NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow Articles arrow Articles arrow पर्खौ हेरौ
पर्खौ हेरौ PDF Print E-mail
User Rating: / 0
PoorBest 
Wednesday, 08 July 2009 Written by Sarju Rijal

 जनतालाई चाहिएको कुनै व्यक्ति विशेष होइन न त पार्टी नै हो। चाहिएको यही हो देशमा रहेर शरिरमा बाँचुन्जेलसम्म सुख शान्तिसँग काम गर्न पाउनु र भरपेट खानपाउनु। बर्तमान अवस्थामा सरकारबाट र राजनीतिकदलहरूबाट जनताप्रति कुनै चासो नभएपछि जनताले फेरी आवाज किन नउठाउन त। आफ्नो स्वार्थ, पार्टीको स्वार्थ हैन जनताको आवश्यकता सरकारबाट बुझिएन भने भोलि के हुन्छ भन्न सकिदैन।


पर्खौ हेरौ

सर्जु रिजाल, काठमाडौ 

लोकतन्त्रको उदयपछि देशमा शान्ति सुरक्षा र नयाँ नेपालको आशा राखेका जनातहरूको आशा निराशामा परिनत हुँदैछ भविष्यप्रति कुनै आशा नै देखिदैन। देशमा बढ्दो हिसात्मक गतिविधिबाट सुरक्षित हुन चाहन्छन् नेपालीजनताहरू। अब जनताको राजनितिक दलहरूप्रतिको आशा चुडिदैछ। अहिलेसम्म सविधान नबन्दा र देसमा सुधार नभई हिसात्मक क्रियाकलाप व्यापकरुपमा हुँदा कोही जनताको मन हाँसेको छैन।

कोही नहुनुभन्दा त कानो मामा नै जाती भने झै अब जनताको मुखबाट निस्कन थालेका छन्, "अहिलेको देसको अबस्थाभन्दा त राजाकै पालामा ठीक थियो" यो कहाँबाट कसरी पुष्टिय हुन्छ भने, पूर्वराजा ज्ञानेन्द्र शाहको ६३औ जन्मदिनको अवसरमा शुभकामना दिनको लागि लागेको घुँइचो र बोलिएका केही शब्दहरूबाटः

जनताको आवाज,  "सरकार हजुर फेरि आउनुपर्‌यो हामी तयार छौ"।

ज्ञानेन्द्र शाहको जवाफ, "पर्खौ, हेरौ"।

राजावादीहरूले जनताका घरघरमा गएर राजतन्त्रको वकालत गर्ने कुरा बताएको कुरा मेडियाबाट प्रसारण भएका छन्।

मुलुकको परिवर्तित परिवेशमा समेत आम नागरिकको स्थितिमा सुधार आउन नसकेकामा चिन्ता व्यक्त। परिवर्तित परिवेशमा पनि देश तथा प्यारा देशवासी दाजुभाइ र दिदीबहिनीको स्थितिमा सुधार आउन नसकेकामा म अत्यन्त चिन्तित र अत्यन्त मर्माहत छु," वक्तव्यमा छ । नारायणहिटी दरबार छोडेको एक वर्ष पुगेको स्मरण गर्दै उनले शान्ति सुरक्षाको स्थितिमा सुधार आई नेपाल शान्त समृद्ध र सुन्दर होस र नेपाली सुखी सन्तुष्ट होऊन् भन्ने कारणले नै आफूले नारायणहिटी छोडेको उल्लेख गरेका छन्।

"हाम्रा पुर्खा र सम्पूर्ण नेपालीको प्रयासबाट निर्मित हिमाल पहाड र तराई रहेको नेपाली पुष्पमाला आन्तरिक विग्रह तथा बाह्य विद्वेषबाट नचुँडियोस भन्ने मेरो आग्रह छ।"

यसबाट नेपाली जनताहरूमा पुरानो कुराको स्मरण गराउनुका साथै नयाँ कुराको खोजी भएको पनि बताउँछ। जनता बलिया भएभने देस बलियो हुन्छ भन्ने कुरा थाह भएपनि राजनीतिक असमझदारी पनले देस विखण्डन हुनतिर गइरहेको भान भएको छ जनताहरू स्वायत्त राज्यको माग गर्दैछन्। एकआपसमा जनताकमजोर हुँदैछन्।

जनतालाई चाहिएको कुनै व्यक्ति विशेष होइन न त पार्टी नै हो। चाहिएको यही हो देसमा रहेर शरिरमा बाँचुन्जेलसम्म सुख शान्तिसँग काम गर्न पाउनु र भरपेट खानपाउनु। बर्तमान अवस्थामा सरकारबाट र राजनीतिकदलहरूबाट जनताप्रति कुनै चासो नभएपछि जनताले फेरी आवाज किन नउठाउन त। आफ्नो स्वार्थ, पार्टीको स्वार्थ हैन जनताको आवश्यकता सरकारबाट बुझिएन भने भोलि के हुन्छ भन्न सकिदैन।

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 543
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Wednesday, 08 July 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement