| आशाको सन्देश- नेपाल |
|
|
|
| |||
|
फागुन ७ गते प्रजातन्त्र दीवसको दिन बेलुका ३:३० बजे पाटन चर्चमा रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम आशाको सन्देश-नेपाल को धन्यवाद ज्ञापन कार्यक्रम विभिन्न मण्डलीका पास्टर अगुवाहरू र संघसंस्थाका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा केही भजन कोरसहरूबाट परमेश्वरको महिमा गर्दै प्रस्तोता केशव लुइटेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । परमेश्वरको वचनबाट पा. मंगलमान महर्जनले तिमोथीको पुस्तकबाट हामी जस्तोसुकै अवस्थामा पनि परमेश्वरको काम, प्रचार प्रसार गर्नमा पछि नहट्ने उत्साह दिनुभयो। देशमा प्रजातन्त्र आएदेखि प्रचार प्रसारको निम्ति ढोका खुल्यो र २०६३ सालदेखि नेपाल धर्म निरपेक्ष देश घोषणा भएपछि सरकारी माध्यम रेडियो नेपालबाट परमेश्वरको वचन नेपालका विभिन्न ठाउँमा पुग्नु नै परमेश्वरले मौका दिएको र यसको निम्ति विशेष परमेश्वरलाई धन्यवादको दिनुपर्ने कुरा कार्यक्रममा आशाको सन्देश-नेपाल का अध्यक्ष डा.रेभ.सिमोन पाण्डेले बताउनुभयो ।यसै समयमा निम्न कार्यहरूको निम्ती धन्यवादको प्रार्थना भएको थियो। * नेपालका विभिन्न ठाउँमा भएका श्रोता क्लबहरूको निम्ति* केही मानिसहरू आशाको सन्देश सुनेर प्रभुमा विश्वास गरेकाहरूको निम्ति * श्रोताहरूको निम्ति यो कार्यक्रम लोकप्रिय भएको छ। * रेडियो नेपालबाट प्राप्त जानकारी अनुसार रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रममा आशाको सन्देश-नेपाल पनि टप टेनमा परेको छ । * आर्थिकरुपमा सहायता पुर्याउने संघ संस्था, व्यक्ति, मण्डलीहरूको निम्ति। प्रार्थानामा अगुवाई गर्ने पास्टरहरूः हरी प्रधान, विशप नारायण शर्मा, टंक सुवेदी, रुपनारायण तिम्लिसना, शामूएल सोदेम्बा, टेक दाहाल र अरु पास्टरहरू हुनुहुन्थ्यो। नारायण महर्जनको प्रार्थानाबाट कार्यक्रम विसर्जन भएको थियो । प्रार्थानाका विषयहरूःकार्यक्रम निरन्तर चलिरहोस् गठन भएका श्रोता कल्बहरूको निम्ति कार्यक्रमको लागि आर्थिक श्रोत मिलेको होस्। Newer...
Older...
Set as favorite Bookmark
Email This
Trackback(0)
Comments (0)
![]() Write comment
|
|||
| < Prev | Next > |
|---|













धन्यवाद ज्ञापन कार्यक्रम
देशमा प्रजातन्त्र आएदेखि प्रचार प्रसारको निम्ति ढोका खुल्यो र २०६३ सालदेखि नेपाल धर्म निरपेक्ष देश घोषणा भएपछि सरकारी माध्यम रेडियो नेपालबाट परमेश्वरको वचन नेपालका विभिन्न ठाउँमा पुग्नु नै परमेश्वरले मौका दिएको र यसको निम्ति विशेष परमेश्वरलाई धन्यवादको दिनुपर्ने कुरा कार्यक्रममा आशाको सन्देश-नेपाल का अध्यक्ष डा.रेभ.सिमोन पाण्डेले बताउनुभयो ।
प्रार्थानाका विषयहरूः
