| कोशी उच्च बाँध निर्माण नगर्न दवाव |
|
|
|
| |||
|
मोर्चाका अध्यक्ष पदमबहादुर र्राई र महासचिव सुदन किरातीले संयुक्त विज्ञप्ति प्रकाशित गरेर सप्तकोशीमा २ सय ६९ मिटर अग्लो उच्च बाँध बनाएर कोशी क्षेत्रका १ सय ५५ गाविसका ३ सय ६३ वटा गाउँ डुवाउने षड्यन्त्र गरिरहेको जनाउँदै उच्च बाँध विरुद्ध प्रतिकार उर्तन कोशी क्षेत्रका जनतालाई आहृवान गरेका हुन्। कोशी उच्च बाँध निर्माण नगर्न किराँतीहरुको दवाव बहुचर्चित सप्तकोशी उच्च बाँध निर्माण कार्य अघि नबढाउन माओवादी निकट किराती राष्ट्रिय मोर्चाले माग गरेको छ। भारतका जलश्रोत मन्त्री पवन वंशल र नेपालका सिंचाई मन्त्री बालकृष्ण खाँडले कोशी उच्च बाँध निर्माण गर्न नेपाल र भारत सरकार आतुर रहेको कुरा र्सार्वजनिक गरेपछि मोर्चाले मंगलबार विज्ञप्ति जारी गरेर कोशी उच्च बाँध निर्माण अघि बढाए जस्तो सुकै कदम उठाउन तयार रहेको जनाएको हो। मोर्चाका अध्यक्ष पदमबहादुर र्राई र महासचिव सुदन किरातीले संयुक्त विज्ञप्ति प्रकाशित गरेर सप्तकोशीमा २ सय ६९ मिटर अग्लो उच्च बाँध बनाएर कोशी क्षेत्रका १ सय ५५ गाविसका ३ सय ६३ वटा गाउँ डुवाउने षड्यन्त्र गरिरहेको जनाउँदै उच्च बाँध विरुद्ध प्रतिकार उर्तन कोशी क्षेत्रका जनतालाई आहृवान गरेका हुन्। मोर्चाले आदिवासी जनजातिका अधिक बाहुल्यता रहेको कोशी क्षेत्रलाई डुबाउने योजना बनाईरहेको भन्दै सिंचाई मन्त्री बालकृष्ण खाँडको राजिनामा र भारतका जलश्रोत मन्त्री पवनकुमार वंशललाई नेपालमा प्रवेश निषेध गर्न समेत माग गरेको छ। सरकारले सुनसरीको चतरामा बनाईने भनिएको उच्च बाँधको डिटेलर्सर्भे पूरा गरिसकेको छ। सप्तकोशी नदि जलाधार क्षेत्रमा मेचिको ताप्लेजुङ्गदेखि जनकपुरको रामेछापसहित करिव १५ वटा जिल्ला पर्दछन्। Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 1042 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Thursday, 16 July 2009 ) | |||
| < Prev | Next > |
|---|


















