NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
१ येशू को हुनुहुन्छ ? PDF Print E-mail
User Rating: / 6
PoorBest 
Tuesday, 29 April 2008 Written by Tanka Subedi

प्रीय मित्रहरू

प्रभु येशू ख्रीष्ट हाम्रो विश्वासका केन्द्र हुनुहुन्छ। उहाँलाई राम्रोसँग नजीकबाट चिन्नु र उहाँसँगसंगति गर्नु नै हाम्रो जीवनको लक्ष्यहुनुपर्छ।

प्रभु येशू को हुनुहुन्छ ?

थुप्रै उत्तरहरु पाउन सकिन्छ -

- प्रभु - उद्धारकर्ता - परमेश्वरका पुत्र - मुक्तिदाता - शान्तिदाता - दाऊदका पुत्र - परमेश्वर - राजा - शान्तिको राजकुमार - मानिसको पुत्र - सृष्टिकर्ता - असल मित्र - असल गोठालो आदि

मत्ती १६: १३-१७ बाट पढौं।

येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरुलाई सोध्नुभयो, "मानिसहरुले मानिसको पुत्रलाई को हो भनी भन्छन् ?" तिनीहरूले जवाफ दिए, ‘कसैले बप्तिस्मा- दिने यूहन्ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरूमध्ये कुनै एक जना हुन् भनी भन्छन्।’ उहाँले तिनीहरुलाई सोध्नुभयो, "तिमीहरु के भन्छौ, म को हुँ ? "सिमोन पत्रुसले जवाफ दिए, "तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।" येशूले तिनलाई भन्नुभयो, "योनाको छोरा सिमोन, तिमी धन्य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर र्स्वगमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।"

प्रभु येशू को हुनुहुन्छ भन्ने प्रश्न अत्यन्तै गम्भीर र महत्त्वपूर्ण प्रश्न हो। यही प्रश्नको उत्तरको लागि बाइबलमा ४/४ वटा पुस्तकहरु छुट्याइएका छन्। मत्ती, मर्कूस, लूका र यूहन्ना। यसबाट पनि हामीलाई स्पष्ट हुन्छ कि प्रभु येशूलाई चिन्नु कति महत्त्वपूर्ण छ। यति मात्र होइन बाइबलका ६६ वटै पुस्तकहरूको केन्द्र प्रभु येशू नै हुनुहुन्छ।

त्यसो भए प्रभु येशूलाई कसरी चिन्न सकिन्छ त ?

दाहरणको लागि २ जना मानिसलाई लिन सकिन्छ।

नचिनेको मानिससँग परिचय गर्दा र उसको बारेमा राम्ररी जान्न खोज्दा वार्तालाप कस्तो होला?एउटा कथा बनाऔं। मानौं, प्रभु येशू यस संसारमा हुँदा कुनै एकजना कृष्ण भन्ने नेपालको भ्रष्ट व्यापारी मानिसले उहाँलाई भेटेछ र उहाँको बारेमा धेरै जान्ने इच्छा गरेछ। अब उहाँहरूको वार्तालाप कस्तो होला?

वार्तालाप

कृष्ण : ओहो हजुर नमस्कार !

येशू : नमस्कार कृष्ण जी, के छ त हालखबर?

कृष्ण : अरे, तपाईंले त मेरो नाम पनि जान्नु भा' रैछ। लौन, एउटा सानो सहयोग गरिदिनुपर्‍‍‌यो। रोमसम्म जानलाई भीसा मिलाई दिनुहोस् म जति पैसा लागे पनि तिर्छु।

येशू : तिमीले मलाई चिनेनौ, चिनेको भए रोमको होइन तर सर्वोच्च स्थान स्वर्गको भीसा माग्ने थियौं। तिमीसँग पासपोर्ट छ?

कृष्णः छ हजुर, यि लिनुहोस्।

येशू : यो तिम्रो पक्का होइन तर नक्कली पासपोर्ट हो।

कृष्ण : होइन, हजुरलाई कसरी थाहा भयो हँ। तपाईं को हुनुहुन्छ, ज्योतिषी हो कि क्या हो?

येशू : मेरो नाम येशू हो।

कृष्ण : ए, ल येशू जी परिचय भयो राम्रो भयो। जाऔं न त ऊ त्यो पसलमा बसेर चिया पिउँदै एकछिन गफ गरौं।

(दुवैजना चिया पसलमा चिया पिउँदै)

कृष्ण : अनि येशू जी, को घर चाहिं कहाँ पर्‍यो? व्यापार स्यापार गर्नुहुन्छ कि के छ ?

येशू : मेरो जन्म स्थान चाहिं बेतलेहेम हो, नासरतमा हुर्केको हुँ, अहिले म यतै गालीलमै बस्दैछु, तर मेरो खास घर चाहिँ स्वर्गमा छ।

कृष्ण : स्वर्गमा? ठट्टा नगर्नु न त्यस्तो पनि कहीं हुन्छ?

येशू : तिमी नेपालमा भ्रष्टाचारको मुद्दामा परेर भागेर यहाँ आएका छौ। तिमीले आफ्ना व्यागमा गैंडाको खाक लिएर रोम जान लागेका छौ।
कृष्ण : होइन, तपाईं त भगवान् नै हुनुहुँदोरहेछ सबै जान्ने ....... हजुर भगवान् भए यी दुष्ट रोमीलाई नष्ट गरेर प्यालेष्टाइनलाई किन स्वतन्त्र गर्नुहुन्न ? हजुरले काम के गर्नुहुन्छ?

येशू : मानिसको पुत्र सारा संसारका मानिसहरूले मुक्ति पाऊन् भन्ने सुसमाचार सुनाउन आएको हो। म रोगी विरामीलाई निको पार्छु। मानिसका सबै पाप क्षमा गर्ने अधिकार मसँग छ।

कृष्ण : प्रभु मेरा पाप पनि क्षमा गरिदिनुहोस्। म पनि तपाईंको पछि लाग्छु।

येशू : तिम्रा पाप क्षमा भए। नेपालमा गएर आफूले अन्याय गरी कमाएको सबै सम्पत्ति गरीबहरूलाई बाँडिदेऊ र मेरो पछि लाग। तिम्रो लागि मिल्ने साथी भन्सार अधिकृत मत्ती पनि मसँगै छन्।

कृष्ण : अनि उहाँहरू चाहिँ को हुनुहुन्छ?

येशू : ऊ सिमोन हो, पहिला उग्रवादी थियो । तर अव त मसँगै प्रेम र शान्तिको प्रचारमा लागेको छ।

कृष्ण : तपाईं त साँच्चै भगवान् नै हुनुहुँदोरहेछ।

येशू : ए सिमोन पत्रुस यी मानिसले मलाई भगवान्, भन्छन् तिमी मलाई को हो, भनी चिन्छौं।

सिमोन : तपाईं जीवित परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ।

येशू : मानिसले आफै मलाई चिन्न सक्दैन तर स्वर्गका पिताले नै यो प्रकट गरिदिनुहुन्छ।

माथिको कथामा कृष्णले येशूलाई अझै चिन्न सकेको छैन। उसले उहाँको बारेमा धेरै जानकारी पायो र अब उसले उहाँलाई पछ्याउने निर्णय पनि गर्‍यो। यस कथामा केही अनौठा शब्दहरू हामीले सुन्यौं प्यालेष्टाइन, बेतलेहेम, रोम, रोमी शासन, गालील, मत्ती- भन्सार अधिकृत, सिमोन- उग्रवादी आदि। यी कुराले हामीलाई प्रभु येशू को हुनुहुन्छ भनी चिन्नलाई धेरै ठूलो मद्दत मिल्छ। आगामी हप्ताहरूमा हामीले यी नै कुराहरुलाई विस्तृत रुपमा हेर्नेछौं।

पुन : एक पटक मत्ती १६:१३-१७ हेरौं

येशू कैसरिया फिलिप्पीको मुलुकमा आउनुभएपछि, उहाँले आफ्ना चेलाहरुलाई सोध्नुभयो, "मानिसहरुले मानिसको पुत्रलाई को हो भनी भन्छन्" तिनीहरुले जवाफ दिए, कसैले बप्तिस्मा- दिने यूहन्ना, कसैले एलिया, र कसैले यर्मिया वा अगमवक्ताहरुमध्ये कुनै एक जना हुन् भनी भन्छन्।" उहाँले तिनीहरुलाई सोध्नुभयो, "तिमीहरु के भन्छौ, म को हुँ? " सिमोन पत्रुसले जवाफ दिए, "तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र।" येशूले तिनलाई भन्नुभयो, "योनाको छोरा सिमोन, तिमी धन्य हौ।n किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर र्स्वगमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।"

परमेश्वरसँग प्रार्थना गरौं कि हाम्रो हृदयको आँखा खुलोस् र प्रभु येशूलाई ख्रीष्टकोरूपमा हाम्रो हृदयमा प्रकट गरियोस्।

भजन नं.७८

को : चिन्नुपर्छ सबैले (२),

चिन्नुपर्छ सबैले येशु को हुन्?

१.उनी शान्ति दिने ख्रीष्ट हुन्, जगतका हुन् तारणहार

तिम्रा-मेरा मुक्तिदाता चिन्नुपर्छ सबैले।

२.उनी मेरा प्यारा मित्र, मनमा खुशी दिँदछन्

मेरो जीवनका उज्यालो, चिन्नुपर्छ सबैले।

३.उनी निष्कलंक अवतार, पुत्र हुन् परमेश्वरका

फेरि पछि आउने राजा, चिन्नुपर्छ सबैले।

More...
Newer...
&lt&lt Previous          
Trackback(0)
Comments (2)add comment
Tapaiko lekh ati nai ramro chha.
written by Sher bahadur Tamang , October 21, 2008

Tapai ko lekh ati nai ramro lagau kina bhane tapaile
yasko madyambata prabu hamro nai mukti ko lagi aunubhayako ho teskaran pabhu jesus le dekhaya ko niyam tatha uha le dekhaya ko batoma hidnu ra jesus lai najikai bata chine agadi badnu parchha ani hami sabai ko main biswash jesus ma nai huna parchha bhanne sandesh dinubhaya ko chha.Yestai prakarka aru lekh pani lekh dai janu hola ra parmeshower le jivan ko harek kshetra ma ashish dinu bhayako hos bhani prathana gardachhu.................. Bye sbtnuwakot

report abuse
vote down
vote up

Votes: +0

pastor ju jaimashi
written by vijay thada magar,kingdom of bahrain , June 02, 2008

Sarai ramro lekhnu bhayeko rahechha parbhu yesuko barema,malai yekdam manparyo, parbhule tapailai aasisdiun,god bless to you. thanks.
report abuse
vote down
vote up

Votes: +0


Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement