| शिवीर वाहिर हतियार वोक्न पाइन्न |
|
|
|
| |||
|
शिवीर वाहिर हतियार वोक्न पाइन्न - अन्मीन प्रतिनिधी लाड्रोन विराटनगर, भदौ ९ । माओबादी लडाकुहरु हतियार सहित शिविर बाहिर निस्कीएको विषयले शान्ति सम्झौताको उल्लंघन गरेको संयुक्त राष्ट्र संघको नेपाल स्थित विशेष प्रतिनिधि क्यारिन लाड्रोनले बताएकी छन । मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले यस्तो धारणा राखेकी हुन । सोमबार कपिलबस्तुको पिपरामा जनसेनाको चौथो डिभीजन अर्न्तर्गत सैनामैना शिवीरका १९ माओबादी लडाकुहरु १४ थान हतियार सहित पक्राउ परको सम्बन्धमा सोधिएको प्रश्नमा अनिमिनको नेपाल स्थित विशेष प्रतिनिधि लाड्रोनले भनिन "शान्ति सम्झौता अनुशार लडाकुहरु हतियार लिएर वाहिर आउन हुदैन। यसवाट शान्ति सम्झौताको सोझै उल्लंघन भएको देखिन्छ। उनले संयुक्त राष्ट्र संघको चिन्ह भएका हतियारहरु शिवीर वाहिर ल्याउनु शान्ति संझौता विपरीत भएको दावी गर्दै भनिन " जनसेनाका हतियार वाहिर लिएर छापामारहरु हिडन पाउदैनन । माआबादी जनसेनाको यस्तो क्रियाकलापले आफुलाई गम्भिर बनाएको उल्लेख गर्दै उनले यो विषय संयुक्त अनुगमन समितिमा छलफलमा आउने र आवश्यकता परे छानविन समेत हुने जानकारी दिइन। हाल पक्राउमा परेका माओबादी लडाकुलाइ कारवाही विना नै छाडिएको प्रशंगमा उनले भनिन -सबैको सहमतिमा उनीहरुलाई छाडिएको छ तर उनिहरुमाथी छानविनहुने छ। अहिले स्थानीय तहको राजनीतिक सहमतीका आधारमा उनिहरुलाइ छाडिएपनि संयुक्त अनुगमन समितिले छानवीन गरेर आबश्यक कारवाही अघि वढाउने उनले प्रष्टयाइन। हतियार सहित बाहिरा निस्किएका माओबादी लडाकुहरुवाट हिंसात्मक घटना हुनसक्ने सम्भावना रहदा रहदै स्वाभाविक ढंगवाट उनिहरलाइ फीर्ता पठाइएको प्रति भने उनले सरकारको प्रशंसा गरेकी छन। नेपाल स्थित अनमिन प्रतिनिध क्यारिन लाड्रोनले पूवाञ्चल भ्रमणका क्रममा राजधानी फकिर्नु अघि मोरङका प्रमुख जिल्ला अधिकारी शसीशेखर श्रेष्ठ, पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भिष्म प्रर्साइ, नागरिक समाजका प्रनिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग पनि छुट्टा छुट्टै भेटघाट गरेकी थिइन।
Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 993 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Wednesday, 26 August 2009 ) | |||
| < Prev | Next > |
|---|


















सोमबार कपिलबस्तुको पिपरामा जनसेनाको चौथो डिभीजन अर्न्तर्गत सैनामैना शिवीरका १९ माओबादी लडाकुहरु १४ थान हतियार सहित पक्राउ परको सम्बन्धमा सोधिएको प्रश्नमा अनिमिनको नेपाल स्थित विशेष प्रतिनिधि लाड्रोनले भनिन "शान्ति सम्झौता अनुशार लडाकुहरु हतियार लिएर वाहिर आउन हुदैन। यसवाट शान्ति सम्झौताको सोझै उल्लंघन भएको देखिन्छ।
