|
कस्तो दिल खोलेर हाँसेको थियो नगरकोट तीन चार दिन हाम्रो लागि। आकाश, धरती, हिमाल, बादल सब सज्जिएर, ठाँट्टिएर बसेका थिए। एउटा रोचक भेलामा गइएको थियो त्या“माथि। ट्वाल्ल परी हेर्यौं डाँडा, हिमालहरू। गफमा ग्वाम्म डुब्ने लोकमणि, सदीप, शेरबहादुरहरू डुबिरहे। गीता, थिइन्, प्रतिभा, मिरियम पनि। भुवन, एक जोड नारायण थिए, -खडका र जोशी थरीका)। दुइदुइटा ढकाल -तीर्थ र लोकमणि), सरोज, प्रमोद, र्सूय, दिनेश, नोर्बु... सबै नै थिए।
तर एक रात भने आपदमै परियो। आपदमा कसरी, कतिबेला परियो भने जब आफूले क्रिसमस नमान्ने गरेको भेद मित्रहरूको बीचमा खुलुस्त गरियो। मित्रहरू त अचानक खङरङ बने। शेर गर्जिहाले, हेरहेर अठार बीस वर्षचाइने बाइबल सोसाइटीमा सेवा चढाएको यो मान्छेले क्रिसमस मनाउँदिन“ भन्छ। ढकाल द्वय -तीर्थ, लोकमणि) का कोठाको खाटमा गफसफ गर्ने हेतुले ढल्केर बसेको थिएँ। वर्तमान नेपाल बाइबल सोसाइटीका तेज भाइ गम्भीर बनी सुनिरहे। सूर्य, शेर मलाई नियमआपत्तिपूर्ण आँखाले हेर्न लागे। किन चाइने क्रिसमस मान्दैनस् दाइ, भनी झूट्टो शिक्षा मै लागिस् भन्ने तौरले र्याकर्याक पारे।
यै नगरकोटमा यस्तै एक भेलामा तीन वर्षघि एउटो कुरो भन्दा साथी भाइले -मनमनै) मलाई झण्डै होटल ड्रेगनका तल्ला डिलमुनिको भीरबाट खसाइदेका थिए। आत्मिक कुरो गर्न नजानेकोले म धेरैचोटी समस्यामा पर्छु मलाई त्यो कुरो पनि याद आयो। आफ्नो नराम्रो बानीचाहिँ पेटमा सल्बलाउने कुरालाई मुखबाट वमन गर्नै पर्ने। क्रिस्चियनहरूलाई
जहाँजहाँ,जोजसले छुन्छ, त्यहाँ त्यहाँ इसाई मिलिसिया पठाएर हेप्ने नाथेहरूलाई थान्को लाउने। अब नसहने। पैसा खर्च गर्ने, तालीम दिने अनि हरेक स्थानमार् इसाईमाथि हात उठाउनेको करङ गन्ने। जिल्लाजिल्लामा सुराकी राख्ने, हाम्रा कसैलाई कुनै गाउँमा कसैले केही गरेको खबर राजधानीमा आउने बित्तिकै तालिमप्राप्त मित्रहरूलाई सम्बन्धित एरियामा उडाइहाल्ने र भौतिक कार्वाही नभए पनि हल्काफुल्का कार्वाही गर्ने। यी क्रिस्चियन मोराहरूलाई छुनुहुन्न है, आउँछन् लाठिमुग्रा बोकेर भन्नेसम्म बनाउने भनी चिया पिउने बेलामा मित्रहरूसँग गफ हाँकिएको थियो। मित्रहरूले सायद त्यही बेला पनि मेरो नाउँको पछिल्तिर मोटो प्रश्न चिन्ह तानेका थिए।
अहिले भरखर सबका राताराता आँखा देख्ता, ए गा“ठे यसपाली पनि यो नगरकोटाँ अलि अधिक नै बोलिएछ कि क्या हो - भन्ने भो मलाई। सूर्य आचार्य आर्श्चर्यमा परे। ती भावुक प्रकृतिका व्यक्ति पनि मलाई अब्डेरो प्रकारले आँखे समीक्षा गर्न लागे, क्या हो दाइ, क्रिसमस नमान्ने भनेको त प्रभुको वचनलाई नै अटेर गरेको ठहरिन्न र - लूका दुइर्सुइ पढ्या छैन - आज दाउदको सहरमा मुक्तिदाताको जन्म भो भन्ने कुरो पढ्या छैन -
मैले सफाइ दिएँ, वा दिने कोसिस गरें, "गोठमा जन्मेको बालक बोल्दैन। त्यो सँग सन्देश छैन। म किन पूँजु उसलाई - दाँतै आछैन .." जवाफी कार्वाही भो शेरबहादुरबाट, "स्वर्गदूतहरू ना“चेको, गाएको देखेनौ - त्यत्रात्यत्रा दूतले नाच्ने कुरोमा तिमी चैं ननाची बस्ने बूढा -"
बचाउ गरें, "होइन, स्वर्गदूतहरूले गाएको, नाचेकोमा कसले आपत्ती गरेको छ - मैले त क्रिसमसको नाउँमा दरवारमार्गको होटलहोटलमा आयोजना गरिएको नाचमा पो आपत्ती मानेको। बालक जन्म्या छ भनी नाच्या थेनन् स्वर्गेदूतहरू। मुक्तिदात जन्मे भनी नाचेका थे। प्रभु कैले मुक्तिदाता बने - डुँडमा कि डाँडामा - क्रिसमस नमान्ने अमेरिकामा कोही छैन। तर ख्रीष्टलाई नमान्ने धेरै छन्। ट्वाक लाउँदै क्रिसमस मान्नेहरूले क्रिसमसको साँचो अर्थलाई डाँडा कटाइसके।"
यसरी चिसो नगरकोटका दिन र रातहरू सभा, गफ, गेम, तर्क, ठट्टा, हाँसोमा विलिन हुँदै गए। तीर्थ ढकालका बहुमूल्य क्यामेरामा सब गतिविधिहरू समेटिँदै गए। क्रिसमस नमान्ने जन्तु आफ्नै माझमा भेट्दा तर्से साथीहरूको तर्क कमजोर थिएन। उनीहरू पनि बाइबलमा घोत्लिनेहरू नै हुन्। तिरिखिरी पारे। मैले स्वीकार गरें, कि यो भूभागमा बाहिरतिर जस्तो विकृति आइसकेको छैन। नेपालमा ख्रीष्टको सम्मान भएको छ। बढेर, हुर्केर, हुकूम दिनसक्ने र बोल्ने, कराउने महान प्रभु येशूलाई धेरै सज्जनहरूले मूल्य तिरेर पछ्याएका छन्।
प्रभु स्वर्गको दरवारमा र्फकनुभएको तीस वर्षम्म पनि नया“ करारका विभिन्न पुस्तकहरू लेखिए तर मतियोस र लुकास भन्ने चेलाहरूले लेखेका पुस्तकमा बाहेक येशूका जन्मलाई किन अरू लेखेकहरूले उल्लेख गरेनन्, त्यसलाई अहम मुद्दा ठानेनन्, पहिलो चार पा“च सय वर्षम्म किन जन्मसन्मको कुरो नै चर्च इतिहासमा भएन हँ - भन्ने कुरामा मनन गर्दै त्यस रात म आफ्नो खाटमा पल्टेर सोचिरहें र्।र् इश्वरको अवतरण धरतीमा भयो, ख्रीष्टको मानव आवतारको वास्तविकता इतिहासभित्रको क्रान्तिकारी र परिवर्तनकारी घटना हो। अरूलाई हटाएर संसारलाई कल्पना गर्न सकिन्छ। येसूस क्रिस्टोस लाई इतिहासबाट हटाउनु वित्तिकै प्रलयकारी समस्याहरू उब्जनेछन्। तर उहाँको जन्म एकलै उभिएको माउन्ट एभरेस्ट होइन। सृष्टिमा शुरु भइ उहाँको दोस्रा आगमनमा गएर अन्त्य हुने हिमालहरूको शृंखलामध्ये यो एउटा अग्लो हिमाल हो। नेपालमा सिङ्गो ख्रीष्ट र उहाँको शिक्षा अग्लो गरी उभिनुपर्छ। उनको जन्म दिवसले एकल विशिष्टता पाउनु हुँदैन भन्ने कुरामा मित्रहरू सबैमा सहमति देखिएको थियो। होइन र - कि कसो हो - नगरकोटको अन्तिम रातले ल्याएको न्रि्राको चापमा म असहाय बन्दै थिएँ। न्रि्रामा डुब्दै गरेको मेरो मगजले कताकता शेर, सूर्य, ढकाल, तेजहरूलाई देख्दै, गुमाउँदै थियो।
लोकनाथ मनेन नोभेम्बर २००५ Newer...
Older...
Trackback(0)
|