NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
गर्भधारण् नगरेका गाईले दूध दिने क्रम PDF Print E-mail
User Rating: / 0
PoorBest 
Friday, 07 August 2009 Written by Shishir Dahal

आङ्खनो गोठमा रहेको सो गर्भधारण् नै नगरेको बाच्छीको थुनबाट दूध चुहिन थालेपछि बरालले छिमेकी पशु चिकित्सक केशव ढुङ्गानाको सल्लाहअनुसार एक महिनादेखि दैनिक दूध दुहुन थालेको बताए।


गर्भधारण् नगरेका गाईले दूध दिने क्रम बढ्यो

अब संवाददाता

विराटनगर, २१ साउन

मोरङमा  गर्भधारण् नै नगरेका गाईका बाच्छीहरूले दूध दिने क्रम बढ्न थालेको छ। विराटनगर-१६ का गाईपालक बुद्धिविनोद बरालको घरमा रहेका जर्सी गाईको १५ महिनाको  बाच्छीले दैनिक तीन पाउण्डसम्म दूध दिने गरेको छ।

झन्डै एक दशकअगाडिदेखि व्यावसायिक रुपले गाईपालन गर्दै आएका बरालले गर्भधारण् नगरेको गाईले दूध दिएको योभन्दा अघि कहिल्यै थाहा नपाएको बताए।

आङ्खनो गोठमा रहेको सो गर्भधारण् नै नगरेको बाच्छीको थुनबाट दूध चुहिन थालेपछि बरालले छिमेकी पशु चिकित्सक केशव ढुङ्गानाको सल्लाहअनुसार एक महिनादेखि दैनिक दूध दुहुन थालेको बताए।

मोरङको कटहरी र विराटनगरको तीनपैनी लगायतका ठाउमा पालिएका जर्सी गाईका बाच्छीहरूमा पनि त्यसरी नै दूध आउन थालेपछि मानिसले दूध दुहेर खाएका थिए।

स्थानीयवासी कृष्ण् वाग्लेका अनुसार त्यसरी दूध आउने कुरा अब नौलो नरहेकाले मानिसहरूले निर्धक्क त्यस्ता गाईहरूको दूध दुहेर खाने गरेका छन्।

क्षेत्रीय अनुसन्धानशाला विराटनगरका चिकित्सक सकर यादवले सामान्य गाईका बाच्छीले दुइ वर्षमा र जर्सी गाईका बाछीले १५ देखि १८ महिनासम्ममा गर्भधारण् गर्नसक्ने तर गर्भधारण्ँबिना नै दूध नै दिने कुरा चाहि असाधारण् नै भएको र दूधमा चाहिने तत्व रहे दूध खाँदा फरक नपर्ने बताए।

उता खाद्य विज्ञ तथा क्षेत्रीय खाद्य तथा गुण् नियन्त्रण् कार्यालय विराटनगरका प्रमुख उपेन्द्र रायले जर्सी गाईमा बढी दूधका लागि एन्टिटोक्सिन नामक हर्मोनयुक्त इन्जेक्सन लगाएर दूध दुहुने  प्रचलन बढेकाले बाच्छाबाच्छीमा पनि त्यसको प्रभाव परेको हुनसक्ने बताए।

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 1306
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement