| मेरो छोरो |
|
|
|
| ||||||
Page 4 of 4 म मरियम । मेरो अघि बोल्ने हाम्रो जातिकी प्रसिद्ध आमा, मोशाकी आमालाई हाम्रो समाजमा योशाबेद अथवा योशाबेट भन्ने चलन छ । उनका छोरा मोशाले कत्रो ठूलो उद्धार गरेर हाम्रा मानिसहरूलाई मिश्रबाट निकाले र कनानी, हिब्बीहरूको देशमा पुर्याए । म त्यस्तै अर्की आमा । मेरो कति यश फैलिएको छ । मेरो नाउँमा प्रार्थना गर्छन्, पूजा गर्छन् मानिसहरू । म येशूकी आमा भएकोले होला । येशूकी आमाको रूप उतारेर,सुन्दर-सुन्दर मूर्तिहरू खोपेर चित्रकार, मूर्तिकारहरूले प्रसिद्धी हासिल गरे । इतिहासले मलाई कुनकुन शिखरतिर पुर्यायो भन्दा पनि मेरो जीवनकालमा मैले के भोगें सायद त्यो वास्तविकताको नजिक छ । र्स्वर्गदूतसँगको कुराकानी मेरो लागि भयानक अनुभूति थियो । गब्रिएलस“ग वार्तालाप भएको कोठामा म धेरै दिन पस्न सकिनँ । पवित्र आत्मा ममा प्रवेश गरेर मैले गर्भधारण गर्नु र कोही, कसैलाई जन्माउनु भनेको प्रकृति, समाज, सृष्टिमा कहिल्यै नसुनिएको अस्वाभाविक घटना थियो । मैले केही पनि बुझिनँ । मेरो रजस्वला ठप्प भयो । म भीरबाट खसें । शरीरको वृद्धि प्रस्टिन लाग्यो । मोटामोटा कपडाहरू लाएर मैले जिउ लुकाउन खोजें । समाज हाँस्न लाग्यो । पहिले मुसुमुसु अनि पछि खुलेर हाँस्न लाग्यो । जोरीपारी हसाउनु भनेको के हो बुझें । घरकाहरू सब नाराज बनें । एक दिन मेरा मगेन्तर योसेफले मलाई बोलाउनु भयो । मन्द, मधुरो, शिष्ट शैलीमा बोल्नुभो, म आँसु चुहाउँदै सुनिरहें, "जे हुनु भइगयो मरियम । मेरो प्यार र स्नेहले मलाई तिमीप्रति उग्र बन्न दिँदैन । आशा थियो, सपना थियो, एउटा भविष्य थियो । सब चूर भयो । कसैले जब्बरजस्ती गर्यो होला, कसैसँग त्रि्रो मन बस्यो होला । जे भयो भयो । हाम्रो मगनी भइसकेको छ । यो बालक मेरो होइन भनी पञ्चायत बोलाउने मेरो अधिकारलाई म प्रयोग गर्न चाहन्न । तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु । आफैलाई सम्हाल । बढी हल्ला नमचाउनु वेश हुन्छ ..." मैले नै नबुझेको कुरो, मलाई माया गर्ने योसेफले नबुझेको कुरो, समाजले बुझ्ने सवालै थिएन । मेरो जीवन संकटमा थियो । मेरो चरित्रमाथि छिटा लाउने अनुमति समाजलाई मिलिसकेको थियो । मेरो गर्भ र पेटमा कसैको चलमल थियो । ऊ के हो, को हो म जान्दिन थिएँ । कुनै पुरुषको कारणले होइन, त्यस्तो केही होइन भन्नेसम्म मलाई थाहा थियो । तर यस्तो विषयमा पुरुषसँग यौन सर्म्पर्क हुनैपर्छ भन्ने सामाजिक मान्यताको विपरीतमा प्रस्तुत गर्नसक्ने मसँग भरपर्दो, निर्णायक तर्क थिएन । मैले जस्तै र्स्वर्गको आवाज सुनेपछि योसेफ मकहाँ कुदेर आउनुभयो, मलाई क्षमा माग्नुभयो । हामी दुवै रोयौं । किन रोयौं थाहा छैन । मान्छेको चियोचर्चो, घोंचपेच र आलोचना उहाँले खप्नुभो, मैले खपें । जे भयो त्यो इतिहासमा पवित्र आत्माले बुझाउँदै जानुभयो हाम्रो जीवनकालमा हामीले बुझ्न सकेनौं । उ हराएको दिन मैले हैरानीमा उसलाई डाँटेकी थिएँ, कहाँ बेपत्ता बन्यौ हँ - तिम्रा बुवा र मैले तीनतीन दिन कहाँ कहाँ खोज्नु पर्यो । यो के ताल हो? मैले सब कुरा बिर्सेर मातृत्वको प्रबल वेगमा रिस, माया, चिन्ता, डर सबको समिश्रणमा उसलाई हप्काएँ । बाह्र वर्षो मेरो कलिलो बालकमाथि खनिएँ । खानु पिउनु भुलेर योसेफ र म यताउता कुदेका थियौं । आफ्नै बच्चा हराएको जस्तै उसलाई खोजेका थियौं । यही थियो मेरो समस्या । घरीघरी भुल्थें उ मेरो होइन । मेरो छोरो मेरो होइन । पछि त उनले मलाई आमा भन्न छोडे । ए नारी भनी पराइजस्तै उनले सम्बोधन गर्दा छाती चरक्क हुन्थ्यो । तर हाम्रो सांसारिक नाता तोडिनै पर्ने थियो । उनी सबैका हुन्, मेरो मात्र होइनन् । गर्भधारण जतिको असहज थियो, छोरालाई छोरा भनी आफ्नो छेउ बसाउन नपाउनु, आफ्नो हातले खुवाउन नपाउनु झनै कष्टकर थियो । प्रेम र आज्ञा पालन उनको मूल मन्त्र । मलाई प्रेम गर्ने, मेरो आज्ञा पालन गर्ने सबै मेरा आफन्त हुन् भनी उनले सयौंको भीडमा प्रचार गर्दा म छटपटिन्थें । मेरो मातृत्व चिच्याउँथ्यो । मनमा आन्दोलनको ज्वाला सल्कन्थ्यो । इर्ष्याले म मनमनै जल्थे । यो मेरो छोरो, मैले जन्माएको, दूध खुवाएको मेरो छोरो हो भनी म चित्कार गर्न चाहन्थे । मानिसहरू उनलाई भन्थे, तपाईलाई जन्माउने, दस धारा दूध खुवाउने आमा कति भाग्यमानी, कति धन्य । थाहा छ उनको जवाफ? परमेश्वरको वचन सुन्ने र पालन गर्ने पो धन्यका हुन् । हाम्रो आँखा जुद्धा कति पल्ट म थाहा पाउँथे उनी मजस्ती एउटी महिला, टोल छिमेकका एक हूल मान्छे, एउटा, दुइटा जातिको निम्ति आएका होइनन् । सम्पूर्ण संसारका मानिसहरूको छुटकाराको लागि, उद्धार र अनन्त जीवनको लागि उनको मनमा एउटा आगो जलिरहन्थ्यो । टाढाटाढा हेर्दै संघर्ष छटपटिएका आँखाले के भनेका, के खोजेका म बुझ्दिन थिएँ । धरतीमा छन् तर उनी धरतीका होइनन् । के खोज्छन्, के चाहन्छन्, के भन्छन् म हैरान बन्थें । सैयौं, हजारौं मानिसहरूलाई खुवाउने, चँगा गर्ने, शिक्षा दिने ती असल व्यक्तिलाई अधिकारीहरूले क्रूसको काठमा किला ठोकेर झुण्डाइ दिए । यै हातले खेलाएको, खुवाएको, हुर्काएको मेरो येशुआलाई उनीहरूले कोर्रा काँडाको मुकुट पहिराए । दरदनाक अवस्थामा झुण्डाए । के थियो उनको अपराध - बप्तिस्मा दिने योआनेसले भन्थे, हेर संसारको पाप उठाइ लैजाने थुमा । यही मेरो छोरोले त्यो काम गरेका हुन् -सबलाई पाप र शैतानबाट छुटकारा दिने काम गरेका हुन् कि भनी म अनुमान गर्थें । मर्ने बेलामा उनले एउटा चेलाको हातमा मेरो देखभालको लागि झुण्डीझुण्डी कुरा मिलाए । मलाई हेरबिचार गर्नेहरू थिए, र पनि असीम पीडा र कष्टमा सास अल्झँदै, होशबेहोशको बेलामा उनले मेरो बस्नेखाने बारेमा सु्र्ता गरे ।हेर्ेन नसकेर आँखा बन्द गरें । सुन्न नसकेर कान थुने । मैले जन्माएकी मात्र तर छोरा भन्न नपाएको मेरो छोरो, येशुआ । म त एक माध्यम मात्र, एक शरीर मात्र । आमाको मनले र्स्पर्श गर्न नपाएको । आमाको हातले सुम्सुम्याउन नपाएको । बेथलेहेमको गोठमा जन्मेको, रातारात मिश्रमा लगी लुकाएको, नासरतमा हुर्केको, यरूशलेममा झुण्डेको, जैतुन डाँडामा उठाइएको येशुआ ... मेरो भन्न जति नै मन लागेता पनि मेरो होइन ... परमेश्वरको पुत्र येशुआ ...। Newer...
Older...
Set as favorite Bookmark
Email This
Trackback(0)
Comments (0)
![]() Write comment
|
||||||
| < Prev | Next > |
|---|














