भक्तियुक्त कृति, टिप्पणी, धार्मिक दर्शनशास्त्र, ख्रीष्टियान साक्षीसाथै विश्वासका रक्षात्मक रचनाहरूलाई पनि छुटाउन सकिंदैन। सम्पूर्ण मानवीय इतिहासमा बाइबलले जस्तो प्रेरणा अन्य कुनै पनि पुस्तकले दिएको छैन।

 ७. सभ्यतामाथि यसको प्रभावमा बाइबल अद्वितीय छ।

              विश्वको इतिहास अध्ययन गर्ने सबैको लागि पाश्चात्य जगत्मा बाइबल र यसको शिक्षाको प्रभाव सुस्पष्ट छ। विश्व घटनाहरूमा पाश्चात्य जगत्को प्रभावकारी भूमिका पनि उत्तिकै प्रस्ट छ। संसारमा अन्य कुनै पुस्तक वा पुस्तकहरूको मालाभन्दा बाइबल धर्मशास्त्रले सभ्यतामाथि बढी प्रभाव पारेको छ। वास्तवमा संसारको कुनै पनि महान् नैतिक र धार्मिक कृतिले ख्रीष्टियान सिद्धान्तमा नैतिकताको गहिराइलाई उछिन्न सक्दैन। र, परमेश्वरबारे बाइबलीय मतभन्दा कुनैको पनि श्रेष्ठतर धारणा छैन। बाइबलले नै परमेश्वर, ब्रम्हाण्ड, र मानवजातिको विषयमा सबै पाश्चात्य भाषाहरूमा यसको शिक्षालाई ल्यायो। पाश्चात्य जगत्‌मा बाइबल बुद्धिजीवी, नैतिकवान् र आत्मिक मानिसहरूको ज्यादै उपलब्ध, भरपर्न योग्य श्रोत र निर्णायक पुस्तक बनेको छ।

              तपाईं बुद्धिजीवी व्यक्ति हुनुहुन्छ भने र सत्यताको खोजीमा हुनुहुन्छ भने तपाईंले यस्तो पुस्तक पढ्नुहुन्छ जसले अन्य कुनैले भन्दा बढी ध्यान खिंचेको छ। अमेरिकाका भूतपूर्व राष्ट्रपति थियोडोर रूजरभेल्टको भनाइ कति वास्तविक छ, "बाइबलको प्रयाप्त ज्ञान कुनै कलेजको शिक्षाभन्दा मूल्यवान् छ।"

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 319
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Thursday, 11 March 2010 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement