NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow Articles arrow Articles arrow मण्डलीमा औपचारिक शिक्षाको महत्व
मण्डलीमा औपचारिक शिक्षाको महत्व PDF Print E-mail
User Rating: / 0
PoorBest 
Monday, 28 April 2008 Written by Ram Prasad Paudel

नेपाली इशाइ मण्डली मूलतः अल्प शिक्षित र अर्ध शिक्षित व्यक्तिहरूको चाप अंगालेर गुज्रिरहेको छ। जसरी देशको बागडोर अल्पशिक्षित व्यक्तित्वको हातमा छ, त्यसरी नै नेपालका अधिकां ग्रामिण र केही शहरिया मण्डलीको समेत इसाई नेतृत्व र वर्चस्व यस्तै व्यक्तिहरूको हातमा छ। लेखमा नेपाली इसाई नेतृत्वलई आक्षेप लगाउन पटक्कै खोजिएको होइन तर मण्डलीमा औपचारिक शिक्षाको महत्व कति हुन्छ भन्ने प्रष्ट्याउन भने खोजिएको हो ।

नेपालका मण्डलीहरूमा विश्वास गर्ने वित्तिकै हामी संसारका होइनौ अब हामीले सांसारिक प्रतिष्ठालाई मान्यता दिनुहुँदैन बरू प्रभुभक्त बनेर हाल्लेलुयाह गाउँदै बस्नुपर्छ भन्ने सोच अझै जीवित छ। हो हामीले परमेश्वरको शिक्षामा पटक्कै सम्झौता गर्नुहुँदैन। हामीले आफ्नो जीवन परमेश्वरलाई महिमा दिने कार्यमै व्यतित गर्नुपर्छ। तर यसको अर्थ समाजबाट अलग्ग रहेर विश्वासको ढोग पाल्नुपर्छ भन्ने पटक्कै होइन। हाम्रो जीवन सबैले आदर गर्ने आदरणीय बन्नुभयो त्यसरी नै हाम्रो जीवन सर्वस्वीकार्य बन्यो भने समाजमा ख्रीष्टको असल सन्देश दिनसक्छ। अन्यथा हाम्रो ढोगले शिक्षित समाजको आँखामा धेरै समय छारो हाल्न सक्ने छैन।

प्रसंग मण्डलीमा औपचारिक शिक्षाको महत्व के हो। नेपाली मण्डलीहरूमा स्नाकोत्तर उत्तीर्ण व्यक्तिहरू विरलै पाइन्छन्। छैनन नै भन्ने होइन छन् तर प्रयाप्त छैनन्। कुनै संघ संस्थामा कर्मचारी चाहियो भने स्नाकोत्तर हुनुपर्छ। चाहे त्यो इसाई संस्था नै किन नहोस् दक्ष व्यक्तिको अभावमा अइसाई कामदार नियुक्त गर्न बाध्य हुन्छ। अन्ततः त्यो संस्थाको उद्देश्य प्राप्त हुन सक्दैन। यसको मतलव औपचारिक शिक्षालाई अपहेलना गरेको कारण परमेश्वरको राज्य विस्तारमा हामी नै बाधक बनिरहेका छौं भन्ने हो।

बाइबलीय शिक्षाले इसाईहरूको आत्मिक उन्नति र व्यक्ति स्वयंको आत्मिक स्तरमा परिवर्तन ल्याउँछ। विश्वविद्यालय अन्तर्गतको शिक्षाले व्यक्तिको आत्मबल बढाउँछ र समाजमा सहभागिताको अवसर सिर्जना गर्न भूमिका खेल्छ। अशिक्षित व्यक्तिले समाजका महत्वपूर्ण क्षेत्रमा हातहाल्न पाउँदैन र सक्दैन पनि । त्यसैले मण्डलीले बाइबलीय शिक्षासँगै औपचारिक शिक्षालाई पनि विश्वासीलाई अभिप्रेरित गर्नुपर्दछ ताकि आफ्ना विश्वासीले समाजमा आफ्नो स्थान सुरक्षित गर्न सकुन्।

राष्ट्र धर्म निरपेक्ष घोषणा भएको छ। धर्म निरपेक्षको अर्थ सबैधर्म बराबर भन्ने कदापी होइन यसको खास अर्थ धर्म त्यागेर मानवीय संस्कारलाई प्राथामिकता दिनु हो । मान्छे नै ईश्वर हो भन्ने कुरालाई आत्मसाथ गर्नु हो। त्यसमाथि पनि नेपालमा कम्युनिष्ट विचारधाराले समाजलाई प्रभाव पार्दै लगेको छ। कम्युनिष्टहरू आफू धर्ममा वा उद्धारमा विश्वास गर्दैनन् र अरूलाई पनि गर्न दिंदैनन्। नेपालका कम्युनिष्टले गरेछन् भने राम्रै कुरा हो तर विश्व इतिहाँसले यही बताउँछ। यस अर्थमा नेपालमा इसाईमत अझैपनि अति असुरक्षित छ। एकातिर धर्म निरपेक्षको खास अर्थ नबुझ्ने इसाईहरू राजाको भोटेकुकुर भुकेजस्तो हामी स्वतन्त्र भयौं भनेर छाती फुलाउँदै हिंडेका छन्। अर्कातिर राज्यमा सहभागिताको हिसावले हामी धेरै पछाडि छौं त्यसमाथि प्रभु येशूको महान आज्ञा मत्ती २८ १८ २० पूरा गर्ने जिम्मेवारी त हामीसँग छँदैछ। यस्तो बेला एउटा झोलामा बाइबल र प्रचारीय पुस्तिकाहरू च्यापेर सुसमाचार सुनाउँदै हिंड्नु प्रभावकारी नहुन सक्छ। यसको अर्थ यस्तो प्रचार गर्दै नगर्नु भन्ने होइन विज्ञानले उन्मत्त जमातलाई हामीले विश्वस्त पार्न कस्तैनौ भन्ने मात्र हो।

अन्ततः मण्डलीलाई पुरातनपन्थी धारबाट निकास दिन सर्वमान्य शिक्षालाई हामीले पनि अँगाल्नुपर्छ। त्यो सर्वमान्य शिक्षा भनेको औपचारिक अर्थात विश्वविद्यालयको शिक्षा हो। विश्वमा आफूलाई स्थापित गर्न र राष्ट्रलाई परमेश्वरमा जित्न सेवाको नयाँ शैली अवलम्वन गर्नु जरुरी छ। अन्यथा नेपाली मण्डलीमा पनि बिरालो बाँधेर श्राद्ध गर्ने संस्कारले आसन नजमाउला भन्न सकिन्न।

Newer...
&lt&lt Previous          
Hits: 2269
Comments (1)add comment
Jai mahashi
written by Rajan Chettri , June 06, 2008

jai mahashai
I m from Dubai I think this is the good teaching for our nepali comunity so please we expect more this kind of article .
Thak you
God bless




Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Friday, 06 June 2008 )
 
< Prev
Home | Sitemap

hits since June, 2006
Advertisement