NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
३ स्वर्गको राज्य PDF Print E-mail
User Rating: / 3
PoorBest 
Tuesday, 01 July 2008 Written by Tanka Subedi

सर्ब प्रथम तीनवटा पदहरू पढौं:

"उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, "स्वर्गको राज्य खमीरजस्तो हो, जो एउटी स्त्रीले पचास किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमीरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी।"

मत्ती १३:३३

फेरि उहाँले भन्नुभयो, "परमेश्वरको राज्यलाई म केसँग तुलना गरुँ? त्यो खमीरजस्तो हो जो एउटी स्त्रीले पच्चीस किलो पीठोमा मिसाई, र समास्त पीठो खमीरा भइहाल्यो।"

लूका १३:२०

किनकि यो त तिमीहरू निश्चय नै जान, कि कुनै व्यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो ) ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन।

एफिसी ५:५

मत्तीको सुसमाचारको प्रमुख विषय 'स्वर्गको राज्य' हो। यो सुसमाचार यही कुरामा आधारीत छ। माथिका पदहरूमा हामीले देख्यौं कि यो एउटै राज्यबाट बाइबलमा चार वटा नाम दिइएका रहेछन्।

स्वर्गको राज्य    परमेश्वरको राज्य    ख्रीष्टको राज्य

यी नामहरू येशूको एउटै आत्मिक राज्यलाई चिनाउने तीनवटा नामहरू हुन्।

पहिला पहिला सबै देशमा राजाले शासन गर्थे त्यतिमात्र होइन राजको शक्तिलाई सर्वोच्च मानिन्थ्यो। हाम्रो देश पनि केही समय अगाडिसम्म राजाको पूर्ण अधीनमा थियो। राजालाई चिनाउने चिन्हहरू के के होलान्।

श्रीपेच    राजदण्ड    राजगद्दी

येशू आफ्नो नयाँ राज्यको राजा हुनुहुन्छ। उहाँ सर्वाधिकार सम्पन्न राजा हुनुहुन्छ।

माथिका राजाका चिन्हहरू -राजगद्दी, राजदण्ड, श्रीपेच लगाउनु अगाडि राजालाई अभिषेक गर्नुपर्छ।

आउनुहोस् अब येशू राजामा यी माथिका गुणहरू (चिन्हहरू) कसरी पूरा भएका थिए एक एक गर्दै हेरौं।

के येशू राजाको अभिषेक भएको थियो?

के उहाँ श्रीपेच पहिरिएर, राजदण्ड लिएर राजगद्दीमा बस्नुहुन्छ त?

राजा ज्ञानेन्द्रको अभिषेक यहाँहरूलाई याद होला।

सर्वप्रथम येशू राजाको अभिषेकलाई हेरौं:

अभिषेक

यहूदीहरूले मसीहको राज्यलाई पर्खिरहेका थिए तर यो राज्य कस्तो हुन्छ उनीहरूलाई थाहा थिएन। उनीहरूले त रोमी साम्राज्य जस्तै धेरै देशलाई अधीनमा राख्ने राजनैतिक राज्यको रुपमा पर्खेका थिए।

धेरै राजाहरूले आफ्नो बलले, लडाईंले, आन्दोलनले र कुटनीतिले राज्य प्राप्त गर्छन्। दाऊद राजाले समेत लर्डाईंबाट राज्य प्राप्त गर्नुपरेको थियो। तर ख्रीष्ट राजाले त प्रेममा आफ्नो राज्य स्थापना गर्नुभएको छ।

यहूदीहरूको बीचमा राजालाई अभिषेक गर्दा शीरमा तेल खन्याएर अभिषेक गरिन्थ्यो। यहूदीहरूले पर्खिरहेका राजालाई "मसीह" भन्थे। मसीहको अर्थ —अभिषेक गरिएको'‘ हो। यो हिब्रू भाषाको शब्द हो।

जब उहाँका चेलाहरूमध्ये अन्द्रियासले येशूलाई भेटे उहाँलाई मसीह 'ख्रीष्ट' भनी सम्बोधन गरे।

अब बाइबलबाट हेरौं येशू ख्रीष्ट कस्तो राजा हुनुहुन्छ र कसरी राजा हुनुभयो।उनीहरू यहूदी थिए तर रोमी साम्राज्यको भाषा ग्रीक पनि बोल्थे त्यसैले उहाँलाई उनले 'मसीह' नभनेर 'ख्रीष्ट' भने। ख्रीष्टको अर्थ पनि अभिषिक्त जन नै हो।

"परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति।

लूका ४:१८

उहाँको अभिषेक तेलले होइन तर पवित्र आत्माले भएको थियो।

मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्तिस्मा दिनू भनी पठाउनु भयो, उहाँले नै मलाई भन्नुभयो, 'जसमाथि तिमी पवित्र आत्मा ओर्लंदै र बस्दैगर्नुभएको देख्छौ, पवित्र आत्माले बप्तिस्मा दिनुहुने उहाँ नै हुनुहुन्छ।'"

यूहन्ना १:३३

परमेश्वरको राज्य राजनैतिक र भौतिक राज्य होइन यो आत्मिकी राज्य हो।

किनभने परमेश्वरको राज्य भनेको खानु र पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्दको हो।

रोमी १४:१७

अनि तिनले सबै मुख्य पुजाहारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे, र "ख्रीष्टको जन्म कहाँ हुने हो -" भनी सोधपूछ गरे।

मत्ती २:४

ख्रीष्ट: अर्थात् अभिषिक्त जन, जुन राजाको चिन्ह हो।

श्रीपेच

तिनीहरूले काँडाको मुकुट गुँथेर उहाँको शीरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँडा टेकेर उहाँलाई यसो भन्दै उहाँको गिल्ला गरे, "हे यहूदीहरूका राजा, प्रणाम।"

मत्ती २७:२९

मुकुट:काँडाको मुकुटको अर्थ श्रीपेच हो।

राजदण्ड

यहूदाको हातबाट राजदण्ड हट्नेछैन, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बीचबाट हट्नेछैन, जबसम्म त्यसका मालिक आउँदैनन्। र जातिहरू उहाँको आज्ञाकारी बन्नेछन्।

उत्पत्ति ४९:१०

यस पदले ख्रीष्ट राजाको राजदण्डलाई नै संकेत गरेको हो।

राजगद्दी

येशूले तिनीहरूलाई भन्नुभयो, "साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरू जो मेरो पछि लागेका छौ, नयाँ सृष्टिमा जब मानिसको पुत्र आफ्नो महिमाको सिंहासनमा बस्नेछ, तब तिमीहरू पनि बाह्र सिंहासनमा बस्नेछौ, र इस्राएलमा बाह्र कुलमाथि इन्साफ गर्नेछौ।

मत्ती १९:२८

सिंहासन: राजाको चिन्ह हो।

राजकुल

राजा को हुन पाउँछ?

राजाको सन्तान मात्र राजा हुन पाउँछ। प्रभु येशू राजा हुनको लागि राजाकै कुलमा जन्म लिनुभएको थियो।

येशू त्यहाँबाट जानुहुँदा दुइ जना अन्धाहरू "हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्" भनी कराउँदै उहाँको पछिपछि लागे।

मत्ती ९:२७

दाऊद राजा थिए र यशूलाई उनको पुत्र भनिएको छ।त्यसैले येशू राज घरानाको हुनुहुन्थ्यो।

दाऊदका पुत्र: राज घरानाको मानिस।

उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।

लूका १:३२

ख्रीष्टको सिंहासन कहाँ छ त ?

तब उहाँकहाँ भूत लागेको एक जना अन्धो र गूँगो मान्छे ल्याइयो। येशूले त्यसलाई निको पार्नुभयो, यतिसम्म कि, त्यो गूँगो मानिस बोल्ने र देख्ने भयो। अनि सबै भीडले अचम्म मानेर भने, "के यिनी दाऊदका पुत्र नै हुन सक्छन्?" तर यो सुनेर फरिसीहरूले भने, "यस मानिसले भूतको मालिक बालजिबुलद्वारा मात्र भूतहरूलाई धपाउँछन। तर उहाँले तिनीहरूको विचार थाहा पाएर तिनीहरूलाई भन्नुभयो:"आपसमा फूट परेको हरेक राज्य उजाड् पारिनेछ, र हरेक शहर अथवा परिवार आफ्नै बीचमा फाटो पर्‍यो भने टिक्नेछैन। यदि शैतानले शैतानलाई निकाल्दछ भने त्यो आफ्नै विरूद्धमा विभाजित हुन्छ र त्यसो भए त्यसको राज्य कसरी टिक्न सक्छ? यदि मैले बालजिबुलद्बारा भूतहरू धपाउँछु भने तिमीहरूका छोराहरूले चाहिँ कसद्बारा ती निकाल्दछन्? यसकारण तिनीहरू नै तिमीहरूका न्यायकर्ता हुनेछन्।तर यदि परमेश्वरका आत्माद्बारा म भूतहरू धपाउँछु भने परमेश्वरको राज्य तिमीहरूमा आइसकेको छ।

 

मत्ती १२:२२-२८

जब कुनै पनि व्यक्तिले येशू प्रभुलाई ग्रहण गर्छ। उसको जीवनमा स्वर्गको राज्य आउँछ। येशूमा विश्वास गर्ने हरेक व्यक्तिको हृदयमा ख्रीष्ट राजा भएर बस्नुहुन्छ।मानिसको हृदय नै ख्रीष्ट राजाको सिंहासन हो।

आजसम्म यदि तपाईंले ख्रीष्टलाई ग्रहण गर्नुभएको छैन भने आज नै उहाँलाई मुक्तिदाता र प्रभु भनी ग्रहण गर्नुहोस् र आफ्नो हृदयको सिंहासनमा विराजमान गराउनुहोस्।

आउनुहोस् प्रार्थना गरौं :

प्रभु येशू, म तपाईंलाई धन्यवाद चढाउँदछु किनकि तपाईं राजा र मुक्तिदाता हुनुहुन्छ र मेरो हृदयमा राज गर्न चाहनुहुन्छ।मेरा सबै अपराधहरू क्षमा गर्नुहोस् र मेरो हृदयमा राज गर्नुहोस्। आमेन।

Newer...
Older...
Trackback(0)
Comments (1)add comment
tanka sir
written by vijay kumar , July 03, 2008

thanks alot jesus bless to you,
report abuse
vote down
vote up

Votes: +0


Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement