NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
नेपालको ख्रीष्टियन मंडली बिगत र बर्त PDF Print E-mail
User Rating: / 1
PoorBest 
Thursday, 25 June 2009 Written by Tanka Subedi

उक्त प्रेस रिलीजमा एक महिनाभित्र देशभरका १० लाख ख्रीष्टियनले देश नछाडे सबै ख्रीष्टियनको घरमा बम पड्काउने धम्की दिइएको थियो। यस भूमिगत संगठनको सर्वोच्च सैन्य कमाण्डर मैनालीले दिएको यो धम्कीको म्याद जुन २५ तारीखमा (आज) सकिदैछ।


 बिगत

सन १७६९ भन्दा अगाडि काठमांडौमा मल्ल राजाहरूले केपुचीन फादरहरूलाई विद्यालय तथा क्लिनिक खोल्न र ख्रीष्टियन मण्डली संचालन गर्न अनुमति दिएका थिए। त्यही साल पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेपछि यी धर्मगुरू तथा लगभग ६० जना स्थानीय ख्रीष्टियनहरूलाई देश निकाला गरेका थिए। त्यसपछि १०४ वर्ष लामो राणा शासनको र त्यस अघिको ७७ बर्षको समयमा नेपालमा ख्रीष्टियनहरूको प्रवेशमा रोक लगाइएको थियो।


१९५० मा प्रजातन्त्र प्राप्ती पछि नेपाल ख्रीष्टियनहरूको लागि केही खुला भयो। यसै सिलसिलामा पोखरामा केही नेपाली र केही ब्रिटीस मिशनरीहरू आइ मण्डली तथा अस्पताल खोले। त्यसको लगत्तै काठमाडौंमा दक्षिण भारत तथा दार्जिलिङ्गबाट आएका मिशनरीहरूले काठमांडौमा मण्डली स्थापना गरेका थिए। लगभग यसै समयमा, राणा तथा राजपरीवारको विशेष अनुरोधमा विद्यालय संचालन गर्न क्याथोलिक फादरहरूलाई निमन्त्रणा गरियो ।


नेपालको प्रजातन्त्र त्यति बलियो नभएको अवस्थामा सन् १९६० मा राजा महेन्द्रले आफ्नो एकल निर्णयमा नेपाललाई हिन्दु अधिराज्य घोषणा गरे। त्यसपछिको पञ्चायत कालमा सयौं ख्रीष्टियन तथा एकाध मुस्लिमलाई समेत धर्म परीवर्तनको मुद्दामा जेलमा हालियो।


१९९० मा पुन: देशमा प्रजातन्त्र आए पश्चात् जेलमा रहेका ख्रीष्टियन बन्धीहरूलाई रिहा गरीयो र त्यसपछिको समयमा नेपालको मण्डली अत्यन्तै तिब्र गतिमा बढेर गयो ।


माओवादीको शसस्त्र संघर्ष तथा अन्यपार्टी सहितको जनआन्दोलनले देशमा राजतन्त्र को अन्त्य गरी गणन्त्र स्थापना गर्यो । यसै शिलशिलामा देशलाई हिन्दु राष्ट नभनी धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो। यो घोषणा पुनस्थापित संसदले गरेको हो र यसमा ख्रीष्टियन तथा अन्य धर्मावलम्बीहरूको भन्दा बढी माओवादीको दवाव र वकालत थियो। माओवादी शसस्त्र द्बन्दकालमा नेपालका गाउँका मंडलिहरूलाइ माओवादी तथा सरकार दुवै पक्षबाट धेरै नै दु:ख दिने काम पनि भयो तथापि त्यसबेला भएको सतावटको तथा मृत्युको यकीन तथ्यांक हामीसँग छैन ।


त्यसभन्दा केही अघि पञ्चायतकालमा नै नेपालबाट कतिपय भारतीय मूलका र कति अन्य मूलका मिशनरीहरूलाई धर्म प्रचार गरेको आरोपमा देश निकाला गरीएको थियो। पञ्चायतकालमा धर्म प्रचार गर्नेलाई ३ वर्ष,  धर्म परीवर्तन गराउनेलाई ६ वर्ष र धर्म परीवर्तन गर्नेलाई ३ वर्ष जेल सजायँको व्यवस्था थियो।
यही कालमा फादर ग्याफीनी जो नेपालमा लागु औषधको कामलाई रोक्ने तथा लतमा फसेकालाई सेवा गर्ने काम गर्थे, उनलाई मारिएको थियो। नेपालको क्याथोलिक मण्डलीले उनलाई शहिद घोषणा गरीसकेको छ।

बर्तमान स्थिति

नेपाल धर्म निरपेक्ष, गणतन्त्रिक राज्य भए लगतै यसको विरूद्धमा ससाना शसस्त्र समुह तथा केही राजनैतिक पार्टीहरू खडा भएका छन्। यसै शिलशिलामा गत २ वर्ष यता ख्रीष्टियनहरू विरूद्ध उठ्ने समुह मध्ये सबै भन्दा सक्रिय समुह नेपाल डिफेन्स आर्मी हो। यो समुह सुरूको समयमा भारतसँग सिमा जोडिएको तराई भागमा सक्रिय थियो भने पछि गएर यसको सञ्जाल देशभरी नै फैलिइसकेको छ। यो समुह सँगसँगै ख्रीष्टियनहरूलाई दु:ख दिन खोज्ने अन्य समुहहरू पनि बेलाबखतमा चर्चामा आउछन् ।


शुरू शुरूम यस समुहले ख्रीष्टीयन धर्मगुरूहरूसँग पैसा माग्ने, तराई छाड्न धम्क्याउने र अपहरण गर्ने काम गरेको थियो भने जुलाइ १, २००८ मा सिराहामा क्याथोलिक फादर जोन प्रकाशको हत्या गरेको थियो। यो समुह र यससँगै रहेका तर छुट्टै नाम प्रयोग गर्ने अन्य समुहले काठमाडौं लगायतका ठाउँहरूबाट पाष्टरहरूसँग रकम माग्ने गरेका छन्।


 सबैभन्दा ठूलो र जघन्य रूपमा 'नेपाल डिफेन्स आर्मीले' गत मे २३ मा काठमाडौं स्थित द चर्च अफ द एसम्सन (नेपाली क्याथोलिकहरूको मुख्य चर्च)मा आराधनाको समयमा बम विष्फोट गराएको थियो। उक्त घटनामा परी ३ जनाको मृत्यु भयो भने अन्य १३ जना घाइते भएका थिए।
 उक्त घटनाको लगतै नेपाल डिफेन्स आर्मीले घटनाको जिम्मा लिएर प्रेस रिलीज गरेको थियो। उक्त प्रेस रिलीजमा एक महिनाभित्र देशभरका १० लाख ख्रीष्टियनले देश नछाडे सबै ख्रीष्टियनको घरमा बम पड्काउने धम्की दिइएको थियो। यस भूमिगत संगठनको सर्वोच्च सैन्य कमाण्डर मैनालीले दिएको यो धम्कीको म्याद जुन २५ तारीखमा सकिदैछ।
 यसबिचमा नेपाल सरकारले आफै पनि चासो देखाइ प्रधानमन्त्री स्वयं घटनाको भोलीपल्ट नै चर्च तथा अस्पतालमा गइ सान्त्वना दिएका थिए। नेपाली ख्रीष्टियनहरूले देशका विभिन्न भागमा शान्ति र्यािली निकालेका थिए भने यस्तो अमानविय कार्य पुन: हुन नदिन सरकारसँग माग गरेका थिए।


 यस विचमा मैनालीले केही नेपाली ख्रीष्टियनहरूसँग फोन सम्पर्क गरेको पनि बुझिएको छ भने अन्य केहीसँग भिन्दै संगठनको नाममा रकम माग गरेको छ।


 नेपाल प्रहरीले चर्चमा बम राख्ने महिला सिता थापा श्रेष्ठलाई पक्राउ गरेपनि उनी अब छिट्टै १० लाख रूपैया धरौटीमा रिहा हुने कुरा सुन्नमा आएको छ। यस समुहका नाइके मैनालीलाई पक्राउ गर्ने तर्फ प्रहरीले कुनै कदम चालेको देखिदैन। यस सन्दर्भमा नेपाल सरकारलाई नेपालभित्रबाट र विदेशबाट समेत यस प्रकारको अमानवीय कार्य गर्ने व्यक्तिलाई पक्राउ गरी शान्ति सुरक्षा कायम राख्न दबाब दिनु पर्ने देखिन्छ।

 साथसाथै ख्रीष्टियनहरू आज पनि देशमा दोस्रो दर्जाको नागरीक सरह जिउन बाध्य छन्। मण्डली तथा ख्रीष्टियन संघ संस्थलाई दर्ता गर्ने वा व्यवस्थित गर्ने कुनै कानुन देशमा छैन। भएको कानुन पनि हिन्दु, बुद्धिष्ट र मुस्लिमको लागि मात्र छ। यसैकारण चाँडो भन्दा चाँडो देशमा धार्मिक ‌ऐनको व्यवस्था गरी आ-आफ्नो विश्वासलाई अवलम्बन गर्न र संगठीत गर्न पाउने अवसरको श्रृजना गरिनुपर्दछ।


 गत जुन ७ तारीखमा भएको प्रार्थना सभामा बम काण्डमा आफ्नी श्रीमति र छोरी गुमाएका भारतीय नागरीक बालम जोसेफले अपराधीलाई आफ्नो तर्फबाट क्षमा दिएको घोषणा गरेका थिए।


 

Newer...
Older...
Hits: 444
Comments (3)add comment
We belong to God's kingdom
written by eternal glory , June 25, 2009

It is really hurting to be treated as second class citizen in own motherland. But it is very encouraging fact that even though world denies us our place is secured in Kingdom of God. No fear can replace our love for God because He is the ONLY GOD! Hats off to Mr. Joseph - he has given strength to many believers with his noble act of forgiveness!!


where are those leaders who were seeking positions in CA?
written by redlight , June 25, 2009

there were some christian organizations and groups who were trying to get elected for the Constituent Assembly, and their purpose was to help christian to get equality and freedom and justice in the country and secure that right in the constitutions. even thought they are not able to get elected.. can't they raise the voices in government level and work for the pressure to deal with this kind of issue, pressuring government to capture and punish this kind of violent people who are trying to start a war between religions who are in harmony and peace? Hindu also used to claim about the peace and harmony is their main agenda.. and where are those Hindu who don't speak against any act on the name of Hindu for destroying the peace and harmony among the brothers?

we have a right to choose our own faith.. but can we respect what some one else want to choose and their right to choose it?

stop the war.. lets plant a peace.



एकताबद्ध भएर काम गर्नु
written by prakash bagale , June 25, 2009

"भाई फुटे गँवार लुटे" भन्ने उखान हामी सबैलाई थाहानै छ । अब बेला आएको छ एक भएर ख्रिष्ट प्रभूको राज्यको बिस्तार गर्ने ।



Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Thursday, 25 June 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement