| NBCBS को साधारण सभा सम्पन्न |
|
|
|
| |||
|
मिति २०६६ मंसिर २८ फेमिलि अफ गड चर्चमा एनबिसिबिएसको पहिलो साधारण सभा सम्पन्न भयो। नेपाल सरकारमा एनबिसिबिएस दर्ता भएपछिको पहिलो साधारण सभामा २४ जनाको सहभागिता रहेको थियो। सभामा एनविसिविएसमा प्रत्यक्षरुपमा सहायता पुर्या उनु भएका प्रभुका जनहरू र सिविएसमा आवद्ध विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सभामा कोषाध्यक्ष अशोक सिंहले २०६७ को वजेट आय व्यय विवरण सुनाउनुभएको थियो।
एनविसिविएसको कार्यनिति पनि प्रस्तुत गरिएको थियो। सभामा लामो छलफल पछि नेपालका विभिन्न जिल्लाहरूमा कार्य विस्तार गर्नको लागि कार्यसमितिलाई जिम्मा वहन गरिएको छ। निर्वाचन आयुक्त फेमीली अफ गड चर्चका पास्टर र आइटीनकका निर्देशक टंक सुबेदीले पूरानो कार्यसमिति विघटन भएको घोषणा गरी नयाँ कार्यसमिति सभाबाट मनोनयन गराउनुभयो। नयाँ कार्यसमितिमा अध्यक्ष रेभ.शामूएल बोम्जन सचिव नारायण खडका कोषाध्यक्ष अशोक सिंह सदस्य कुन्ति नेपाली र पाँच विकास क्षेत्रबाट पाँचजना सदस्यमा मनोनित हुनुभयो। अन्तमा माया देवकोटाको प्रार्थनाबाट सभा विसर्जन भएको थियो। Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 785 Comments (0)
![]() Write comment
|
|||
| < Prev | Next > |
|---|



















