NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
नवजीवन चर्चमा बम राखेको हल्ला मात्रै PDF Print E-mail
User Rating: / 0
PoorBest 
Saturday, 22 August 2009 Written by Sarju Rijal

 नवजीवन चर्चमा ११ बजेदेखिको दोस्रो सेवा संगति हुँदै गर्दा नेपाल प्रहरी सुरक्षा कर्मीले बम राखिएको जानकारी दिएर चर्चमा आराधना गरिरहेका सबैलाई बाहिर निकाली चर्च भवन खाली गराएका थिए। प्रहरीका अनुसार बागमतीको छेउमा भएको नवजीवन चर्चमा बम राखिएको खबर फोन मार्फत पाएपछि सुरक्षाको लागि अनुसन्धान गर्नलागेको बताएका थिए।


बम राखिएको आशंकामा चर्चमा आराधना स्थगित

काठमाडौ २२ अगस्ट – नवजीवन चर्चमा ११ बजेदेखिको दोस्रो सेवा संगति हुँदै गर्दा नेपाल प्रहरी सुरक्षा कर्मीले बम राखिएको जानकारी दिएर चर्चमा आराधना गरिरहेका सबैलाई बाहिर निकाली चर्च भवन खाली गराए। प्रहरीका अनुसार बागमतीको छेउमा भएको नवजीवन चर्चमा बम राखिएको खबर फोन मार्फत पाएपछि सुरक्षाको लागि अनुसन्धान गर्नलागेको बताएका थिए।

थप अनुसन्धानका लागि प्रहरीले तीनवटा कुकुर परिचालन गरी बम नभएको पुष्टि् गरेका थिए। कोहि बिद्रोहिले हल्ला मच्चाएको ठहर गरेका थिए। चर्चमा हुँदै गरेको सेवा संगतिलाई निरुत्साहित गर्न कसैले षड्यन्त्र गरेको आशंका चर्चका केही अगुवाजनहरूले गरेका थिए।

सुरक्षाकर्मीका अनुसारा अनुसन्धान नगरी चर्चभित्र संगति गर्न खतरा हुनसक्छ भनी संगति गर्न रोकेपछि करिब २०० जना विश्वासीहरूले बाटोको किनारामा प्रार्थना गरी गन्तव्य स्थानतर्फ लागेका थिए।

युथ संगतिमा नृत्य प्रतियोगिताको लागि तयारी गरेको खाजा र ड्रेसको खर्च भएकोमा दुःख प्रकट गरेका थिए।

चर्चमा बप्तिमस्माको कार्यक्रम सफल भयो।

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 1261
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Saturday, 22 August 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement