| १ प्रहरी र २ सुकुम्वासीको मृत्यु |
|
|
|
| |||
|
कैलाली, २०६६ मंसिर १९ – सुदूरपश्चिम, कैलाली जिल्लाको बलिया गाविसको डुडेझारी वन जंगल कब्जा गरी बसेका माओवादी निकट सुकुम्वासीलाई हटाउन प्रहरीले बल प्रयोग गर्दा भएको भिडन्तमा एक प्रहरीसहित तीन जनाको मृत्यु भएको छ। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका अनुसार भिडन्तमा १ प्रहरी र २ सुकुम्वासीको मृत्यु भएको हो । प्रहरीतर्फ सेती अञ्चल प्रहरी कार्यालयमा कार्यरत जवान पदम ऐर र सुकुम्वासीतर्फ नरेन्द्र बिश्वकर्मा र सञ्जय ढकालको मृत्यु भएको डिआइजी बिमला थापाले बताईन् । बिश्वकर्माको घटनास्थलमै र ढकालको कोहलपुर मेडिकल कलेजमा उपचारार्थ ल्याइसकेपछि मृत्यु भएको हो । गत शनिवारदेखि बलिया गाविसको डुडेझारी जंगल कब्जा गरी माओवादीनिकट सुकुम्वासी संघको ब्यानरमा बसेकाहरुलाई हटाउन बन कार्यालयको अनुरोधमा स्थानीय प्रशसनले बल प्रयोग गर्ने निर्णय गरेको थियो । सुकुम्बासी हटाउन बन कार्यालयले प्रचार प्रसार गरे पनि नमानेपछि दिउसो टहरा भत्काउन लाग्दा सुकुम्वासीले प्रतिवाद गरेपछि भिडन्त भएको थियो । ६ ब्लकमा बसेका सुकुम्वासीलाई शुरुमा घेरावन्दी गरी धपाउन खोज्दा प्रतिकार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले घरेलु हतियार र ढंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो ।
Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 820 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Saturday, 05 December 2009 ) | |||
| < Prev | Next > |
|---|



















