| सुनसरीको बजेट पौने तीन अर्व |
|
|
|
| |||
|
सदरमुकाम इनरुवामा जिविसले आयोजना गरेको १८ औं जिल्ला परिषदको बैठकबाट पारित आव ०६६/०६७ को बजेट तथा कार्यक्रम र्सार्वजनिक गर्दै आर्थिक वर्षा लागि जिल्लामा विभिन्न योजना र कार्याक्रमका लागि २ अर्व ७६ करौड ५५ लाख ९६ हजार २ सय ३० रुपैयाँ बराबरको आय व्यय बजेट र्सार्वजनिक गरेको हो।
सुनसरीको बजेट पौने तीन अर्वइनरुवा, जिल्ला विकास समिति सुनसरीलेे आर्थिक वर्ष०६६/०६७ का लागि पौने तीन अर्व बजेट र्सार्वजनिक गरेको छ। सदरमुकाम इनरुवामा जिविसले आयोजना गरेको १८ औं जिल्ला परिषदको बैठकबाट पारित आव ०६६/०६७ को बजेट तथा कार्यक्रम र्सार्वजनिक गर्दै आर्थिक वर्षा लागि जिल्लामा विभिन्न योजना र कार्याक्रमका लागि २ अर्व ७६ करौड ५५ लाख ९६ हजार २ सय ३० रुपैयाँ बराबरको आय व्यय बजेट र्सार्वजनिक गरेको हो। जिल्लाको समग्र आय अर्न्तर्गत जिविसको आन्तरिक स्रोत ८ करोड ५९ लाख ८६ हजार जिल्ला विकास समिति कार्यालयको ८६ करोड ३२ लाख २४ हजार ४ सय १५, नेपाल सरकारद्वारा अनुदान ४४ करोड ३९ लाख ९५ हजार, विदेशी साहयता अनुदान ३३ करोड ३२ लाख ४३ हजार ४ सय १५, विषय गत निकायहरुको १ अर्व ६५ करौड ९२ लाख ७६ हजार २ सय ३९ र स्थानीय राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको २४ करोड ३० लाख ९५ हजार ५ सय ७६ रुपैयाँ रहने स्थानिय विकास अधिकारी गुरु सुवेदीले बताउनु भयो। खर्चमा कृषि विकास कार्यालयका लागि कार्यक्रम बजेट पँजीगत तर्फ४८ लाख ३४ हजार र चालु तर्फ५६ लाख ३८ हजार गरी १ करोड ४ लाख ७२ हजार रुपैयाँ, पशु कार्यालयका लागि १० करोड ७ लाख ७० हजार सहित कषि, वन तथा वातावरण र उद्योग तर्फ१३ करौड २९ लाख ९५ हजार रुपैयाँ रहेको छ। त्यसैगरी जनसंख्या, सामाजिक विकास अर्न्तर्गत महिला शिक्षा, स्वास्थ्य लगायतका गरी ७५ करोड ५ लाख ९४ हजार ३ सय ३९ रुपैयाँ, पूवाधार संचरना विकास अर्न्तर्गत खानेपानी तथा सरसफाई, भवन, आवास तथा सहरी विकास, विद्युत, सडक लगायतमा १३ करोड ६२ लाख ४७ हजार ५ सय रुपैया त्यस्तै भूमी तथा जलस्रोत, जलउत्पन्न प्रकोप नियन्त्रण, सिचाई लगायतमा ६३ करोड ९४ लाख ३९ हजार खर्च देखाइएको छ। Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 936 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Sunday, 28 June 2009 ) | |||
| < Prev | Next > |
|---|


















