NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow News arrow अराजकताको पराकाष्ठा
अराजकताको पराकाष्ठा PDF Print E-mail
User Rating: / 0
PoorBest 
Tuesday, 11 August 2009 Written by Shishir Dahal

आइतवार क्याम्पसमा चार विधार्थी संगठन, क्याम्पस प्रशासन र स्वतन्त्र विधार्थी यूनियनका प्रतिनिधिहरुवीच भएको र्सवपक्षीय छलफल पछि क्याम्पसले फ्रण्टको माग अनुशार सो संगठनका तीन प्राध्यापकका उम्मेदवारलाइ क्याम्पसमा जागिर दिन सहमती गरी माग पुरा गरेको हो।

राजकताको पराकाष्ठा

स्वार्थ पुरागर्न कालोमोसो

विराटनगर, साउन २५ - स्नातकोत्तर क्याम्पस विराटनगरका क्याम्पस प्रमुख हरिहर भण्डारीलाइ मधेशी जनअधिकार फोरम निकट मधेशी विधार्थी फ्रण्टका विधार्थीहरुले दुइ पटक कालोमोसो दलेपछि भण्डारीले उनिहरुको माग पुरा गरिदीएका छन।

आइतवार क्याम्पसमा चार विधार्थी संगठन, क्याम्पस प्रशासन र स्वतन्त्र विधार्थी यूनियनका प्रतिनिधिहरुवीच भएको र्सवपक्षीय छलफल पछि क्याम्पसले फ्रण्टको माग अनुशार सो संगठनका तीन प्राध्यापकका उम्मेदवारलाइ क्याम्पसमा जागिर दिन सहमती गरी माग पुरा गरेको हो। फ्रण्टले अघि सारेका व्यवस्थापनका जयवन्द्र झा, सञ्जय साह र राम मेहेतालाइ नियूक्ती दिने र सोमवार देखि फ्रण्टले लगाएको तालावन्दी खोल्ने सहमती भएपछि वार्ता सकीएको छ। छलफलमा अनेरास्ववियूका तर्फाट तुलसी प्रसाद अधिकारी, अनिल वस्नेत, महेश पौडेल, भाष्कर खनाल, अनेरास्ववियू क्रान्तिकारीका तर्फाट यमनाथ गिरी, सुमन कालीकोटे, चीत्रा मोक्तान, नेविसंघवाट गणेश थापा, शीद्धराज थापा , मधेशी विधार्थी फ्रण्टतर्फाट इमरान अन्सारी, रञ्जु सिंह, गंगेश झा स्ववियूका तर्फाट गोपाल सेढाइ, क्याम्पसका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।

तीन साता अघि क्याम्पसले छ जना आंशीक प्राध्यापक नियुक्ती गरेपछि फ्रण्टले आफनो निकट मान्छे नपरेको भन्दै आन्दोलनमा उत्रिएको थियो। फ्रण्टले आइतवार पनि क्याम्पस प्रमुख हरिहर भण्डारीलाइ कालोमोसो दल्यो। फ्रण्टका क्याम्पस सभापति इमरान अन्सारी लगायतको २०- २५ जनाको समूहले क्याम्पस प्रमुख भण्डारीलाइ अश्लील शव्दमा गाली गर्दै हातपात समेत गरेका थिए। क्याम्पसले साउन ६ मा व्यवस्थापनमा दुइ, अर्थशास्त्रमा दुइ र समाजशास्त्रमा दुइ जना प्राध्यापकहरुलाइ प्रक्रिया पुरयाएर नियुक्ती दिएको थियो। तर नियुक्त हुनेहरुमा आफु निकट कोही पनि नपरेको भन्दै फ्रण्टले साउन ८ देखि क्याम्पसको प्रशासनमा तालावन्दी गर्दै आएको थियो। तर आइतवार विहान अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियु र स्व्ातन्त्र विधार्थी यूनियन समेतको सहभागितामा क्याम्पस प्रशासनले ताला फुटाएको थियो। तर ताला फुटाएको केही वेरमै फ्रण्टले पुन ताला लगायो। र दिउसो १२ वजे क्याम्पस प्रवेश गर्न खोजेका क्याम्पस प्रमुख भण्डारीलाइ फ्रण्टका इमरान अन्सारी, गंगेश झा, केदार महतो, रञ्जु सिंह लगाएत २० -२५ जना विधार्थीहरुले कालोमोसो दले। यस अघि उनिहरुले गत विहीवार क्याम्पस प्रमुख भण्डारी र सहायक प्रमुख टुलराज भट्टराइलाइ पनि कालोमोसो दलेका थिए।

जागीर खाने नौलो तरीका

स्नातकोत्तर तहका विधार्थीलाइ पढाउने प्राध्यापकको योग्यता उसले गरेको मेहनत हैन वरु आन्दोलन र कालोमोसोलाइ पहिलो योग्यता रुपमा विराटनगरको यस क्याम्पसले स्थापीत गरेको छ। स्नातकोत्तर तहका विधार्थीलाइ पढाउने योग्य शिक्षकलाइ क्षमतका आधारमा नियूक्ती दिनु पर्ने अपरिहार्यतालाइ लत्याउदै क्याम्पसमा विधार्थी संगठन निकटलाइ जागिर खुवाउने चलन सुरुवात भएको छ। मेहनत गरेर क्याम्पस पढाउन चाहने योग्य उम्मेदवारहरु यो थालनीवाट निराश भएका छन। अर्थशास्त्रमा प्राध्यापनका लागि आवेदन दिएका तर अनुतिर्णका विजय दाहाल भन्छन - सवै योग्यता पुगेकै हो। अन्य उम्मेदवारको भन्दा राम्रो अंक मेरै थियो। तर राजनीतिक पहुचको योग्यता नभएपछि मलाइ फालीयो । यो परम्पराले मेहनत गरेर अध्ययन गर्ने युवाहरुको योग्यतामाथीको राम्रै व्यंग्य हो। राजनीतिक पहुच र अराजकतालाइ वल पुरयाएको छ। यो भन्दा अराजकता के हुन सक्ला र

तालावन्दी र कालोमोसोको सहारा लिएर आपना तीन उम्मेदवारलाइ मधेशी विधार्थी फ्रण्टले नियुक्ती दिलाउन सफल भएको छ। तर क्याम्पस प्रमुख हरिहर भण्डारी विधार्थी संगठनले नवुझेर आन्दोलन गरेका कारण यस्तो अवस्था उत्पन्न भएको वताउछन। उनले अव दैनिकसंग कुरा गर्दैर् भने- हामीले वैकल्पीक उम्मेदवारलाइ पनि अर्को सेसनमा नियुक्ती दिन्छौ भनेका थियौ। तर विधार्थीहरुले नवुझेर आन्दोलन गरे। उनिहरुले दूव्यवहार गर्नुको कारण वुझाइको कमी हो।

कालोमोसो दलेर अमर्यादीत कार्यगर्नेलाइ कारवाही गर्नुका सट्टा वोलाएर जागिर नै दिनु भयो नी भन्ने प्रश्नको जवाफमा प्रमुख भण्डारीले भने - उनिहरुले दूव्यवहार नवुझेर गरेका हुन। हामीले नियूक्ती दिदैमा उनिहरु पढाउन सक्छन भन्ने छैन। विधार्थीहरुका अगाडि टीक्न नसकेर कति प्राध्यापकहरु आफै पनि जागिर छाडछन। आज उनिहरुले नियुक्ती पाउदैमा केही हुदैन। भोली विधार्थीलाइ पढाउन सकेनन भने वाहिरीन्छन। त्यसमा समस्या छैनन।

पढाउन नसक्नेलाइ किन दवावमा आएर नियूक्ती दिनु भएको त भन्ने प्रश्नको जवाफमा प्रमुख भण्डारी भन्छन - सक्षम नै छान्ने भनेर प्रथम श्रेणीमा स्नातकोत्तर उतिर्ण भएकालाइ मात्रै अन्तवार्तामा सामेल गरिन्छ। तर उनिहरु पनि राम्रोसंग पढाउन सक्दैनन। कतिपय प्राध्यापक दोस्रो श्रेणीमा उतिर्ण भएकाहरुले पनि राम्रो पढाएका छन।

प्रमुख भण्डारीले थपे - तीनजनालाइ थपेपछि अव एक जनाको भागमा हप्तामा एउटा कक्षा पर्छ। महिनमा चारवटा कक्षाको करीव ६ सय रुपैया पाउने हुन। त्यसकारण उनिहरुलाइ नियूक्ती दिदैमा क्याम्पसलाइ आर्थीक रुपमा ठूलो भार थपीदैन।

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 978
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement