NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
ख्रीष्टियान युवा पुस्ताले के गरिरहेक PDF Print E-mail
User Rating: / 2
PoorBest 
Saturday, 20 June 2009 Written by Bhuvan Dewvkota

 ३० मेको नयाँ पत्रिकाअनुसार राजधानीमा यौन व्यवसायको सञ्जाल निकै डरलाग्दो छ। राजधानीमा मात्रै कार्यरत करिब बाह्र हजार यौनकर्मीहरू त्यहाँबाट मुक्त हुन क्रन्दनमा छन्। एउटा अनुसन्धानअनुसार यस्ता यौनकर्मीहरूमा झण्डै पचास प्रतिशत अठाह्र वर्षुनिका छन्।


अनुभूति

ख्रीष्टियान युवा पुस्ताले के गरिरहेको छ ?


-भुवन देवकोटा

करिब एक महिना पहिलाको एक दिन बिहान एउटी आदरणीय दिदीको मुखबाट सुनेको एउटा कुरोले मेरो सातो खायो-

"अहिले धेरै अभिभावकहरू आफ्ना छोराछोरीको लागि रुँदै छन्।"

"अझ धेरै किशोरकिशोरीहरूको अवस्था निकै डरलाग्दो भइसकेको छ," यति भन्दा उहाँको गला अवरुद्ध भयो भने गह पनि भरियो।

बालबालिकाहरूको सेवामा अहोरात्र खट्ने ती दिदीको यस्तो कुरा सुन्दा हामी सबैको मन कुंढियो।

म पनि निकै गम्न लागें। मेरो मनभरि अनेकौं दृश्यहरू झलझली आइरहे। केही समयअघि कुनै सभामा भेट हुँदा डा. महेन्द्र भट्टर्राईले भन्नुभएको एउटा वाक्यांश पनि स्मृतिको खोपीमा बारम्बार झुल्किरह्यो- "मिडियाले ख्रीष्टियान किशोरकिशोरीहरूमाथि बमबारी गरिरहेको छ।"

मैले केही दिनपहिले १०-११ वर्षा ख्रीष्टियान बालबालिकाहरूसँग समय बिताउने मौका पाएको थिएँ। कुराकानीको मा उनीहरूले सुन्ने गरेका गीतहरूबारे मलाई बताए-

"म त Highway to hell… भन्ने गीत सुन्छु।"

"म त चिहानकी परी भन्ने गीत सुन्न र गाउन मन पराउँछु।"

"म त डरलाग्दा दृश्यहरू (मारकाट, फाइट, झगडा) भएको गीत सुन्दा र हेर्दा रमाउँछु।"

मलाई त्यो साँझ निकै छट्पटी भएको थियो। गत डिसेम्वरमा संगतिपछि एउटा सोह्रवर्षे किशोरले गितारलाई मीठो धुनमा बजाएर चिहानकी परी भन्ने गीत घँटी सुक्नेगरी गाएको अहिले पनि मेरो कानमा ताजै छ। कसैले भन्ला, "त्यो गीतमा के समस्या छ?" छ किनभने त्यो किचकन्नेको लागि गाइएको गीत हो (विभिन्न पत्रपत्रिकाहरूबाट लेखकले पाएको तथ्यअनुसार)। के येशूलाई माया गर्नेले यसरी गाउनु घुमाउरो (वा प्रत्यक्ष) किसिमले शैतानको प्रशंसा होइन र?

मलाई कसैले सङ्गीतको बारेमा लेख्ने हैसियत नभएको व्यक्ति पनि भने। हो, म सङ्गीतकार होइन, मीठो स्वरमा गाउन जान्दिनँ, तर त्यसलाई अनुसन्धान गर्न रुचाउने शिक्षार्थी भने हुँ।

मैले सङ्गीतलाई बारम्बार प्रयोग गर्नुको कारण यो नै अहिले युवापुस्तालाई प्रिय लाग्ने कुरा हो। Youth Dilemma भन्ने पुस्तकमा नागाल्याण्डकी लेखिका Imtijunga ले त्यो क्षेत्रमा सङ्गीतले कसरी युवाहरूलाई भत्कायो भन्ने तथ्यलाई उजागर गर्नुभएको छ। सुन्दा तितो लागे पनि अस्वस्थ सङ्गीतले मानिसलाई भत्काउँछ, पक्कै हो। सायद आगामी अङ्कमा केही साथीहरूबाट यसबारे अझ सठीक लेख आउने मैले आसा गरेको छु। 

अब समाज र सनातनलाई सही गति दिने अन्नत वचन बाइबल यी सबै कुराको बीचमा कहाँ छ भनेर पनि मैले आफैंलाई सोध्न लागें। नाम, दाम वा अन्य कुराको लागि धेरैले समाजको भविष्यमा लात हान्दै छन्, नेपाली समाजलाई कुँजो बनाउँदै छन्। विज्ञापनले त सिधै आक्रमण गरेको छ भन्ने प्रमाण दुर्इवटा नमुनाबाट दिन चाहन्छु- हर्लिक्सको विज्ञापनमा जे गरी, जसरी पनि दूध... ल्याऊ भन्ने वाक्यांशको भिडियोमा चोरेर पनि ल्याउनुर्पर्छ भन्ने दृश्य प्रष्टगरी देखाइएको छ। अहिले फ्याण्टाको विज्ञापनमा Bunking is allowed भनेर हाम्रा किशोरकिशोरीहरूलाई स्कुलको कक्षा छोडेर घुम्न जान प्रेरणा दिइएको छ।

चुरोटको नसाबाट धुवाँ निकाल्नु वा रक्सीको बोतल लडाउनुलाई मिडियाले आधुनिकताको आधार मानिसक्यो भने पारिवारिक अनुशासन र सामाजिक सद्भावलाई छाडापनले हाम्रो मनबाट गलहत्याइसक्यो। पढेका वा शिक्षित मानिएकाहरूबाटै समाजमा विकृति र विसङ्गतिले मौलाउने मौका पाएको छ। जीवनबाट हारेर मद्यपान, धुम्रपान, लागु औषधीको प्रयोगजस्ता विकृतिहरूले समाजमा जरो गाड्न लाग्दै छ।

२९ मेको कान्तिपुर साप्ताहिकमा भएको एउटा समाचार धेरै डरलाग्दो छ। त्यहाँ उल्लेखित समाचारअनुसार धरानका किशोरकिशोरीहरूले आफैंले यौनसर्म्पर्क गर्न लाएर आफ्नै साथीको मद्दतमा खिचेको भिडियो मोवाइलमा बोकेर हिंडेको कुरा हाम्रो लागि शरमको विषय हो भने शैतानले यसलाई आधुनिकता वा खुल्ला समाजको नाम दिएको छ। धरानका मण्डलीहरू अब धेरै जिम्मेवार भएर घु“डामा रहनुपर्छ। नुन र ज्योति यस्तै समय र परिस्थितिको लागि हो।

३० मेको नयाँ पत्रिकाअनुसार राजधानीमा यौन व्यवसायको सञ्जाल निकै डरलाग्दो छ। राजधानीमा मात्रै कार्यरत करिब बाह्र हजार यौनकर्मीहरू त्यहाँबाट मुक्त हुन व|क्रन्दनमा छन्। एउटा अनुसन्धानअनुसार यस्ता यौनकर्मीहरूमा झण्डै पचास प्रतिशत अठाह्र वर्षुनिका छन्।

हामीले तिनीहरूको सम्मानित जीवनको लागि विकल्प दिन सक्दैनौं र - हामी मण्डली पर्खालभित्रै सुरक्षित छौं भनेर रहेमा भोलि अर्को सदोम र गमोरा निर्माण हुन सक्नेछ र त्यहाँ हाम्रा धेरै युवाहरू कैदमा हुन सक्नेछन्।  

त्यो कुरा अब मण्डलीबाहिर मात्रै रहेन। मण्डलीभित्र यस्ता कुराहरू मौलाउन थालेका छन्, सायद यो भित्रभित्रै बढिरहेको छ। हाम्रा किशोरकिशोरीहरूको दैनिक जीवनमा परमेश्वरको वचन कहा“ छ भन्ने प्रश्न गर्ने फर्सद हामी धेरैलाई छैन। यसरी जटिल र महत्त्वपुर्ण कुरालाई बेवास्ता गर्दा अर्को पिंढीको तयारी कसरी भइरहेको छ -

कसैले भन्ला-

"किशोर उमेर त रमाइलो गर्ने उमेर हो।"

वा,

"तिनीहरूले भनेको मान्दैनन्।"

गलत।

किनभने, उनीहरूलाई कारण र तथ्य बुझाएमा उनीहरूले मान्छन्, तर हामी शासन गर्ने ढङ्गबाट साथीको हैसियतमा उक्लनुपर्छ।

कसैले पनि केही क्षण घोरिएर नेपाली समाजको भोलि कस्तो हुन्छ भन्ने गम्भीर प्रश्नलाई केलाउने साहस गरेको छैन। यसरी अहिलेको तन्नेरी वा युवापुस्ता यी र यस्तै प्रश्नहरूसँग सिंगौरी खेल्दै दोसाँधमा उभिएको बेलामा नेपाली ख्रीष्टियान युवा पुस्ताले के गरिरहेको छ भन्ने अर्को दर्बिलो प्रश्न उभिएको छ।

नेपाली ख्रीष्टियान युवा पुस्तामा पनि विभिन्न अवस्थाहरू छन्। कोही प्रभुमा धेरै गहिरिएर गएका छन् भने कोही बामे र्सर्दै छन्। तर कोही पनि मण्डलीको पर्खालभित्र भए पनि मनभित्र एक्लै र निराश छन्। कसैलाई पुल्पुल्याइएको छ भने कोही मायाको अभावमा आत्मिक रूपमा ख्याउटे भएका छन्। 

मेक्सिकोको अज्टेक्स भनिने जातिले तिनीहरूका देवतालाई खुसी पार्न मानिसको बलिदान दिने गथ्यो र यो उद्देश्यको लागि तिनीहरूले कैदीहरूलाई प्रयोग गर्छन् भनी नेशनल जियोग्राफिक पत्रिकाले लेखेको थियो। तिनीहरूले ती कैदीहरूलाई बलि दिनुअघि केही दिनको लागि सुखसयलमा खान र जिउन अनुमति दिन्थे। सुखसयलपछि के हुन्छ भनी धेरैजसो कैदीहरूलाई थाहा हुँदैनथ्यो।

 त्यसैगरी धेरैजना दुष्टद्वारा कैदी बनाइएका छन् र सांसारिक सुखसयलमा बहकिएका छन्। अन्त्यमा तिनीहरूका आत्मा चोर्ने र नरकमा फाल्ने शैतानको दुष्ट योजना तिनीहरूलाई थाहा छैन।

मेरो ठम्याइमा सबै समस्याको जड पाप हो र त्यसको उपचार हामीसँग छ। उपचारचाहि“ सुसमाचार हो। क्रुसमा भएको येशूको मृत्युले मात्रै मानिसलाई परिवर्तन गर्न सक्छ।

Newer...
Older...
Hits: 588
Comments (1)add comment
हेल्लो भुवन दाई धन्यवाद तपाईंको सोझो र सरल बिचार र चिरफारको लागि ।
written by Buddhi Joseph Khadka , June 28, 2009

म पनि यस्तै कुराहरु बिचार गर्दै थिए । अझ भन्ने हो भने अस्लील म्युजिक भिडियो बनाउने 50 cent, ACDC, Metalica, अरु धेरै म्युजिक सर्जक जसले सिधै सतनिक गितहरु गाउछन अनि जवनहरुलाई बिशेष गरेर किशोर किशोरीहरुलाई प्रभाव पार्दै छन तर दु:खको हाम्रा ख्रिस्ट्को भजन गाउने ओठहरु पनि यस्तै गितमा अल्झिएका छन । अरुत परै जवोस न ख्रिस्टियन गायक र गायिकहरुले यस्तै गीत गएकोले पनि कत्तिमा यस्तै प्रभाव परेको छ। त्यसैले हामीले यसको बिषयमा हाम्रा जवान भाई बहिनिहरुलाई सजग र सचेत गराउनै पर्छ। साथै पार्थाना पनि गर्नु पर्छ ।

भाई
बुद्धि, मलेशिया बाट




Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Saturday, 20 June 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement