| मन्त्रिपरिषद्को बैठक कालापत्थरमा |
|
|
|
| |||
|
वातावरणीय परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन आज मन्त्रिपरिषदको बैठक सगरमाथाको आधारशिविरस्थित ५ हजार २ सय ४२ मिटरको उचाइमा बस्न लागेको छ। बिहान ९ बजे हाराहारीमा सुरु हुने बैठक ३० मिनेट बस्नेछ। बैठकपछि साढे १० बजे ३ हजार ७ सय ८० मिटरको उचाइमा रहेको स्याङ्बोचेमा पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। मन्त्रिपरिषद्को बैठक सगरमाथा , कालापत्थरतर्फ Kathmandu December 4 - विश्वको सबैभन्दा अग्लो स्थानमा मन्त्रिपरिषद्को बैठक बस्न प्रधानमन्त्री माधवकुमार नेपाल सहितको टोली मन्त्रिपरिषद् बैठकका लागि बिहान साढे ८ बजे स्याङ्बोचेबाट कालापत्थर प्लेटो तर्फ प्रस्थान गरेका छन् । वातावरणीय परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन आज मन्त्रिपरिषदको बैठक सगरमाथाको आधारशिविरस्थित ५ हजार २ सय ४२ मिटरको उचाइमा बस्न लागेको छ । बिहान ९ बजे हाराहारीमा सुरु हुने बैठक ३० मिनेट बस्नेछ। बैठकपछि साढे १० बजे ३ हजार ७ सय ८० मिटरको उचाइमा रहेको स्याङ्बोचेमा पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। लुक्लाबाट बिहान स्याङबोचे आइपुगेका मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो। बैठकस्थलमा समाचार संकलनका लागि स्वदेशी विदेशी गरी ८० पत्रकारहरु स्याङबोचे पुगेका छन्। नेपाल टेलिभिजन तथा केही विदेशी च्यानलहरुले बैठकस्थलको प्रत्यक्ष प्रसारण गरिरहेको छ।
Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 837 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Friday, 04 December 2009 ) | |||
| < Prev | Next > |
|---|


















