NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow News arrow अध्यक्ष थापा गंभीर विवादमा
अध्यक्ष थापा गंभीर विवादमा PDF Print E-mail
User Rating: / 0
PoorBest 
Tuesday, 07 July 2009 Written by Shishir Dahal

 प्राप्त जानकारी अनुशार निर्वाचन पर्यवेक्षण सम्वन्धि एक समिति नियोगमा काम गरेका घनश्याम पोख्रेल र पुष्पराज देउजालाइ नियोगका क्षेत्रिय सचिव थापाले पैशा दिनु भएन। नियोगको मीटीङमा तीन महीनाको करीव १५ हजार रुपैया नदिएको भन्दै घनश्याम पोख्रेलले गाली गलौज नै गरेर रकम असुले।


अध्यक्ष थापा गंभीर विवादमा

विराटनगर,असार १७

गैह्र सरकारी संस्था महासंघ क्षेत्रिय समीतीका अध्यक्ष शंकर थापाले पदको दूरुपयोग गरि विभिन्न विवादास्पद कार्य गरेको रहस्य खुलासा भएको छ।

अध्यक्ष थापाले विभिन्न उपाय लगाएर आर्थीक कार्यहरु विवादस्पद रुपमा गरेको विश्वस्त स्रोतले अवदैनिकलाइ जानकारी दिएको छ। अध्यक्ष थापाले गर्नु भएका करीव दर्जन विवादास्पद कार्यहरुको फेहरिस्त प्राप्त भएको छ। प्राप्त जानकारी अनुशार निर्वाचन पर्यवेक्षण सम्वन्धि एक समिति नियोगमा भएको विवाद, संविधान सभाका लागि चेतनामुलक जनयात्रा विवाद, रणनीतिक योजनामा जिल्ला गैससलाइ क्षेत्र गैससले २० हजार रुपैया नदिएको विवाद, तालीमका क्रममा संखुवासभा जादा भएको खर्च दुइ तर्फाट लिएको विवाद, लाहानमा भएको गोलमेच सम्मेलनमा नखुवाएको खानाको वील वनाएर पैशा लिएको विवाद, प्रोजेक्टर खरिदमा कम कोटेसन नदिने संस्थाबाट प्रोजेक्टर खरिदका लागि भएको विवाद, भएको सम्झौता अनुशारको पैशा नदिएर विभिन्न व्यक्तिहरुसंग भएको विवाद आदी प्रमुख छन।

प्राप्त जानकारी अनुशार निर्वाचन पर्यवेक्षण सम्वन्धि एक समिति नियोगमा काम गरेका घनश्याम पोख्रेल र पुष्पराज देउजालाइ नियोगका क्षेत्रिय सचिव थापाले पैशा दिनु भएन। नियोगको मीटीङमा तीन महीनाको करीव १५ हजार रुपैया नदिएको भन्दै घनश्याम पोख्रेलले गाली गलौज नै गरेर रकम असुले। यो विषयमा वारम्वार विवाद समेत भयो। अर्का कर्मचारी देउजाले भने रकम अझै पाएका छैनन। अध्यक्ष थापाले देउजालाइ पनि पैशा दिएको जानकारी दिनु भएको थियो। यो विषयमा मानव अधिकार सञ्जाल मोरङका संयोजक सोमराज थापाले देउजासंग पैशाका बारेमा सोध्दा देउजाले पैशा नपाएको जवाफ दिएका थिए। सञ्जालमा पनि यो विषय पुगेपछी संयोजक थापाले यस विषयमा वुझनु भएको थियो।

करीव एक वर्षअघि सुशासन परियोजना अर्न्तर्गत महासंघ क्षेत्र अध्यक्ष थापा र केशव दाहाल एक कार्यक्रमका लागि संखुवासभा जानु भएको थियो। संखुवासभावाट फीरेपछी अध्यक्ष थापाले कार्यक्रमका दौरान करीव नैँ हजार रुपैया खर्च भएको विवरण केन्द्रीय समितिमा पठाउनु भयो र रकम लिनु भयो। यता क्षेत्रीय समितिमा पनि सोही विवरण पेश गरेर त्यति नै रकम लिनु भयो। एउटा कार्यक्रममा भएको खर्चको भर्पाइ दुइ तिरवाट उहाले लिनु भयो। यसको रेकर्ड गैससको केन्द्र र क्षेत्र दुवै तीर अझै छ। अनुशन्धान गर्ने हो भने यो विषय प्रमाणीत समेत हुन्छ -स्रोत दावी गर्छ।

त्यस्तै करीव डेढ वर्षअघि लाहानमा तराइको मुद्धाका विषयमा गोलमेच सम्मेलन भएको थियो। सो सम्मेलनमा भाग लिन अध्यक्ष थापा सहीत दिनेश श्रेष्ठ, सोमराज थापा, देवि वास्कोटा, सरु केसी, विष्णु र्समा लगाएतको ३०-३५ जनाको टीम लाहान गएको थियो। लाहान जाने वेलामा लौकहीमा सडक अवरुद्ध भयो। लौकहीमा केही समय टोली जाममा परयो। जाममा परेको वेला ३५ जनालाइ खाना खुवाएको विल अध्यक्ष थापाले वनाउनु भयो। रकम लिनु भयो। तर यथार्थमा लौकहीमा कसैलाइ पनि खाना खुवाइएको भने थिएन।

त्य्स्तै करीव डेढ वर्षअघि गैसस मोरङले पाच वर्षो रणनीतिक योजना वनाउने काम पायो। यसका लागि २० हजार रुपैयाको वजेट थियो। जिल्लाले रणनीति वनायो। रणनीति बनाएपछी जिल्लाले क्षेत्रसंग पैशा माग गरयो। तर क्षेत्रले पैशा अझै दिएको छैन। प्राप्त जानकारी अनुशार क्षेत्रका कर्मचारीले करीव १५ हजार रुपैया क्षेत्रको खातामा पैशा जम्मा गरिदीए। तर त्यो पैशा अध्यक्ष थापा र कोषाध्यक्षको हस्ताक्षरवाट चल्ने खातावाट पैशा झिकीयो। त्यो पैशा जिल्लालाइ दिइसकेको रेकर्ड क्षेत्रमा छ। तर जिल्लाका पदाधीकारीहरु अझै त्यौ रकम क्षेत्रबाट माग गरिरहेका छन। रणनीति वनाउन करीव ५ हजार रुपैया भने जिल्लाले पहीले ने लिइसकेको सूचना प्राप्त भएको छ।

संविधान सभाका लागि गैशस केन्द्रीय कमीटीले इलाम देखि वुटवलसम्म जनयात्रा कार्यक्रम गरेको थियो। यो काममा सहयोग जिल्ला समीतिले पनि गर्नुपर्ने थियो। जिल्लालाइ कार्यक्रम गर्न उल्लेख्य वजेट दिइएको थिएन। मीटीङ खर्च र चीया नास्ताका लागि १० हजार रुपैया क्षेत्रले दिने भनेको थियो। तर त्यो रकम जिल्ला समितिले हालसम्म पनि पाएको छैन। यो पैशाको विवाद क्षेत्र र जिल्लामा अझै छ।

त्यस्तै केही समय अघि क्षेत्रलाइ चाहीने एलसीडी प्रोजेक्टर खरिद गर्ने तयारी गरियो। प्रोजेक्टर विक्री गर्ने विराटनगरका विभिन्न पसलहरुसंग कोटेसन माग गरियो। सवैभन्दा कम मूल्यमा विराटनगरको मेगाटेकले प्रोजेक्टर उपलव्ध गराउने भयो। तर अध्यक्ष थापाले पाच हजार रुपैया कमीसन लिने योजनामा विराटनगर हीमालय रोडको माइक्रो अफीसबाट प्रोजेक्टर खरिद गर्ने पक्का गर्नु भयो। तर क्षेत्रमा जानी जानी बढी मूल्य कीन तीर्ने भनेर चकाचर्की नै भयो। अन्तमा पाच हजार रुपैया कमीसन लिने अध्यक्ष थापाको योजना तुहीयो।

क्षेत्रीय समीतीले केही महीना अघि एक पुस्तक प्रकाशन गर्ने तयारी गरयो। पुस्तक सम्पादनका लागि उमेश विश्वकर्मासँग १५ हजार रुपैयामा सम्झौता भयो। पुस्तक प्रकाशन पछी विश्वकर्मालाइ थापाले ४ हजार ५ सय रुपैया दिने प्रस्ताव राख्‍नु भयो। विश्वकर्माले नमानेपछी पुरा रकम नै दिनु पनि भयो।

देखिएका विवादका सम्वन्धमा अध्यक्ष थापाले सम्पूर्ण विवादहरु भ्रामक, कपोल्पीत भएको प्रतिक्रीया दिनु भएको छ। रणनीतिक योजनाको २० हजार रुपैया भने जिल्लालाइ अव दिइने अध्यक्ष थापाले बताउनु भयो। त्यस्तै नियोगको विषय भने आफनो व्यक्तीगत नभएर समीतीमा आएको स्पष्ट पार्नु भयो। उमेश विश्व्कर्माको विषय भने चारवटा कामको १५ हजारमा सम्झौता भएकोमा अतिरञ्जीत पारिएको बताउनु भएको छ। संखुवासभाको विषय, गोलमेचको विषय आदी भने पूर्णता असत्य भएको दावी थापाको छ। उहाले विषयवस्तुलाइ नकारात्मक ढंगवाट सम्प्रेषण नगरिदीनु हुन आग्रह समेत गर्नु भयो ।   

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 859
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Tuesday, 07 July 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement