NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
गल्लीका हल्लाहरू PDF Print E-mail
User Rating: / 0
PoorBest 
Wednesday, 23 April 2008 Written by Loknath Manean

फोहोर बोलीले कतिको मुख र जिब्रोमा राज्य नै गरेको हुन्छ।साना फुच्चा खातेजस्ता किशोरहरूको कुरा छोडिदिउँ क्याम्पस लेभलमा पुगेका युवाहरूबाट धाराप्रवाह निस्किरहन्छन् ती सुन्नैनहुने शब्दहरू।मानिसले आफूलाई आदार गरेको खण्डमा उसको धेरै, धेरै बेहोरा, बानीमा सुधार हुन्छ।यहाँ एउटी पात्र कान्ताले गल्लीका हल्ला हरूलाई कसरी शान्त पारनि् हामी हेरौं

गल्लीका हल्लाहरू

गल्ली।हिलै हिलोको गल्ली।पानी परेपछि इटा माथि-माथि टेक्दै मुश्किल, मुश्किलले हिँड्नुपर्ने गल्ली।कान्ताको टोल यही हो।यहीं छ उनको डेरा।गम्भीर हुन्छ उनको चेहेरा बिहान कामतिर जाँदा अनि थकित हुन्छिन् कान्ता बेलुकी फर्कन्दा।जीवनको नदी एक तमासले बगिरहन्छ।यहाँ डेरा लिएको चार हप्ता भयो।कान्ता अफिसबाट फर्कन्दा टोलभरिका लडकाहरू गल्लीसँगै जोडिएको सानो मैदानमा हल्ला मचाइरहेका हुन्छन्, खेलिरहेका हुन्छन्।दौडिरहेका हुन्छन्।उनीहरूको अनुहार, नाम, परिचय केही पनि थाहा छैन उसलाई।साँझपख यी हल्ले केटाहरू फोहोर, फोहोर बोल्दै उफ्रिरहेका हुन्छन्, दौडिरहेका हुन्छन्।दुई मिनट त्यो मैदानको छेउ भएर जानु कान्ताको लागि नर्कतुल्य बन्छ।लडकाहरूले बोलेका अपशब्द, अश्लील लवजहरू कानभरि सुन्नुपर्दा उनलाई वान्ता आएजस्तो लाग्छ।

माथि पहाडको गाउँमा उनीहरू पनि साना छँदा यसरी दौडन्थे, लुकामारी खेल्थे, ढुङ्गा छोएर दौडिआउने खेल्थे, आँखा बाँधेर मान्छे खोज्ने खेल्थे।केटीहरू, केटाहरू मिलेर खेल्थे।फोहोर बोली बोलिन्नथ्यो।त्यो गाउँ भएर होला, यो शहर भएर होला यहाँ यसरी सबै छाडा भएका।ठूलो मान्छेको डर राखिन्थ्यो गाउँमा ।शिर झुकाएरै जान्छिन्, कान्ता अनि शिर झुकाएरै आउँछिन्।बाटोमा हिलो हुन्छ, मैला हुन्छ, त्यसैकारण पनि तल हेर्नुपर्छ।चिनेको कोही छैन, फोहोर बोल्ने लडकाहरू कुदिरहेका, खेलिरहेका हुन्छन् - यसकारण पनि त आँखा तल गरेर हिँडनु पर्छ।ती शब्दहरू नसुनेको, नजानेको, नबुझेको जस्तो गर्दै।

यही मैला हिलोमा गुडदै, उफ्रन्दै आएर आज बल कान्ताको पाउँमा ठोक्कियो।एकपल झस्की र ठिङ्ग उभी।किन उभी ? गाली गर्ने ? आँखा तर्ने ? कुर्तामा लागेको मैलो निरीक्षण गर्ने ?

खेल ठप्प भो ? सब चकमन्न।बलले हलचल गर्न छोडेजस्तै लडकाहरू  मुर्तिवत उभिए।अचानक छाएको शून्यतामा कान्तालाई लाग्यो, सबै लडकाहरू उसलाई हेर्दैछन्, झ्यालहरूबाट, सडकबाट, वर पसलबाट, पर चौतारीबाट, चारैतिरबाट हजारौं आँखाले उनको अन्योलात्मक परिस्थितिलाई हेर्दैछन् जस्तो लाग्यो।गाला तातिए, रात्तिए।लाज, क्रोध र अन्यौलले गाँजिएकी नारी बल लिन आइरहेको लडकातिर झम्टन तयार बनिन्।दुब्लो, लुब्धो ठिटोलाई खाउँलीजस्तो हेरिन्।लडका झस्कियो।बलतिर बढिरहेका साना, साना पाइताला जमीनमा जमिए।भयभीत आँखा कान्ताको फैसला पर्खिनलागे।कान्ता अघि बढिन्।केटोको कठालो समाउन आफ्नो हात बढिसकेको उनलाई थाहा भएन।आफूू उभिएको धरतीमाथि डरको एक ढिको बनेर लाटियो त्यो खातेजस्तो केटो।कान्ताको हातले उसको कमिचको पछिल्लो भाग सोहेरेर निमोठ्दा ठिटो कक्रक्क बन्यो।टिठलाग्दो अनुहार कहालीको मुद्रामा बद्लीयो।प्रलयको सामना गरेजस्तै भयो त्यसलाई।हिले मैदान आतंकित बनी थर्कियो।कान्ताको मुक्त हात आकाशतिर मच्चियो,

"दिऊँ थप्पड ? बल मान्छेतिर हान्ने हो ?"

बिजुलीको रफ्तारमा दुवै हात अनुहार छेल्न आइपुगे।कोमल नारीको हैन, राक्षसको प्रहार हुन लागेजस्तो गरी डरका तरङ्गहरू अनुहारमा आउँदै जाँदै गर्नलागे।सायद उसलाई थप्पड खाइरहने आदत छ।कान्ता आफै तर्सिन्।केटोको मुहारको मुद्रा देख्दा आत्मग्लानीले चसक्क घोंच्यो उनलाई।लज्जाबोध पनि।सानो कुरोलाई ठूलो बनाएजस्तो लाग्यो।उसको अभिप्राय यो थिएन, तर्साउनु मात्र, घुर्काएकी मात्र।उफ् निष्फ्रिक्री फोहोर बोल्ने, झगडा गर्ने केटोको मनभित्र यत्रो डरको लागि स्थान छ ? यिनीहरूको संसारमा प्यार देखाउने कोही छैन ? थप्पड मचाउने, कठालो समाउने, फोहोर बोल्न सिकाउनेहरू मात्र छन् ? भाग्न सक्थ्यो, कस्तो जड बनी उभिएको ? सुरक्षामा हात उचालेर आँखा चिम्सो पाररिह्यो।कान्ताबाट आउने थप्पड पर्खिरह्यो एक युगसम्म।कान्ताले सहन सकिन,

"जाऊ, बल लैजाऊ" भनेर हिँडिन्।उसको संसार हल्लियो।ढोकामा आइपुग्दा फर्केर मैदानतिर हेर्नु मन लागेको थियो तर ... चुपचाप ताला खोलेर भित्र पसिन्।सधैंभन्दा हल्ला कम छ।त्यो घटनापछि केटाहरू क्षुब्ध बनेर खेलिरहेका छन् ।

आवाज सुनियो बाहिर।"मिस, मिस" भनी कोही उसलाई बोलाइरहेछ।कपडा बद्ली गर्नलागेकी कान्ताले ढोका अलिकता खोलिन्।अघिकै केटो डराइ, डराइ उभिएको।भयभित आँखा घरी हेर्ने, घरी झुकाउने ।

अहिलेसम्म विचलित ? कान्ताले आफैलाई मुस्कुराउने अनुमति दिइनन्,

झर्को लागेको, र्फुसद नभएको, फुलिएको मुद्रा बनाइन्, "के हो ?"।केटोले औंलो उचाल्यो,

"मिस, यो मेरो दिदी" कान्ताले पुलुक्क हेरिन् अलिक पर उभिएकी केटी ठिटोभन्दा दुई इन्च ठूली मात्र। उजस्तै मैली, खिनौरी केटीलाई देखाइरहेको थियो उसको भाइ ।

केटी मुस्काई।उसको आँखामा डर थिएन, अलिअलि संकोच मात्र।

"अनि के भो ? दिदी हो भने मैले के गर्नु ?"

केटाका आँखा फेरि झुके।उसका ओंठ काप्न लागेका थिए, ऊ रुने तयारीमा थियो,

"मिस, दिदीले कुर्ता धोइदिन्छ, पुलिस नबोलाउनू...." केटोले बाहुलाले आँखा छोपिहाल्यो।

पग्लन बेर लागेन कान्तालाई।अघि बढेर उसको काँधमा हात राखेर  भित्र ल्याइन्।केटीलाई पनि भित्र आउने इशारा गरिन्।चेयरमा बस्दा कान्ता आफ्नोअघि आँसु खसाउने केटोको कदमा पुगिन्,

"के को पुलिस, मैले किन पुलिस बोलाउनु ? पर्दैन कर्ुता धुनु।कोही बेला लागि हाल्छ नि।अबदेखि होशियार गर्नू ..."

केटा आँखा पुछ्न लाग्यो।कमराको चारैतिर हेर्ेन लाग्यो।कान्ताको कुरा विश्वास नलागेजस्तो एकचोटि उसलाई पनि पुलुक्क हेर्‍यो।दुवै दिदी-भाइ घरी भित्ताको चित्रलाई, घरी क्यासेट प्लेयरलाई, घरी किताबहरू, घरी टी.भी.लाई पालो, पालो हेर्न लागे।जाहेर थियो यस्तो कोठाभित्र उनीहरू पसेका छैनन्।कान्ताले दुवैको हातमा दुईदुईओटा बिस्किट राखिदिइन्,

"कसले भनेको मैले पुलिस बोलाउँछ भनी"

"हरिले भनेको ? हामीले कुर्ता धोइदिएन भने..पुलिस...."

"को हो हरि ?" निधार खुम्च्याएर रिसाएको मुख बनाइन् कान्ताले ।

केटी चर्को, छुच्ची सोरमा बोल्न लागी,

"हरिले नै बल हानेको हो, यो मेरो भाइलाई बल लिनुमात्रै पठाको, यसले बल हानेको होइन ... अरुलाई सोध्नू..."

धने बोल्यो, उसको सोर, उसका आँखा फेरि भयभीत,

"मिसले ठूलो अफिसमा काम गर्नुहुन्छ, पुलिस आएर हामीलाई पक्रेर लान्छ भन्दैछ ।"

भोलिपल्ट र्फकन्दैगर्दा कान्ता हिजोको घटना सम्िझरहिथिन्।उनको जीउमा बलले लागेको कुरा फेरि सजीव बनेर आयो।पुलिस आउँछ भनी उनीहरू डराएका थिए, हरि भन्नेले आफ्नो बचाउको लागि धनेलाई बलिको बोको बनाउन खोजेको थियो।धनेले आफ्नी दिदीलाई बोलाएर कुर्ता धुन तयार पारेको थियो। धनेकी दिदीले आफ्नो भाइको निम्ति धुमधाम वकालती छाँटी तर कुर्ता धोइदिन पनि तत्पर पनि।केटाकेटीको सानो, सरल, संसार।

कान्तालाई मैदानको पल्लो किनारमा देख्नु बित्तिकै खेलहरू बन्द, हल्ला बन्द, सब चुपचाप।वारिपारिबाट गुञ्जने ती फोहोर, अश्लील शब्दहरू पनि।सब शान्त। कान्ता हिजो उभिएकै ठाउँमा ठिङ्ग उभी, बिस्तारै फर्केर परतिर चुपचाप उभिएका लडकाहरूलाई हेरी।आँखा जुध्नु बित्तिकै उनीहरू अन्त अन्तै हेर्ेन लागे।

"धने "

केटाहरू सब मूर्ति बने।सबैको सास रोकियो।धने संकोच मान्दै आयो,

"हरिलाई पनि बोलाऊ" धनेले फर्केर लडकाहरूलाई हेर्‍यो।हरि डराउँदै अघि आयो र धमाधम आफ्नो दलिल पेश गर्‍यो,

"मैले होइन मिस, यो धनेले नै हो, मैले होइन मिस..."

"हरि यता आऊ" बोलीको माधुर्यले हरिको आत्मविश्वासमा सुधार आयो।मिसको मुठ्ठी अघि बढ्यो।हरिको हातभरि टफीहरू खनिए,

"सबैलाई बराबरी बाँडनू है ? अनि फोहोर, फोहोर नबोल्नू है हरि ? धने ?"

हरि बोल्नु सकेन, उनलाई नहेरी शिर झुकाएर हुन्छ भनी टाउको हल्लायो।हातभरिको टफीमा उसले मिसको माफी पायो, माया पायो, अचानक सब थोक रमाइलो भयो ।

हरि र धने मुसुक्क हाँसेर जान लागे, सबै केटाहरूमा उनी दुई नै ठूला देखिए।

"हरि एउटा कुरा भन्छु है ?"

दुवै रुकिए, उत्सुक।अबोध मनका ढोकाहरू उनको निम्ति खुल्न लागेका थिए।

"बलले लाग्दा कपडा मैला हुन्छ हैन ?" जान्ने बनी दुईचारले चाहिएभन्दा बढी शिर हल्लाए,

"तिमीहरूले फोहोर शब्द बोल्दा हामीलाई हाम्रो कान, हाम्रो मगज सब मैला भएको जस्तो हुन्छ।बलको मैला त कपडासम्म त हो, धुँदा पनि जाने।तर फोहोर शब्दहरूको मैला त भित्र कताकतासम्म पुग्छ ... बुझ्यौ हैन ?"

लडकाहरू शिर हल्लाउन लागे,

"ल जाऊ..."

भोलिपल्ट साँझ खेल रोकेर हातमा बल लिएर कान्तातिर आइरहेको थियो अग्लो हरि। साखिलो हरि। कान्ता, थोरबहुत हिँड्दै, क्ददै आइरहेको हरलिाई मन्द मुस्कानसाथ पर्खिन लागिन्।हरि त्यसै आएको थिएन।आरोप, अभियोग, गुनासोको पोको बोकी आएको थियो,

"मिस, धनेले फोहोर बोलेको..."

कताबाट उडेर कान्ताको अधरमा एउटा मुस्कान थुपुक्क बस्न खोज्यो, तर एकै छिन त्यो सुखद अनुभूतिबाट बञ्चित हुनपर्‍यो।आँखीभौं कुच्याएर, मुख फुलाएर दोषले दबिएको धनेबाट स्पष्टिकरण मागिन्,

"के भो धने ?"

के बोलोस् धने ?  जन्मदेखि जिब्रोमा जोडिएको जीवनभरिको जपनाले जनता जनार्दनअघि यस्तो जात्रा जमाउँछ भनी उसलाई के थाहा ? हिजोसम्म फरफरी, धाराप्रवाह बोलेको भाषा एकबाजी चिप्लँदा यसरी बात लाग्यो आज उसलाई। नतमस्तक बनी, टुक्रा-टुक्रा बनी मैलो मैदानको इजलासअघि दण्ड पर्खिनलाग्यो धने।यति ठूलो, यति प्यारो, यो मिसको आज्ञा उल्लंघन गरेको दोषमा उसले आफूलाई यो टोलको, यो जिल्लाको र यो देशको सबैभन्दा नालायक, मैलो व्यक्ति भेट्टायो,

"मुख चिप्लियो कि ?"

मिसको यति भनाइले ज्यानमा ज्यान आयो।आशाको सानो उज्यालो अँध्यारो खाडलमा छिर्‍यो।मिसले कसरी थाहापाउनुभो हँ ?  सोध्यो आफैलाई।

"बोल्दिन भनेको थियौ तर अचानक नराम्रो शब्द मुखमा आयो हैन ?"

लडकाहरू उनीहरूलाई घेर्ेन आइपुगेका थिए। धनेले हतारको साथ हो, मुख चिप्लियो भन्ने संकेतमा झुकेको मन्टो हल्लायो।साँचो पछुतोमा उसका स्याना आँखा रसाइसकेका।मिससँग भेट्ने र परिचय पाउने प्रथम व्यक्ति त ऊ हो, उसकै मुखबाट किन त्यो शब्द निस्कियो ?

"ठीक छ धने, यस्तो भइहाल्छ "

भिजेका आँखाभित्रबाट उसले देख्यो मिस हाँस्नुभो,

"अब फेरि नबोल्नू है ? तिमीहरूले एक अर्कालाई मद्दत गर्नुपर्छ, क्षमा दिनुपर्छ र सम्झाउनुपर्छ अनि बिस्तारै यो बानी हट्छ .. ल जाऊ, जाऊ खेल ..."

सबै तम्सिएर मैदानतिर दौडिए।मिसले जाहेर गर्नुभएको विश्वासको घोषणामा उनीहरूले नयाँ स्फूर्ति पाए, नयाँ जोश र ज्ञान ।हौसला बढाउन कान्ता त्यहीं उभिएर खेल हेर्न लागिन्।दिनभरिको आफ्नै थकान पनि कता उडिगो।उनीहरूका जाँगरको जवाफ थिएन।एकली कान्ता होइन सयौं दर्शकले खेल हेरिदिएजस्तै भो उनीहरूलाई।कराइरहेका थिए, हल्ला मचाइरहेका थिए, जीउ-ज्यान होमेर बल हत्याउन लागिपरेका थिए, तर अझ कठोर प्रयास त्यहाँ चलिरहेथ्यो, मगजमा र जिब्रामा अब ती शब्दहरू उच्चारण नगर्ने।ती अश्लील शब्द र भाकाहरू मानव-सम्बन्ध, खेल-संसार अनि बन्धुत्वका अपरिहार्य अङ्ग होइनन् भन्ने आविष्कारमा उनीहरू रमाइरहेथे।

आँखाभरि झझल्काहरू सजिए कान्ताका।कानमा अर्कै समय र स्थानका आवाजहरू गुञ्जन लागे।यसरी नै त खेल्थे उनीहरू।घाम डुबेर झमक्क साँझ परूञ्जेल हल्ला मचाउँदै खेल्थे।बेला बितेको होश कहाँ हुन्थ्यो ? आमाहरू, दिदीहरू लठ्ठी लिएर उनीहरूलाई खोज्दै  चउरमा, पाखामा आउनु पर्थ्यो।

Newer...
Older...
&lt&lt Previous          
Trackback(0)
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement