NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
मन्त्रिपरिषदको बैठक सम्पन्न PDF Print E-mail
User Rating: / 0
PoorBest 
Saturday, 05 December 2009 Written by Sarju Rijal

काठमाडौं २०६६ मंसिर १९ - दस बुँदे सगरमाथा घोषणापत्र जारी गर्दै विश्वमै पहिलो पटक सवैभन्दा बढी उचाइमा बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भयो ।
वातावरणीय परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथाको आधार शिविरस्थित रहेको कालापत्थरमा बसेको मन्त्रिपरिषद बैठकले जलवायु परिवर्तनप्रति सामूहिक प्रतिवद्धता जनाएको छ। कालापत्थरमा बसेको मन्त्रिपरिषद बैठकपछि स्याङबोचेमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधवकुमार नेपालले सगरमाथा घोषणापत्र जारी गरेका थिए। घोषणापत्रमा जलवायु परिवर्तनप्रति सामूहिक प्रतिवद्धता जनाउने, जनचेतना जगाउने, संरक्षण क्षेत्र बढाउनेलगायत उल्लेख छ ।

 

घोषणापत्रमा जलवायु परिवर्तनबाट जोखिममा रहेका हिमश्रृखंलाको संरक्षणमा सामूहिक प्रतिवद्धता जनाउने, जलवायु परिवर्तनबारे गरीव, दलित, आदिवासी तथा सीमान्तकृत वर्गका समूदायलाई जनचेतना जगाउने, सूचना प्रविधिको क्षमता अभिवृद्धि गर्नेलगायत छन् ।


यस्तै पर्वतीय क्षेत्रमा २० प्रतिशतबाट बृद्धि गरेर संरक्षण क्षेत्रलाई २५  प्रतिशतमा पुर्यािउने, सुदूरपश्चिमको अपी नाम्पा र मध्यामञ्चलको गौरीशंकरलाई संरक्षण क्षेत्र घोषणा गर्ने पनि सगरमाथा घोषणापत्रका उल्लेख छ । थपिएकासंगै मुलुकमा अव १० निकुञ्ज र ५ संरक्षण क्षेत्र भएका छन् । बैठकले बाँके राष्ट्रिय निकुञ्जलाई नयाँ निकुञ्ज घोषणा गरेको छ । यसैगरी, कार्वन उत्सर्जन गर्ने राष्ट्रहरुलाई त्याग गर्न आव्हान गर्ने पनि जारी घोषणापत्रमा लेखिएको छ ।


घोषणापत्र जारी गर्दै प्रधानमन्त्री माधवकुमार नेपालले जलवायु परिवर्तनप्रति सामूहिक प्रतिवद्धता जनाउन विश्व समूदायलाई आग्रह गरे । उनले विश्वमा नै सबैभन्दा पहिले उच्चस्थानमा बसेको नेपालको मन्त्रिपरिषद बैठकले विश्वमा सकारात्मक सन्देश गएको दावी गरे ।


मन्त्रिपरिषद बैठकको नेपाल टेलिभिजनसहित केही विदेशी टेलिभिजन च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए । कालापत्थरमा बिहान ९: ३० देखि एक घण्टा बढी मन्त्रिपरिषद बैठक बसेको थियो । २० मिनेटमात्रै मन्त्रिपरिषद बैठक बस्ने भनिएपछि मौसमले साथ दिएकाले बैठक लम्बिएको थियो । मन्त्री तथा संचारकर्मीसहितको टोलीलाई यहाँ ल्याउन सीता, यति, अग्नि, नेपाल एयरलाइन्सलगायत माउण्टेन फ्लाइटका अन्य विमान सेवा प्रयोग गरिएको छ । वातावरणमा घुलमिल हुन सहभागीहरुलाई एकदिन पहिले नै सोलु क्षेत्र ल्याइएको थियो । 

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 833
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Saturday, 05 December 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement