NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home
क्रिसमस जनपान समारोह सम्पन्न PDF Print E-mail
User Rating: / 0
PoorBest 
Thursday, 24 December 2009 Written by Sarju Rijal

मन्त्री मिनेन्द्र रिजालले नेपालमा लोकतन्त्र वहालीपछि राज्यले सबै धर्मलाई संरक्षण गर्नुपर्छ। नेपाली राजनीतिलाई चुनौतिलाई समाधान गर्न क्रिश्चियन धर्मले शिक्षा, स्वास्थय, सामाजिक काम र मानवको कल्यानको लागि मानव जीवनलाई अगाडि बढाउने क्षेत्रमा काम गरेको छ त्यसैगरी अरु धर्मलाई पनि सेवा गर्न सिक्ने बाटो देखाएको छ। येशू ख्रीष्ट ले सेवाको लागि आफ्नो जीवन दिएजस्तै राज्यमा भएको राजनीतिक चुनौति, आर्थिक पछौटेपनबाट अगाडि जानलाई क्रिश्चियन धर्मले अरु धर्महरुलाई पनि सँगै सदभावकासाथ अगाडि जाओस् भन्दै येशू ख्रीष्टबले देखाएको बाटोमा अगाडि बढ्नलाई अनुरोध पनि गर्नुभएको थियो।

क्रिसमस जनपान समारोह सम्पन्न

काठमाडौं- ८ पौष नयाँ संविधानमा ख्रीष्टिबयन सुझाव समितिद्वारा आयोजना गरिएको ख्रीष्टपमस जलपान समारोह प्रज्ञा भवन कमलादीमा विहान ८ बजेदेखि १० बजेसम्म सम्पन्न भयो।

जलपान समारोहमा साहित्यकार, पत्रकारहरु, हास्यकलाकारहरू मानवअधिकारवादी, विभिन्न राजनीति पार्टीका नेताहरू लगाएत विभिन्न मेडियाहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहमा ख्रीष्टरमसको शुभकामना मनतव्य दिने सम्माननिय प्रधानमन्त्री माधवकुमार नेपालले क्रिश्चियनहरूको सदभाव, प्रेम र सेवाले देशमा देशमा शान्ति सदभाव कायम होस भन्दै सम्पूर्ण नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।

बार एशोसियसनका अध्यक्ष विश्वकान्त मैनालीले नेपाल बार एशोशसिएसनको तर्फबाट हार्दिक धन्यवाद र शुभकामना व्यक्त गर्दै संसारमा क्रिश्चियनहरूको संख्या धेरै भएको र अरु धर्म मान्नेभन्दा पनि धनि वर्गमा परेको इंगित गर्दै व्यक्तिगतरुपमा मदर टेरेसालाई भेट्ने मौका पाए भने बाइबलबाट येशू ख्रीष्टलाई चिन्ने मौका पाएको कुरा बताउनुभयो। क्रिश्चियनहरूमा मलाई मनपरेको दुइवटा कुरा त्याग र सेवा हो। सेवाले, प्रेमले देशबाट दण्डहिनताबाट निकासको लागि तपाइहरूको मायाले सदभाव हुन सकोस भन्दै आफ्नो मनतव्य व्यक्त गर्नुभयो।

संस्कृति तथा राज्य पुनसंरचना मन्त्री मिनेन्द्र रिजालले नेपालमा लोकतन्त्र वहालीपछि राज्यले सबै धर्मलाई संरक्षण गर्नुपर्छ। नेपाली राजनीतिलाई चुनौतिलाई समाधान गर्न क्रिश्चियन धर्मले शिक्षा, स्वास्थय, सामाजिक काम र मानवको कल्यानको लागि मानव जीवनलाई अगाडि बढाउने क्षेत्रमा काम गरेको छ त्यसैगरी अरु धर्मलाई पनि सेवा गर्न सिक्ने बाटो देखाएको छ। येशू ख्रीष्ट ले सेवाको लागि आफ्नो जीवन दिएजस्तै राज्यमा भएको राजनीतिक चुनौति, आर्थिक पछौटेपनबाट अगाडि जानलाई क्रिश्चियन धर्मले अरु धर्महरुलाई पनि सँगै सदभावकासाथ अगाडि जाओस् भन्दै येशू ख्रीष्टबले देखाएको बाटोमा अगाडि बढ्नलाई अनुरोध पनि गर्नुभएको थियो।

मनतव्य तथा शुभकामना दिने क्रममा पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, भरत मोहन अधिकारीले मनतव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अन्तमा कार्यक्रम संयोजक सरिता थापाले बाइबलबाट पद पढ्नुभएको थियो। पास्टर मंगलमान महर्जनको प्रार्थानाबाट कार्यक्रम विसर्जन भएको थियो।

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 898
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Thursday, 24 December 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement