| मेरो छोरो |
|
|
|
| ||||||
Page 2 of 4 मेरो नाउँ हन्ना । अभिवादन भन्छु । इतिहासको कुन कुनाबाट यसले के भन्न लागी भन्ने लागेको होला तपाईलाई । हाम्री महान पूर्वज र हामी सबैकी आमा साराको घटना मेरो जीवनसँग मिलेको पाउँछु । छोटकरीमा भन्छु । शमूएलको जन्म भयो । तपाईलाई थाहा छ मेरो सन्तान थिएन । आमाको तन र मन पाएर बाँच्नु अनि सन्तान नहुनु कत्रो अभिशाप हो । समाजको पलपलको हेराइ, सोधाइ, हँसाइको नारकीय गोरेटोमा दिनदिन हि“ड्नु पर्ने । कतिले जानीजानी ठूलो स्वरमा सोधेर अरूलाई मेरो स्थिति र्सार्वजनिक गरिदिन्थे ए बालबच्चा केही छैन - भएकै छैन - सोध्ने व्यक्ति छक्क परेको होइन । मलाई थुक्क भनेको । हाम्रा श्रीमानकी दोस्री श्रीमती पनिन्नाह मेरो घाउमा नून-चुक दल्न कहिल्यै चुकिनन् । सानोसानो बहानामा उनका छोराछोरी मेरो अघि नचाउँथिन् । कुराकानीमा खसाल्थिन् । विरक्त बनेर जाउँ त कहाँ जाउँ – बसुँ भने बसिनसक्नु थियो । वर्षा एक चोटी शिलोको मन्दिर जानुपर्ने कुरो मेरो लागि सैयौं कोर्रा खानु सरह थियो । परमप्रभुको भवनमा जाँदा श्रद्धालुहरूको भीडमा पनिन्नाह आफ्नो हरियाली र मेरो मरुभूमिको वर्णन गर्दै तमासा लाउँथिन् । आउनेजानेलाई भन्ने गर्थिन्, "हन्ना दिदीको लागि कुनै औषधि छैन - तपाईहरूको गाउँमा यस्तो अवस्थामा के खाने गर्नुहुन्छ ? कति बलि चढायौं, कति प्रभु पुकार्यौं हेर्नु न केही कामै हुँदैन । उल्टो मसँग रिस गर्छिन् । मलाई दिएको सन्तानसँग आरिस गर्छिन् । हाम्रा श्रीमान, एल्काना पनि गजब गर्नुहुन्छ । सन्तान जन्माएर उहाँको बंश र सम्पत्ति बचाउनेलाई भन्दा काम न काजकी बाँझीलाई फुर्फुर्याउनु हुन्छ । यस्तो कहीं हुन्छ, भन्नुहोस् त ? केही उपाय भए बताइदिनुहोस् है हन्नालाई । उनको पनि सन्तान जन्मोस् र मेरा बालबालिकामाथि पर्ने उनको कालो नजरको असर नपरोस् । बच्चाहरूलाई बिषै खुवाइदेलान भन्ने डर लाग्छ अब त ..." शिलोको वाषिर्क चाडमा चौंदिशाबाट आउने दश थरीका मान्छेको बीचमा किन मेरो बदनामी गर्छिन् हँ यो पन्निना ? मैले कसको के बिगार गरेकी छु ? चुपचाप मन्दिर आउने, बलिदान चढाउने र जाने होइन र ? किन यसरी वर्षोनी यतिका जन समुदायको अघि बदनाम गर्नु परेको ? एल्कानाको प्यार र र्समर्थन नपाएको भए म उहिल्यै विष खाएर मर्थें । बाँच्नु धेरै कठिन थियो मेरो लागि । मन्दिरमा बालकलाई मागेकी थिए“ एक दिन । परमप्रभु, सेनाहरूका परमेश्वरले दिनभयो । मैले भाकल गरी मागेको शमूएल साँच्चै जन्मियो । दूध आउन छाडेपछि पनि मैले उसलाई दूध चुसाइरहें । अनि झसङ्ग बनें । के भनेकी थिइस् मन्दिरमा भुलिस् - भनी मेरो विवेकले मलाई छडी चलायो । शमूएलको मन्दिर जाने बेला भइसकेको थियो । गाउँघरको हाम्रो चलनमा चार वर्षम्म दूध खुवाउनु पर्छ भन्ने थियो । विछोडको दिन आयो । उसले बोली बुझनु अघिदेखि म सधैं उसलाई भन्थे, तिमी मेरो होइनौ, मैले मागेको । तिमी मेरो होइनौ, मागेको । ऊ तीन वर्षपुगेको दिनदेखि मैले उसलाई भन्न लागें, तिमी एक दिन जानुपर्छ, एक दिन जानुपर्छ । मन्दिर कस्तो हुन्छ, त्यहा के गर्नुपर्छ, त्यहाँ को बस्नुहुन्छ, त्यहा कसको काम हुन्छ भनी सधैं बताउँथें । शमूएलसँग मैले सामान्य आमाको सम्बन्ध राख्न सकिनँ । मैले भुलेर उसलाई बढी आफ्नो छातीमा टाँसेको दिन म सोच्थें, ए हन्ना, मुर्खता नगर् है । यो तेरो होइन । रुनुपरेको दिन बुझ्लिस् । आफूलाई सम्हाल्थें । शमूएलको प्रशिक्षणमा खुब ध्यान दिएँ । उसको मनमा मन्दिर भरिएको थियो । घर होइन । उसको मगजमा आमा, बाबाभन्दा पनि परमेश्वर, पूजारी, भेटी, बलिदान भन्ने शब्द र तिनको अर्थले बढी जग्गा ओगटेको थियो । सानैदेखि तोते बोलीमा उ भन्थ्यो, म त मन्दि जाने, पूजा गन्ने । एक पल खुल्लामा हाँस्थें, अर्को पल लुकेर रुन्थें । पनिन्ना मेरी सौता भुत्भुतिन्थी, कस्ता कस्ताका सन्तानले मन्दिर पस्न पाछैनन् बाँझीले बल्लतल्ल पाएका छोछोरी मन्दिर जाने । घरकाले नपुगेर पर्ठाई त्यसका सन्तानलाई मन्दिरको भाग खान । शमूएललाई मन्दिरमा बुझाएर एक्लै फर्केको दिन मन एक तमासको भइरहेको थियो । पनिन्नाको कुरोले मलाई पोल्यो । मैले उसलाई शान्त स्वरमा नै भनें, पनिन्ना, बच्चा नपाउ“दा पनि तिमीलाई अशान्ति, पाउँदा पनि अशान्ति, म के गरूँ - मन्दिरमा एक्लैएक्लै रातमा, दिनमा सानासाना हातले केही गरिरहेको छ । घरको याद आउँदो हो, गाउँको आखापाखा झल्झली देख्दो हो । त्रि्रा त तिमीसँगमा छन् । उनीहरूलाई स्याहार सम्भार गरन पनिन्ना । नभएकोलाई किन केके भन्छौ - मेरो ठाउँमा आफूलाई सम्झ त - कोठाबाट बाँउठिएर हिँडिन पनिन्ना , तिम्रा ठाउँमा आफूलाई सम्झनुपरेको छैन । न जन्माउन सक्ने, न जन्माकोलाई हुर्ुकाउन सक्ने । एस्ती लोदर्नी, कुलांगारको ठाउँमा आफूलाई सम्झनु पर्या छैन । जानूनि आफू पनि मन्दिरमै बस्नु । प्रधान पूजारी एली र उनका दुइ छोराको मृत्यु एकै दिनमा भएको दिन इस्राएलीहरू साह्रै आत्तिएका थिए । देशभरि अन्धकार नै भयो । पूजारीका छोराहरू मैदानमा मरे । पूजारी स्वयम् मन्दिरमा ढले । मैले परमप्रभुसँग मागेको मेरो छोरोले अचानक कसैले, कहिल्यै नचिताएको पद र स्थानबाट हाम्रो जाति र राष्ट्रको सेवा गर्न पर्यो । पनिन्ना त्यस दिनदेखि मस“ग केही आदरपूर्वक बोल्न लागिन् । प्रभुलाई लाखलाख धन्यवाद चढाएँ । मेरो बन्न नसकेको मेरो छोरो शमूएल...कहाँ पुग्यो ...के बन्यो ...
|
||||||
| < Prev | Next > |
|---|












