NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow Articles arrow Mr. Loknath Manean arrow मेरो छोरो
मेरो छोरो PDF Print E-mail
User Rating: / 0
PoorBest 
Monday, 28 April 2008 Written by Loknath Manean
Article Index
मेरो छोरो
Page 2
Page 3
Page 4

म, मोशाकी आमा । मेरो पनि तपाईलाई अभिवादन । मेरो छोरो मोशाले जुन प्रसिद्धी लाभ गर्यो त्यो पनि कल्पना र विचारको दायरादेखि बाहिर नै पर्ने कुरो हो । हामीले मिश्रमा धेरै दुःख पायौं । हाम्रा उहिलेका पूर्खा योसेफले यही मिश्रमा राज्य गर्थे भन्ने कुरो पत्यार लाग्दैन थियो । मिश्रको घट्टमा दिनरातको पिसाइले हामी इतिहासको कुरा सोच्न सक्दैन थियौं । योसेफ दन्त्यकथा बनिसकेका थिए । ह्रि्रु जातिका प्रधानमन्त्रीले उहिलेको मिश्रमा राज गरे पनि नगरे पनि हामीलाई के - कमाराको जीवन गुजारिरहेको मानिसहरूको लागि इतिहास होइन, गाँस र वास ठूला कुरा थियो ।

हाम्रो संख्या बढ्दै गयो । मिश्रीहरू आत्तिन लागे । हाम्रा पुरुष बालकहरूलाई मार्नुपर्ने अध्यादेश आयो । मोशा जन्मँदा म डरले काँपेकी थिएँ । उ ठूलो सोरले कराइकराइ रोइदेला भनी थर्थरीमा बाँच्थें । दुइ वर्षो ह्रि्रु बालकहरूलाई फारोका सिपाहीहरूले गिँढेको मैले देखेकी थिएँ। मिरियम मेरी छोरीको मदतले मोशालाई एउटा डालामा राखेर नील नदीमा हामीले छोडिदियौं । बाँचे भाग्यले बाँच्छ मर्ने हो भने यी मेरा आँखाले हेर्न नपरोस् भनी मैले मुटु बलियो गरें । बालककी दिदी मिरियमले त्यो कोक्रोमाथि राखेको निगरानीले गर्दा कुरा कहाँदेखि कहाँ पुग्यो । मिश्रकी अधिराजकुमारीले कोक्राको बालकलाई टिठाइन् । मिरियम बाठीले कुरा ठ्याक्कठुक्क मिलाइछ । बालकलाई दूध खुवाउने काम मैले नै पाएँ । मेरो छोरो यसरी मरेर बाँच्यो । म भनिरहन्थे उसलाई, तिमी ठूलो कामको लागि छानिएका छौ । मिश्र दरवारको मान्छे हौ तिमी । हाम्रा पूर्खा योसेफले जस्तै तिमीले पनि मिश्रमा राज्य गर्नुपर्छ । तिमी सानो मान्छे होइनौ । तिमी ह्रि्रु हौ । कमरा होइनौ । दरवार पसेका राजकुमार हौ ।

उसलाई छातीमा टाँसेर म कतै भागिजान चाहन्थे । उसलाई उसको खास घर, महलमा पठाउनु मनले दिँदैन थियो । आफन्तहरू भन्थे, भाग्य हो भाग्य । दुःखमन नगर, उसलाई राम्रो हुन्छ, के थाहा हाम्रै जातिको भलो होला ।

पछिपछि ऊ आफ्नो चमकदार रथहरूमा चढी बाटाहरूमा आउ“दाजा“दा म लुक्थें । उसले चिन्ला, विचलित बन्ला भनी डराउँथे । उ अब अर्कै सोखिन उच्च समाज र संसारको मान्छे बनिसकेको छ । उ हाम्रो झुत्रे तहको मान्छे होइन । मेरो छोरो मोशा, हेर त कहाँको मान्छे कहाँ पुग्यो ।

एक दिन मैले सुनें मोशा दरवारमा छैनन् । हत्या गरेर भागेको भन्ने सुनें । वर्षौं दबाएको ममताको ज्वालामुखी फुटेर आयो । उसलाई भेटुँली भनी खोज्दैखोज्दै सहरको बाहिर बाहिर धेरै दिन घुमें । सुख सयलमा बसेको मान्छे - के खायो, कहाँ सुत्यो, के भयो भनी रुँदैरुँदै हिँडे । भेटिनँ ।

हारून र मिरियमलाई वाक्क भइञ्जेल कुदाएँ मैले । उनीहरू कराउँछन्, दरवारको मासु खानेलाई झुपडीको ढिँडो कसले दिन्छ आमा ? छैन आमा, मोशा छैन, मरिसक्यो होला । यतिका वर्षभइसक्यो, अब आउँदैन । चारैतिर मरुभूमि देखिनौ ?

हँ ? अब आउँदैन ? मनमनै म आत्तिन्थे । सानो छँदा त्यसलाई दरवार नपठाएर कतै लिएर गए पनि हुन्थ्यो भनी म पछुतोमा जल्न लागें । मोशा मिश्रबाट हिँडेको तीस वर्षबितिसकेको थियो । आँखामा एक चिम्टी उज्यालो बचाएर पर्खिबसें । उ आएन । कमजोर बनें । ज्यान बिलकुल गलेर गयो । सास फेर्ने अप्ठेरोबाट मेरो मृत्यु भयो । मिश्रबाट तीस वर्षअघि हराएको मेरो छोरो, मेरो राजकुमार, मेरो मोशाको आशैआशमा मेरो आयु समाप्त भयो । त्यही मेरो छोरोको हातबाट पछिपछि परमप्रभुले के गर्नुभयो वारि मृत्युको दुनियाबाट बुझ्ने, हेर्ने मलाई अनुमति मिल्यो । जन्माएपछि गुमाउन परेको, आफ्नो भएर पनि आफ्नो भन्न नपाएको मेरो छोरो मोशाले इतिहासको गद्दी चढिछाड्यो ।

************


 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement