NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
लूटेको धन PDF Print E-mail
User Rating: / 0
PoorBest 
Tuesday, 06 October 2009 Written by Sarju Rijal

 यो एकजना लोभीले गर्दा निर्दोषहरुले ज्यान र समस्त समुदायले असफल भयो। मानिस एक्लै छैन हामी एक दोस्राको परिपुरक हौं परमेश्वरको वचनले यही बताएको छ। तिमीहरुका बिचमा पाप छ, तिनीहरुले चोरी गरेका छन् र झूटो काम गरेर छन्। यसैकारण इस्राएलीहरु आफ्ना शत्रुको सामु अब खडा हुन सक्दैनन्। तिनीहरु श्रापित भएका हुनाले तिनीहरुले आपना शत्रुहरुका सामुन्ने पीठ फर्काउनेछन्।


लूटेको धन

“जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढिया ओढ्ने, दुइ सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्डा देखें, तब मलाई लोभ लाग्यो, र ती लिए। ती मेरो पालको बीचमा जमिनभित्र गाडिएका छन्, र सबैभन्दा मुनि चाँदी छ। यहोशू ७:२१।”
जो परमेश्वरको आज्ञाकारी हुन्छ त्यसले जीवनमा सफलता प्राप्त गर्नेछ उसले मात्र नभएर परिवार, समुदाय र देशको नै उन्नती हुन्छ तर यहाँ हामीले देख्छौं एकजनाको लोभ र अनाज्ञाकारीताले गर्दा पुरा इस्रायली समुदायलाई नै संकष्ट आईलाग्यो र उनीहरुले प्राप्त गर्नु पर्ने ठाउँमा केहि मरे र अरु चाहीँबाट पिठ फर्काएर भाग्नु पर्यो। यो एकजना लोभीले गर्दा निर्दोषहरुले ज्यान र समस्त समुदायले असफल भयो। मानिस एक्लै छैन हामी एक दोस्राको परिपुरक हौं परमेश्वरको वचनले यही बताएको छ। तिमीहरुका बिचमा पाप छ, तिनीहरुले चोरी गरेका छन् र झूटो काम गरेर छन्। यसैकारण इस्राएलीहरु आफ्ना शत्रुको सामु अब खडा हुन सक्दैनन्। तिनीहरु श्रापित भएका हुनाले तिनीहरुले आपना शत्रुहरुका सामुन्ने पीठ फर्काउनेछन्। तिमीहरुले आफ्ना बीचबाट सो नाशको निम्ति अलग गरिएका माललाई नष्ट नगरुञ्जेल म अब उप्रान्त तिमीहरुसँग रहनेछैन ।
“यदि मेरो आफ्नै नाउँ दिइएको मेरो प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरुबाट र्फकन्छ, तब म र्स्वर्गबाट तिनीहरुको प्रार्थना गर्नेछु, र तिनीहरुका पाप क्षमा गर्नेछु, र तिनीहरुको देशलाई म स्वस्थ्य पार्नेछु । २ इतिहास ७:१४ ।”
यी कुराहरु बाइवलीए इतिहासविधहरुका अनुसार इसा पुव ४५६ देखि ४४४ मा घटेका घटनाहरु हुन् । तर आजको २१ औं सताब्दीको लागि परमेश्वरले के भन्नुभएको छ त -
“तर येशूले भन्नुभयो, तैंले हत्या नगर्नू, तैंले व्यभिचार नगर्नू, तैंले चोरी नगनू तैंले झूटो गवाही नदिनू । आफ्ना आमा बाबुको आदर गर्नु आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नू। र तिमी सिद्ध हुन चाहन्छौ भने, गएर तिमीसित भएका सबै बेचेर दर्रिद्रहरुलाई देऊ, र तिमीले र्स्वर्गमा धन प्राप्त गर्नेछौ, अनि आएर मपछि लाग।” 
यसकारण परमेश्वरसधैं झुट, लोभ, छलछामको कुराहरुसंग प्रसन्न हुनुहुन्न। परमेश्वर सत्य हुनुहुन्छ र उहाँको पछि लाग्नेहरुलाई सत्यताको बाटोमा हिडेको चाहनु हुन्छ। सत्य र इमान्दारसंग काम गरेमा नै सफलताको जीवन विताउन सकिन्छ र साथै देशको विकास गर्नेछौं। अब यो देशको विकास गर्ने हो भने बाइवलको शिक्षाको अनुसरण गर्नु पर्नेछ। हाम्रो देशको विकास नभएको कारण यही हो कि हामीले हाम्रो बीचबाट पाप हटाएका छैनौं। र हटाउने कोशिस पनि गरेका छैनौं। हामी पवित्र भावनाले काम शुरु गरेका हुन्छौं, तर जब जितेर वा नियुक्ति पाएर आफ्नो कार्यस्थलमा पुगेपछि, त्यहाँका बढिया चिजमा आँखा पुग्छ। प्रमोसनको लोभ, कुर्चीको लोभ, गाडीको लोभ, भक्ताको लोभ, धनसम्पति कमाउने लोभ लाग्यो र शुरुको पवित्र भावना बिस्र्यो, जसले गर्दा विकास निर्माण भएन। देशको उन्नती भएन खाली माग्ने प्रबृति भन्दा अरु विकास भएको देखिएको छैन।
यसकारण परमेश्वरसंग नम्र भएर प्रार्थना गर्ने उहाँका आफ्ना जनहरुको काधमा यो जिम्मेवारी आएको छ। प्रार्थना गर्दै सत्य र इमान्दारीसाथ अघि बढौं। प्रभूको स्तुति होस् ।।

जय येशू ।।
 
टेक भण्डारी
गोरखा हाल कुपण्डोल ल. पु.
This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 510
Comments (1)add comment
...
written by Hari Budhathoki , October 20, 2009

Amen!!! thats true, we have to fulfil Gods willing.. Praised the Lord



Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Monday, 12 October 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement