NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
एसोसिएसनको पत्र आइओसीलाइ PDF Print E-mail
User Rating: / 0
PoorBest 
Tuesday, 07 July 2009 Written by Shishir Dahal

भारतीय आयल निगमको वरौनी रिफाइनरीलाइ लेखिएको पत्रको बोदार्थ नेपाल आयल निगम लिमीटेट केन्द्रीय कार्यालयलाइ पनि दीइएको छ । एशोसिएसनले आइओसीलाइ लेखेको पत्रको व्यहोरा निम्न अनुशारको रहेको छ ।

एसोसिएसनको पत्र आइओसीलाइ

 विराटनगर ,असार ११ 

कोसी पेट्रोकेमीकलले मोरङको हात्तिमुढामा रिफाइनरी स्थापना गरि डीजेल उत्पादन सुरु गरेपछी नेपाल आयल निगमका डीलरहरुको संगठन पेट्रोलीयम डीलर्स एशोसिएसन कोसीले भारतीय आयल निगमलाइ छानविन गरिदीन आग्रह गर्दै पत्र पठाएको छ।

२० जुन २००९ मा एसोसिएसनका महासचिव मुकुन्दप्रसाद न्यौपानलेले भारतीय आयल निगमलाइ कोसी पेट्रो केमीकलको डीजेल उत्पादनका विषयमा जानकारी दिदै वास्तविकता वुझन आग्रह गर्नु भएको हो। भारतीय आयल निगमको वरौनी रिफाइनरीलाइ लेखिएको पत्रको बोदार्थ नेपाल आयल निगम लिमीटेट केन्द्रीय कार्यालयलाइ पनि दीइएको छ। एशोसिएसनले आइओसीलाइ लेखेको पत्रको व्यहोरा निम्न अनुशारको रहेको छ।

  - नेपालको विराटनगरमा कोसी पेट्रो केमीकल्सले डीजेल-एचएसडी)को उत्पादन र मार्केटीङ गत महीनादेखि प्रारम्भ गरेको छ। हाम्रो स्रोतले दिएको जानकारी अनुशार माथीको कम्पनीले नेपालमा कच्चा तेलको आयात गर्न अनुमति पाएको छ। तर हालसम्म कच्चा तेल आयात भने गरेको छैन। कोसीले गल्फवाट एफओ-फर्नेश आयल) आयात गरेको छ। यसलाइ प्रशोधन गरेर डीजेल भनेर विक्री गरिरहेको छ। के कच्चा तेल नभइ डीजेलको उत्पादन हुन सक्छ - यदी त्यो साच्चिकै डीजेल हो भने त भारतीय आयल निगमको वजार नेपालमा चाडै घटने छ। त्यसकारण हामी चाहन्छौ की तपाइहरु यस स्वघाषीत डीजेलका सम्वन्धमा आफनो उच्च निकायसंग छलफल गरि अनुशन्धान गर्नुहोस। हामी पनि कोसीले उत्पादन गरिरहेको डीजेलका विषयमा वुझने कोसीसमा छौ।

हामी यस नतिजामा पुगेका छौ की कम्पनीले आधिकारीक निकायको अनुमति वीना फर्नेस आयल आयात गरेर  भारतीय सरकारलाइ ठगीरहेको छ।

तपाइहरुसंगको सहकार्यका लागि हामी आभारी छौं। - मकुन्दप्रसाद न्यौपाने, चीफ सेक्रेटरी, पेट्रोलीयम डिलर्स एसोसिएसन कोसी।                                                     

एसोशिएसनले भारतीय आयल निगमलाइ लेखेको पत्रका सम्वन्धमा एशोसिएसनका महासचिव मुकुन्दप्रसाद न्यौपानेले अवलाई प्रतिक्रीया दीदै भन्नु भयो - हामीले भारतीय आयल निगमलाइ जानकारीका लागि मात्रै पत्र पठाएका हौं।

पत्रको जवाफ के आयो भन्ने प्रश्नको जवाफमा न्यौपानेले भन्नु भयो - त्यो पत्रको जवाफ आइओसीले हामीलाइ दिने हैन। नेपाल आयल निगमलाइ दीन्छ। हामीले जवाफका लागि भन्दा पनि जानकारीका लागि पत्र पठाएका हौं।

कोसी पेट्रोकेमीकल्सले नेपाल सरकारबाट अनुमति लिएर मोरङको हातिमुडामा डीजेल उत्पादन सुरु गरि विक्री थालेपछी यस विषयमा चर्चा हुन थालेको छ। कोसीले राज्यको सवै ऐन नियमको परिधी भित्र रहेर उत्पादन गरिरहेको बताएको छ। भने नेपाल आयल निगम अर्न्तर्गतका डिलर्स एसोसिएसनले यो कार्य गलत भएको भन्दै विरोधमा ओर्लेको छ। उसले केही दिन अघि पत्रकार सम्मेलन गरि कोसीका विषयमा तत्काल अनुशन्धान गरिनु पर्ने माग नेपाल आयल निगमसंग राखेको थियो।

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 808
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Tuesday, 07 July 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement