NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home
प्रशोधन गरी प्रयोगमा PDF Print E-mail
User Rating: / 0
PoorBest 
Thursday, 09 July 2009 Written by शिशिर दाहाल

गाउँले कृषकहरुले सामान्य बाटो खर्चको रुपमा बजारसम्म विक्रीका लागि ल्याउने  गरिएको छ। यसरी ल्याईने तेजपत्ता हरेकबर्षआठ टनसम्म हुने र त्यसबाट करिब दुइ करोड बराबरको आम्दानी हुने गरेको महासंघ अध्यक्ष थापाले बताउनु भयो।

 


प्रशोधन गरी प्रयोगमा

२४ असार

       उदयपुर,  असार  २४ गते । उदयपुरको रौता गाविस वडा नं. ७, ८ र ९ मा प्रशस्तमात्रामा पाईने तेजपत्तालाई गाउँमै प्रशोधन गरी प्रयोगमा ल्याउन थालिएको छ।

त्यहाँ स्थित कृषकहरुको एक समुहले तेजपत्तालाई प्रशोधन गरी तेल बनाई औषधिको रुपमा प्रयोग गर्नुका साथै दालचिनी बनाई मसलाको रुपमा प्रयोग गर्दै आएको सामुदायक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष भरत थापाले बताउनु भयो।

अध्यक्ष थापाका अनुसार उदयपुरको अन्य पहाडी क्षेत्रमा पनि प्रशस्त्र मात्रामा तेजपत्ता उत्पादन हुने गरेकोछ।  उत्पादित तेजपत्तालाई ब्यवस्थित बनाई प्रशोधन तथा विक्रि वितरण गर्नसके  जिल्लाको राम्रो आयश्रोतको माध्यम बन्न सक्ने ठहर कृषकहरुको छ। तर यस्तो ब्यवस्था नहुँदा उदयपुरमा धेरैजसो तेजपत्ता सडेर खेरो जाने, केही मात्रामा मात्र बजारसम्म विक्रीका लागि लगिने गरेको छ।

 गाउँले कृषकहरुले सामान्य बाटो खर्चको रुपमा बजारसम्म विक्रीका लागि ल्याउने  गरिएको छ। यसरी ल्याईने तेजपत्ता हरेकबर्षआठ टनसम्म हुने र त्यसबाट करिब दुइ करोड बराबरको आम्दानी हुने गरेको महासंघ अध्यक्ष थापाले बताउनु भयो।

तेजपत्ताको सम्भावित  राम्रो आम्दानी लाई मध्ये नजर गर्दै त्यसको सहि सदुपयोग तथा प्रशोधनतर्फकृषकलाई  आकषिर्त पाने उदेश्यले सावउस महासंघले  आयोजना गरेको तेजपत्ता सम्बन्धी तीनदिने अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भयो  

      

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 991
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Thursday, 09 July 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement