| राष्ट्रिय भाषा र पहिरन |
|
|
|
| |||
|
सवै कर्मचारीहरु जसले राष्ट्रको ढुकुटीबाट खाएका छन् र जसले नेपालको प्रतिनिधित्व गर्दछन्। तिनीहरु सवैले एक भाषा बोल्नु पर्छ। आउँदो सम्बिधानमा यी कुरा राख्नुउ पर्छ। नत्र हाम्रो राष्ट्रिय पहिचान खोई? राष्ट्रिय भाषा र पहिरन तेस्रो जन आन्दोलन २०६२-६३ ले नेपाली राष्ट्रिय भाषा र पहिरन हराएको महशुस नेपाली जनताले गरिरहेका छन् यो हाम्रो कुर्चि प्रिय नेताहरुको कारणले हो। यो देशको निर्माण गर्ने योजना भन्दा आफु कसरी सत्तामा पुग्ने भन्ने लक्ष्य भएका नेताहरुको बोलबाल भएपछि देशको निर्माण कसरी हुन्छ? हामीले यो देशमा सम्विधान बनाउने नाउँमा ६०१ जनालाई पालिरहेका छौं जो सम्बिधान बनाउन होइन भत्ता खानमात्र हो। के हाम्रो जस्तो सानो देशमा यति धेरै सभासद चाँहिन्छन्? प्रत्येक भाषाको संरक्षण गर्नु पर्छ किनकी यो हाम्रो पहिचान हो। हामीले देशको यी सवैको संरक्षण गर्नु पर्छ। पिछडिएका वर्ग जाति भाषा, पहिरन, संस्कृति, रितीरिवाजहरु जोगाउनु बचाउनु पर्छ ।
राष्ट्रपति, उप राष्ट्रपति प्रधानमन्त्रि र मन्त्रिहरु सभाध्याक्ष, उप सभाध्याक्ष प्रधान न्यायधिस र न्यायधिसहरु सबै महाधिवक्ता राष्ट्रिय मानवाधिकार आयुक्तहरु सवै कर्मचारीहरु जसले राष्ट्रको ढुकुटीबाट खाएका छन् र जसले नेपालको प्रतिनिधित्व गर्दछन्। तिनीहरु सवैले एक भाषा बोल्नु पर्छ। आउँदो सम्बिधानमा यी कुरा राख्नुउ पर्छ। नत्र हाम्रो राष्ट्रिय पहिचान खोई? सभासदहरुले बरु आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्नु भएकाले आफ्ना मतदाताले बुझ्ने भाषा प्रयोग गर्न सक्छन्, उनीहरुले देश विदेशमा कहिँ पनि नेपालको (आफ्नो क्षेत्रमात्र होइन) गदै हुनुहुन्छ भने उहाँहरुले आफ्नो जातिय, क्षेत्रिय भाषा पहिरन गर्नु हुँदैन। राष्ट्रिय पहिरन र भाषा प्रयोग गर्नु पर्छ। राष्ट्रिय पहिरन के बनाउने, भाषा कुन बनाउने टुग्गो लगाउने काम मन्त्रि परिसदको कि ६०१ जनाको लगाउनु पर्छ, भत्तामात्र खाएर भएन। अर्को कुरा यति सानो देशमा क्षेत्रिय राज्य बनाउनु आवश्यक छ? बनाएमा प्रशासनिक खर्च कति बढ्छ। तपाईहरु नेताहरुले देश टुक्य्राउँनु उद्देश्य पिछडिएका र दुर्गम क्षेत्रको विकासको नाउँमा सवैलाई सत्तामा भाग पुर्याउनु नै हो। विकास भनेको उस्तै हो व्यक्तिको विकास मात्र हो। हुने बिरुवाको चिल्लो पात भने जस्तै केहि नयाँ सुधारको कुनै कामको शुरुवात देखिनु पर्नेहो खोई। परिवर्तनको आभास् जति जोगि आए पनि कानै चिरेका हुन्। जति पटक पनि आन्दोलन भएपनि जति नयाँ नाउँ दिए पनि ब्यक्तिहरु उनै हुन २००७ देश २०६६ सालसम्म के नै फरक भएको छ र? नेपाली जनताले आशाको किरण देखेका छैनन् यसकारण अझ पनि उस्तै रहने, भाग बण्डामा नै बस्ने हो। मैले बोलेको मात्र ठिक अरु सवै बेठिक भन्दै अघि बढ्ने हो भने देशको विकास त भैरहेको छ नी।।
गोरखा हाल ललितपुर ।
Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 537 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Saturday, 26 September 2009 ) | |||
| < Prev | Next > |
|---|



















