NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
खै औधोगिक सुरक्षा ? PDF Print E-mail
User Rating: / 0
PoorBest 
Sunday, 28 June 2009 Written by Shishir Dahal

उर्जाको संकट खेपीरहेको करिडोरले आयात र निर्यातको समस्या पनि देपीरहनु परेको छ। करिडोरमा निर्वाद रुपमा कच्चा पदार्थ तथा उत्पादीत सामान आयत र निर्यातको वातावरण तय गर्नका दुइ वर्षअघि नै क्षेत्रीय प्रहरी कार्याल विराटनगरले करिडोरका १२ स्थानमा सीआरभी प्रहरी परिचालन गरेको थियो। तर, प्रहरीलाई खटाइएपनि औधोगिक सुरक्षाको प्रत्याभुती हुन नसकेको उद्योगीहरुको गुनासो रहेको छ।


खै औधोगिक सुरक्षा ?

विराटनगर, १२ असार:  विभिन्न दलको नेतत्वको सरकारहरुले औधोगिक क्षेत्रलाई शान्तिक्षेत्र घोषणा गरेतापनि सो कागज र भाषणमा मात्र सीमित रहेको छ ।

औधोगिक क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको असुरक्षा, बन्द हड्ताल तथा तोडफोड लगायतका गतिविधिले औधोगिक शान्तिक्षेत्र भाषण र सहमतिमापत्रमा मात्र सीमित रहेको प्रमाणीत भएको हो।

मोरंग सुनसरी करिडोरमा दैनिकजसो बन्द हड्ताल हुने गरेको छ भने सरकारले सुरक्षाका लागि खटाएको विशेष प्रहरी टोली कन्ट्रोल रुम भेइकल -सीआरभी) को पनि कुनै प्रभाव परेको छैन।

उर्जाको संकट खेपीरहेको करिडोरले आयात र निर्यातको समस्या पनि देपीरहनु परेको छ। करिडोरमा निर्वाद रुपमा कच्चा पदार्थ तथा उत्पादीत सामान आयत र निर्यातको वातावरण तय गर्नका दुइ वर्षअघि नै क्षेत्रीय प्रहरी कार्याल विराटनगरले करिडोरका १२ स्थानमा सीआरभी प्रहरी परिचालन गरेको थियो। तर, प्रहरीलाई खटाइएपनि औधोगिक सुरक्षाको प्रत्याभुती हुन नसकेको उद्योगीहरुको गुनासो रहेको छ।

हरेक दल तथा संगठनले गरेको बन्दको प्रत्यक्ष मार करिडोरका छ सय उद्योगले हाल पनि खेपीरहनु परेको छ। ससाना संगठनको पनि पहिलो निसाना उद्योग क्षेत्र नै बनेको प्रति उद्योगीहरु चिन्तित भएका छन्। औधोगिक समस्या निराकरण कार्यदलका सहसंयोजक श्याम पौडेलका अनुसार करिडोरमा समस्या मात्र रहेको बताउनु भयो। उद्योगीहरुले उर्जाको व्यापक समस्या झेलीरहेका वेला जेनतेन सञ्चालनमा रहेको उद्योगले बन्द, हड्ताल र चन्दा आतंकको व्यापक समस्या झेलीरहेको पौडेलले  बताउनु भयो।

पर्ूवाञ्चलका सुरक्षा अधिकारीहरु तथा प्रमुख जिल्ला अधिकारीलाई समेत औधोगिक क्षेत्रमा हुने गरेका हिंसात्मक तथा वन्दहड्ताल लगायतका गतिविधि रोक गर्नका लागि उद्योग संगठन मोरंगको पहलमा बारम्बार प्रयास भएतापनि कसैले चासो नदेखाएको पौडेलले बताउनु भयो।

सीआरभी राखेपछि उद्योगमा हुने चोरी तथा डकैतीमा समेत कमी आएको छैन। दिउँसो हुने चारी डकैतीमा केही कमी भएको अनुभुति भएतापनि उद्योग क्षेत्रको समस्त सुरक्षाका बारेमा आस्वस्त हुन नसकेको मोरंग व्यापार संघका अध्यक्ष महेश जाजुले बताउनु भयो। जाजुका अनुसार सरकारले औधोगिक सुरक्षाका लागि विभिन्न सहमतिहरु उद्योगीहरुसँग गरेतापनि व्यवाहारमा उतार्न सकेको छैन। 'सहमति गरेपछि सुरक्षाको प्रत्याभूति हुने विश्वास दिलाउने प्रतिवद्धता हुन्छ तर त्यो कार्यान्वयनमा आएको हामीले अनुभुती गरेका छैनौं।'

उद्योग भित्रको सुरक्षाको बारेमा उद्योगीहरु चिन्तित भएको तर करिडोरको सुरक्षामा सरकार चिन्तित हुनुपर्ने देखिएपनि आफूहरुले अनुभव गर्न नपाएको उद्योगीले गुनासो गरेका छन्। कच्चा पदार्थ आयात तथा उत्पादीत सामग्री निर्यातका लागि हाल पनि विभिन्न समस्याहरु झेलीरहनु परेको उद्योगीहरुले बताए।

विभिन्न संगठनले राज्यसँग गरेको मागका क्रममा हुने गरेको लामो बन्दमा यहाँका उद्योगले कच्चापदार्थको अभाव खेप्नुपर्ने बाध्यता एकातिर रहेको छ भने अर्कातिर उत्पादीत सामग्री बजार सम्म पुर्‍याउन नपाउँदा व्यापारघाटा सम्हाल्न बाध्य हुनुपरेको छ। 'कतिपय उद्योगहरु उर्जा संकट बाहेकका यस्तै समस्याका कारण बैंकको ऋण तिर्न नसकेर बन्द भएका छन्।' जाजुले भन्नु भयो -,'यी सवै समस्याको समाधानको उपाय तत्काल नखोजीए चलिरहेका उद्योगहरुले पनि औधोगिक सुरक्षाको माग गर्नेभन्दा बन्द भएर थन्किने अवस्था हुनेछ।'

विभिन्न प्रकारका समस्याका कारण औधोगिक संकटको घोषणा व्यापारीहरुले एकतर्फी रुपमा गरेका थिए। सो पछि औधोगिक करिडोरमा बन्द नगर्ने भन्दै एकिकृत माओवादी लगायतका ठूला दलहरुले करिडोर क्षेत्र बन्दमुक्त घोषणा समेत गरेका थिए। तर, पछिल्लो पटक सोही दलका भातृ संगठनहरुले बन्द तीव्र पार्न थालेका छन् ।

 

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 779
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Monday, 29 June 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement