| डिफेन्स आर्मीका आर.पी. मैनाली पक्राउ |
|
|
|
| |||
![]() ९ जेठ २०६५ मा एजम्सन चर्च धोविघाटमा तीनजनाको मृत्यु र दर्जनौ घाइते हुनेगरी बम विस्फोट गराउने नेपाल डिफेन्स आर्मीका कमाण्डर रामप्रसाद मैनाली लगाएत चार जनालाई हतियार सहित झापाबाट प्रहरीले पक्राउ गरेको छ। यो भन्दा पहिला करिब डेढ दर्जन भन्दा बढी अपराधिक घटना घटाएका आर.पी. मैनालीले पूर्वाञ्जल क्षेत्रमा भएका विभिन्न कार्यालयहरू र चर्चबाट रकम उठाउने र धम्क्याउने काम गरीआएका थिए। डिफेन्स आर्मीका आर.पी. मैनाली पक्राउललितपुर, भदौ २१- ९ जेठ २०६५ मा एजम्सन चर्च धोविघाटमा तीनजनाको मृत्यु र दर्जनौ घाइते हुनेगरी बम विस्फोट गराउने नेपाल डिफेन्स आर्मीका संयोजक रामप्रसाद मैनाली लगाएत चार जनालाई हतियार सहित झापाबाट प्रहरीले पक्राउ गरेको छ। यो भन्दा पहिला करिब डेढ दर्जन भन्दा बढी अपराधिक घटना घटाएका आर.पी. मैनालीले पूर्वाञ्जल क्षेत्रमा भएका विभिन्न कार्यालयहरू र चर्चबाट रकम उठाउने र धम्क्याउने काम गरीआएका थिए। बिराटनगरमा फादर जोनलाई गोलि हानी हत्या समेत डिफेन्स आर्मी समूहले गरेको थियो। आर.पी.मैनालीको समूहले २७ साउनमा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा पनि बम विस्फोट गराएको थियो। मैनालीले आफूलाई आर्मीको कमान्डरको रुपमा समेत चिनाउँदै आएका थिए । गोविन्दपुर, मोरङ स्थायी घर भएका मैनाली नेतृत्वको समूहले यसअघि मोरङ, बारा, पर्सा र काठमाडौंमा दर्जनौं अपराधका घटना गराइसकेको छ। आर्मीले गराएका अपराधिक घटनामध्ये ९ जेठ ०६६ धोविघाट चर्चको विस्फोट मुख्य हो। त्यसमा ३ जनाको मृत्यु भएको थियो। आर्मीले नेपाललाई धर्म निरपेक्षबाट पहिलाको जस्तै हिन्दू राज्य बनाउनु माग उठाउँदै आएको छ। Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 1103 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Monday, 07 September 2009 ) | |||
| < Prev | Next > |
|---|




















