NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home
दुइठाउँमा बम बिस्फोट PDF Print E-mail
User Rating: / 0
PoorBest 
Wednesday, 12 August 2009 Written by Sarju Rijal

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेमा ३ बजेतिर बम विष्फोटन भएको छ।   विस्फोटबाट कार्यालयका ठूलो क्षति भने भएको छैन। कुर्सी ध्वस्त भएका छन् भने झ्यालका सिसा फुटेका छन्।

दुइठाउँमा बम बिस्फोट

साउन २७- नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेमा ३ बजेतिर बम विष्फोटन भएको छ।   विस्फोटबाट कार्यालयका ठूलो क्षति भने भएको छैन। कुर्सी ध्वस्त भएका छन् भने झ्यालका सिसा फुटेका छन्। विस्फोट भएको स्थानमा 'आरपी मैनाली कमान्डर' लेखिएको डिफेन्स आर्मीको पर्चा भेटिएको छ।

विस्फोट कार्यालय प्रवेश गर्ने भूइँतलमा रहेको बैठक कोठामा भएको छ। विस्फोटबाट मानवीय क्षति हुन पाएन। प्रहरीले दिएको जानकारी अनुसार अन्दाजी २२-२३ वर्षको युवक विस्फोटपछि साइकल चढेर घटनास्थलबाट भागेको जनाएको छ। घटनामा संलग्न भएको अभियोगमा हालसम्म ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ।

बम पड्काएर हिँड्ने शैली यसअघि धोविघाटको चर्चमा गराइएको विस्फोटसँग मिलेको प्रहरीले जनाएको छ। ९ जेठमा आर्मीले चर्चमा विस्फोट गराउँदा ३ जनाको ज्यान गएको थियो।

बम विष्फोटन पछि घटनास्थलमा कांग्रेसका नेताहरू र हजारौंको संख्यामा कार्यकर्ताको भीड लागेको थियो।

केही घण्टाको फरकमा ललितपुर स्थित नेपाल यातायात कार्याल परिसरभित्र बम राखिएको जानकारी पाएपछि सुरक्षा कर्मीको सहायातामा बम डिस्पोजल गराएको थियो।  

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 1058
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Thursday, 13 August 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement