NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow News arrow देश जातिय संघियतामा र ख्रीष्टमस
देश जातिय संघियतामा र ख्रीष्टमस PDF Print E-mail
User Rating: / 0
PoorBest 
Tuesday, 05 January 2010 Written by Sarju Rijal
देश जातिय संघियतामा र ख्रीष्टमस शुभकामना

केही समय पहिला नेपाल सरकारले क्रिसमस डे लाई राष्ट्रिय चाडकोरुपमा सार्वजानिक विदा दिएपछि नेपालका क्रिश्चि यनहरूले विभिन्न ठाउँहरूमा २०६५ सालमा ख्रीष्टामस आफूले मात्रै मनाएनन् । समाजमा मानिएका नेता, मान्यजन, सभासद, सिडिओ लगाएत छिमेकीहरूसँग येशू ख्रीष्टीको जन्मोत्सवका साथै शुभकामना हर्षोउल्लासकासाथ आदानप्रदान गरे। राजधानीमा क्रिसमसको अवसरमा सम्पन्न कार्यक्रममा प्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृति मन्त्री मिनेन्द्र रिजाल, बार एशोसियसनका अध्यक्ष विश्व कान्त मैनाली, नागरिक उड्यन मन्त्री सरदसिंह भण्डारी, सभासद, नेता, पत्रकार महासंघका अध्यक्ष, मेडियाहरू, संविधान अध्यक्ष सुवास नेम्वाङ, साहित्यकारहरु, कलाकारहररुको बाक्लो उपस्थितिमा उपत्यकाका ललितपुर, काठमाडौं र भक्तपुरमा क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भए ।

कुनै समयमा इसाईहरुलाई घृणा गरिन्थ्यो। विदेशी धर्मको उपनामले चिनिन्थ्यो। अझैपनि सबै सहर्ष सकरात्मक नदेखिएता पनि २०६५ सालको क्रिसमस शुभकामना मनतव्यले देशमा एकता, एक अर्कामा प्रेम, आदर, सदभावको खाँचो येशूले मात्रै पुरा गर्ने आशा मनतव्यमा सुनिएको छ । शान्ति उमाँमा मात्रै छ भनि येशूमा मानिसको आशा पलाएको छ  । नेपाल देशको लागि येशूको जस्तो चरित्र, प्रेम, दया र सदभाव भएको व्यक्तिको आवश्यक्ता महशुस भएको छ। 

मन्त्रीहरुले ख्रीष्टमसको अवसरमा शुभकामनामा देशमा शान्ति, मेलमिलाप, प्रेम र सदभावको शुभकामना पनि दिए। चर्चहरूमा धुमधामकासाथ आनन्दमय तरिकाले येशूको जन्मोत्सवको सुसन्देश प्रचारे एकआपसमा प्रेम सदभाव खुसीयाली मनाए। विभिन्न पत्रपत्रिका, मेडियाहरूले ख्रीष्टपमसको छोटो झलक पनि देखाएका थिए। बुटवल क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रमको झलक प्रस्तुतः

पत्रकारहरूमाझ ख्रीष्‍टमस शुभकामना आदान प्रदान

बुटवल-क्रिसमसकै अवसरमा बुटवल नवजीवन एजी चर्चले होटेल न्यू ईरा बुटवलमा पत्रकारहरूमाझ ख्रीष्टकमस शुभकामना आदानप्रदान कार्यक्रम अलि नयाँ ढंगले सम्पन्न भएको कुरा पास्टर कमल रानाले बताउनुभयो। नवजीवन चर्चले आयोजना गरेको उक्त कार्यक्रममा स्थानिय पत्रपत्रिकाकाः लुम्बिनी, नयाँ भावना, दैनिक मेचिकाली, दैनिक जनसंघर्ष, बुटवल टुडे, नव तिलोत्तमा र नयाँ सत्ता थिए भने राष्ट्रि य पत्रपत्रिकाः कान्तिपुर, समाचारपत्र, अन्नपुर्ण पोष्ट, नयाँ पत्रिका, नागरिक, हाम्रो आशिष्‌ पत्रिकाका पत्रकारहरूको उपस्थिति रहेको थियो। स्थानिय टेलिभिजन लुम्बिनी, बुद्ध र राष्ट्रि य टेलिभिजनः एभिन्युज, नेपाल टेलिभिजन, सगरमाथा, एबिसि, इमेज, कान्तिपुर, उज्यालो नेटवर्क र अनुग्रह रेडियो एफएम, रेडियो लुम्बिनी, बुटवल एफएम, रेडियो जागरण, रेडियो नमस्ते, रेडियो मुक्ती, तिनाउ एफएम, रेडियो देवदहबाट पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई प्रभावकारी बनाउनमा निम्न व्यक्तिको भुमिका रहेको थियो। कार्यक्रम सञ्चालक विशाल श्रेष्ठिले गर्नुभएको थियो। ख्रीष्टकमस गीत नवजीवन क्वाएर झुण्डले गाएको थियो भने स्वागत तथा मनतव्य र कार्यक्रमको उद्देश्य बिशाल र ज्योति श्रेष्ठषले गर्नुभएको थियो। ख्रीष्टामस जन्मोत्सव सन्देश पास्टर भीम कपडेलले दिनुभएको थियो। पत्रकार महासंघका उपाध्यक्ष दिपक ज्ञवालीले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो। उपस्थितहरूलाई धन्यवाद ज्ञापन पास्टर कमल रानाले गर्नुभएको थियो। आमन्त्रित पत्रकारहरूलाई गिदोनको बाइबल, डायरी र कलम उपहार स्वरुप नवजीवन चर्चले वितरण गरेको थियो। कार्यक्रमको अन्तिम प्रार्थना पास्टर भोज चौधरीले गर्नुभएको थियो।

माथिको क्रिसमस शुभकामना सन्देसले यही बताउदैछ कि राष्ट्रमा भएका दण्डहिनता, हिंसा, अरुप्रति क्रोध, विभेद, जातिय संघियताले मानिसमा शान्ति सम्भव हुँदैन। प्रेम सदभाव, दया, अरुप्रति सत्कार, सेवा एकता येशूमा विश्वास गर्नेहरुमा मात्रै  सम्भव छ। संसार अर्थात पृथ्वी बनाउने परमेश्वधरले पाँचौ दिनमा संसारका यावत थोक बनाउनुभयो। अनि एउटै मानव जाती बनाउनुभयो। हामी सबै एउटै धर्तिमा छौं जो हाम्रो परमेश्वरले बनाउनुभयो कोहि पनि यो धर्तिमा विदेशी छैन । देश यतिबेला जातिय संघियतामा धकेलिएकोछ। मानव मानवबीच जातिय विभेद हुँदैछ। पहाडीया, तराई, मधेसी, नेवा, किराँत, लिम्बुवान, थारुवान आदि इत्यादी। मानिसको छोटो वीचार र सोचाइले परमेश्वरको महान योजनालाई र संसारलाई गर्नुभएको प्रेम जातिय राज्यमा सिमित पारेको छ। आफ्नो लागि मात्रै हित अधिकार खोज्दैछन्। यो सम्पूर्ण ब्रम्हाण्ड परमेश्वकरले मानव जातिकै लागि नै बनाउनुभएको हो। परमेश्‍वरले सबै मानवजातीलाई प्रेम गर्नुहुन्छ।

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 929
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Wednesday, 06 January 2010 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement