| कुष्ठरोग प्रभावितहरूकी " आमा" |
|
|
|
| |||
![]() Ms. Winifred Eileen Lodge कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिज्यूहरूबाट सुश्री लजलाई आफ्नो मन्तव्य सहित दोसल्ला ओडाएर अभिनन्दन पत्र समेत हस्तान्तरण गरेका थिए भने उपस्थित सबै आमन्त्रित उहाँका मित्रहरूले पनि दोसल्ला ओडाएर , फुलका गुच्छाहरू तथा शुभकामना पत्रहरू हस्तान्तरण गरी अभिनन्दन गरेका थिए। उहाँलाई हस्तान्तरण गरिएको अभिनन्दन पत्र समेत पढेर सुनाइएको थियो र उहाँको नेपालमा सन् १९५३ सालदेखि हालसम्मको जीवन यात्राको झलक भएको एक डकुमण्टरी समेत प्रदर्शन गरिएको थियो। सुश्री लजको जीवन यात्रा र उहाँको कुष्ठरोग प्रतिको लगावको झलक यसरी प्रदर्शन गरिएको थियो ; सन् १९५३ सालमा वेलायतकी महारानी एलिजावेथको राज्याभिषेक , त्यस्तै सगरमाथा हिमाल आरोहण गर्न सफलता प्राप्त गर्ने सर एड्मण्ड हिलरीको सम्मान भएको वर्ष वेलायतकी एक २७ वर्षी युवती नर्स् नेपालमा सेवाको भावनाले उत्प्रेरित भई उनी भारतको नौतनुवाको बाटो हुंदै भैरहवाबाट सन् १९५३ डिसेम्बर ३ को दिन डि. सी. ३ हवाई जहाजबाट यात्रा गर्दै पोखरामा आइपुग्छिन्। उनी सुश्री आइलिन लज हुन् जो आज ८२ वर्षो उमेर पुगेकी सुश्री आइलिन लज अझै पनि कुष्ठरोगको विरुद्ध र हरेक कुष्ठरोग प्रभावित मानिसहरूको लागि संधै मनन्, चिन्ता र प्रार्थना गरिरहने नेपालको लागि शुभचिन्तक तथा सव यता साथ लागिपर्ने व्यक्तित्व आज हामी माझ उपस्थित हुनुहुन्छ। उहाँ शुरुमा पोखराको साइनिङ्ग अस्पतालमा उनको साथिसंग नर्सिङ्ग सेवामा हुनुहुन्थ्यो। त्यसताका महारोग , कोड, भगवानको श्राप भनेर चिनिने कुष्ठरोगको कारणबाट अंगभंग भएका र जंगलमा विस्थापित गराइएका जवान मानिसहरूलाई देखेर उनको मन परिवर्तन भयो। ती आसाहिन व्यक्तिहरूको उद्धार र सेवाको लागि उनले साइनिङ्ग अस्पतालको काम पछि वेलायतमा फर्केर सबैबाट सहयोगको अपिल गरी पोखरामा फर्केर हरियो खर्क अस्पताल स्थापना गरिन्। जहाँ कुष्ठरोग प्रभावित व्यक्तिहरूको सेवाको लागि उपचार, स्वास्थ्य सेवाको काम शुरु भयो। हालै मात्र डिसेम्बर ३ तारीखका दिन यस अस्पतालको ५० वर्षपुगेको उत्सव मनाएको थियो। उहाँ भन्नुहुन्छ , सन् १९६९ मा उनले हरियो खर्क अस्पतालमा काम गर्दै गरेको समयमा पर्ूवाञ्चलमा भएका कुष्ठरोग प्रभावित मानिसहरू माझ काम गर्नु पर्ने दर्शन पाउनु भएको थियो। सन् १९७० सालमा उहाँ पोखराबाट काठमाडौं आउनुभयो र उहाँलाई तत्कालिन नेल्राबाट संचालित खोकना लेप्रोसरियममा सहयोगकौ लागि अनुरोध भएकोले केही समय त्यहाँ पनि सहयोग कार्य गर्नुभयो। त्यसपछि सन् १९७२ मा कुष्ठरोग प्रभावित मानिसहरूका पूनर्स्थापनको लागि उहाँले ममबत्ती उद्योग , लिटो उत्पादन, बंगुर पालन, बुटिक व्यवसाय जस्ता केही व्यवसायिक कार्यहरू शुरु गर्नुभयो। त्यसपछि छाला कारखाना शुरु गर्नुभयो, आजसम्म पनि हिमालयन लेदर हृयाण्डिक्राफ्ट इन्डस्ट्रीजको नाममा चलिरहेको छ। यसरी कुष्ठरोग प्रभावित व्यक्तिहरूको लागि केही गर्नुपर्छ भनि गैह्र सरकारी संस्थाको रुपमा " नेपाल लेप्रोसी ट्रष्ट" पनि जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दर्ता गर्नुभयो। उहाँ नेपाल लेप्रोसी ट्रष्टमा रहनु भएकै समयमा सन् १९७४ मा तत्कालिन सरकारबाट अनुमति प्राप्त गरी उहाँले विस्थापित कुष्ठरोग प्रभावित व्यक्तिहरूको पूनर्स्थापनको लागि तीन समूहमा पूनर्बासको कार्य पनि गर्नुभयो। पहिलो समूह कण्ठपूरमा ९ परिवार , दोस्रो समूह तारातालमा १८ परिवार र तेस्रो समूह वर्दियामा १३ परिवारको पूनर्बास गरिएको थियो। यसै सिलसिलामा करीब ८ वर्षो अथक प्रयास पश्चात् कुष्ठरोग प्रभावित मानिसहरूका लागि सेवा पुर् याउने उद्देश्यले तत्कालिन सरकारबाट सन् १९९१ मा लालगढ अस्पताल स्थापना र निर्माण गर्ने अनुमति प्राप्त भयो जहाँबाट मध्यमाञ्चल र पूर्वका कुष्ठरोग प्रभावित व्यक्तिहरूको उपचार , स्याहार- सुसार सेवा संचालन गर्नुभयो। हाल यस संस्थाले समुदाय स्तरमा कुष्ठरोग प्रभावित व्यक्तिहरूको समेत संलग्नतामा कुष्ठरोग निवारणका प्रयास भइरहेको छ। सन् १९६९ सालमा उहाँले देख्नुभएको दर्शनको आधारमा नेपाल सरकारको कुष्ठरोग निवारण कार्यक्रमलाई सहयोग पुर् याउने उद्देश्यले सन् १९९६ सालदेखि " नेपाल कुष्ठरोग संगति" स्थापना तथा सरकारमा दर्ता गर्नुभयो। स्थापना कालदेखि हालसम्म यस संस्थाले पूर्वाञ्चलको सप्तरी, सिराहा, झापा र सुनसरी जिल्लाहरूका स्वास्थ्य चौकीहरूमा कुष्ठरोग निदान गरी उपचार गर्ने कार्यमा सहयोग पुर् याउने , कुष्ठरोगकोबारेमा समुदायको जनचेतना अभिवृद्धि कार्यहरू गर्ने र आवश्यकता परेकाहरूका लागि पूनर्स्थापन गने कार्यहरू गर्दै आएको छ। उहाँ नेपालको एक कर्मठ नागरिक हुनुहुन्छ। उहाँलाई चिन्नेहरूले विभिन्न नामबाट चिन्दछन् जस्तैः " कुष्ठरोग प्रभावित व्यक्तिहरूका आमा", साना देखि ठूला उमेरका सबैको " दिदी", " लज मिसाप" र उनको स्वभावलाई लिएर कतिपय नजीकबाट चिन्नुहुने व्यक्तिहरूले " साह्रै कडी", " अनुशासित", " काम भनेपछि गरिहाल्ने" जस्ता अरु थुप्रै संज्ञा पनि दिने गरेको छ। भविष्यमा कुष्ठरोग निवारण होस् भन्नका खातिर आइलिन दिदीले नेपालको लागि गर्नु भएको त्याग र दिनु भएको देनलाई आजको दिन फेरी स्मरण गर्दै र उहाँले गर्नु भएको त्याग र देनलाई मनन् गर्दै भावी दिनहरूमा कुष्ठरोग प्रतिको कु - अवधारणा तथा कुष्ठरोगीहरूको लागि उचित उपचार- स्याहार र पूनर्स्थापनको लागि सबै वर्गमा उहाँको अपिल समेतलाई मनन गरेर भविष्यमा यस देशलाई कुष्ठरोग मुक्त देश होस् भन्ने कामना गर्नुहुन्छ। यसरी आफूलाई सबैले अभिनन्दन गरेको कारण आफू खुशी हुंदै उहाँले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो। ![]() Ms. Winifred Eileen Lodge – Background History. She came as Missionary through International Nepal Fellowship (INF) from England in 1953 to work as nurse in Pokhara Shining Hospital. In 1957, she was moved by seeing the deformed condition of those affected by leprosy in those early days and took initiatives to serve and care for those people beginning with the cornerstone of Green Pasture Leprosy Hospital which has just celebrated its 50 th Anniversary. In 1970, she came to Kathmandu to help with Khokana Leprosarium run by NeLRA with Dr. Adiga. In 1972, she started with the vocational training and production of candle and lito but later handicrafts of leather items which is still running as Himalayan Leather Handicrafts industries. Then she established it as Nepal Leprosy Trust (NLT) which is now an organization run by the Trust. In 1974/75 she came down to Bardiya, Kailali for the resettlement of 3 groups; Kanthapur 9 families, Taratal 18 families and 13 families in Batiya Bardiya with the permission of then Government of Nepal. In 1991, she established Lalgadh Hospital to provide clinical as well as physical care of those who were having leprosy and had disabilities. It is also now under NLT and is a registered organization. And in1996 she established Nepal Leprosy Fellowship as a registered social organization to continue with her strong will to serve and care for those people who are in the eastern Nepal. She has been serving in the leprosy control area since her entry into Nepal. She has dedicated all her 54 years of life in Nepal to caring and serving the people who are affected by leprosy. And even this day at the age of 82, she is very concerned for those people who are out in the villages who are having leprosy bacteria. In 1972 she was permitted to become a Nepalese Citizen. Newer...
Set as favorite Bookmark
Email This
Trackback(0)
Comments (0)
![]() Write comment
|
|||
| < Prev |
|---|















