| घाइते र राष्ट्रको लागि प्रार्थना सभा |
|
|
|
| |||
|
प्रार्थना सभाकाठमाडौं जेठ २४ नवजीवन चर्च, कुपण्डोलमा उपत्यकाका पास्टरहरूको उपस्थितिमा प्रार्थना सभा सम्पन्न भयो। गत जेठ ९ गते एजम्सन चर्चमा बम विष्फोट हुँदा ३ जनाले ज्यान गुमाएका थिए भने बाँकी १३ जना घाइते भएका थिए। मृतक परिवार र घाइतेहरूको निम्ति प्रार्थना सभाको आयोजना भएको हो। प्रार्थनामा उपत्यकाका ५० जनाभन्दा बढी पास्टर अगुवाहरूको सहभागिता रहेको थियो। प्रार्थना सभालाई डा.रमेश खत्रीले सञ्चालन गर्नुभएको थियो। बीच बीचमा कोरस, भजन गाउँदै २ बजेदेखि ४ बजेसम्म निरन्तर प्रार्थना भैरहेको थियो। डा. रमेश खत्रीले प्रार्थनाका विषयहरू सबैको बीचमा बाँड्नुभएको थियो। उक्त विषयहरुलाई समूह-समूह र एक-एकजना साथी खोज्दै दुइजनाबीच बाँडिएका विषयहरूमा प्रार्थना भएको थियो। एजम्सन चर्चमा बम बिष्फोट भएको देख्नुभएका प्रत्यक्षदर्शी सत्यालले छोटो समयमा घटनाको विवरण दिनुभएको थियो। घटनामा पीडित बालान जोसेफले घटनाबारे जानकारी दिने क्रममा भन्नुभयो, धार्मिक स्थल एजम्सन चर्चमा एक्कासी बम पडकँदा छोरी र श्रीमतीतिर मेरो ध्यान गयो। छोरीलाई हेरेर श्रीमती कराइरहेकी थिइन्। मेरो छोरीको प्राण गइसकेको रहेछ। श्रीमती आफै पनि सिकिस्त घाइते थिइन्। मलाई यस्तो लाग्थ्यो, मैले जति मेरो छोरीलाई कसैले पनि प्रेम गर्दैन। मैले धेरै माया गर्ने छोरीलाई गुमाएँ र श्रीमती उपचारपछि घरमा आउछिन् भन्ने आशा थियो। श्रीमती पनि गुमाएँ। मलाई धेरै पीडा भयो। सीता थापा श्रेष्ठको पनि ११ वर्षको छोरा काखमा छ। मेरी छोरीलाई हत्या गरी। म उसलाई मार्छु भन्ने ममा आक्रोश भएको थियो। मेरो छिमेकी साथीहरूले सीतालाई कुनै पनि हालतमा छोड्नु हुँदैन हत्या गर्नैपर्छ भन्ने सल्लाह दिए। तर मेरो परमेश्वरले मलाई हत्याको बदला हत्या होइन तर क्षमा र प्रेम गर्नुपर्छ भनी सिकाउनुभएको छ। मैले क्षमा गर्न सकें। मेरो विचारमा यो घटनाले मलाई बलियो बनाएको छ। म पहिला कहिल्यै पनि बोल्थिनँ। जुन कुरा मेरो मुखबाट निस्केको थिएन, अहिले म अरुलाई पनि बताउन सक्ने भएको छु मलाई प्रोत्साहन मिलेको छ। मेरो परिवारको २ जना गुमाएँ तर परमेश्वसरबाट विश्वास पाएको छु। सीता थापाले पैसा कमाउनलाई निर्दोष व्यक्तिहरुलाई हत्या गरी तर त्यो पैसाले उसको जीवनमा कति काम गर्छ र? हामी सम्पूर्ण चर्चहरुको निम्ति प्रार्थना गर्नुपर्छ यस्तो घटना कसैको परिवारमा नभएको होस्। मेरो परिवारको निम्ति प्रार्थना गरिदिनुहोला। यो भनाइले उपस्थित सबैलाई दुःखदायी बनाएको थियो। ब्रदर राकेश पनि घटनामा घाइते भएका थिए उनको उपस्थिति पनि थियो। उक्त गवाही पछि एजम्सन चर्च र वालान जोसेफको परिवारको निम्ति प्रार्थना भएको थियो। आतंकित भएका र घाइतेहरूको सुस्वास्थ्यको निम्ति र बम बिष्फोट गराउने आरपी मैनाली र सीता थापा श्रेष्ठसलाई परमेश्वरले ज्ञान बुद्धि दिउन् खराब गर्नदेखि जोगाउन् भनी प्रार्थना भएको थियो। परमेश्वरले गर्नु भएको महान कामको निम्ति प्रशंसाको प्रार्थना पनि भएको थियो। प्रार्थनाकै क्रममा सरकार गठन, राष्ट्रपति, प्रधानमन्त्री लगाएत सम्पूर्ण मन्त्रीहरुको निम्ति र राजनितिक दलहरुको निम्ति पालैपालो प्रार्थना भएको थियो। अन्तमा राज्यले शान्ति सुरक्षा कायम गर्न सकोस् र दोषीलाई कार्वाही गर्न सकोस् र यदि दोषीलाई कार्वाही भएन भने देसमा दण्डहीनता हुन्छ र यस्तो नहोस् तर कार्वाही गर्न सकोस् भनी सरकारको निम्ति प्रार्थना भएको थियो। प्रार्थनापछि एनसीएसको बैठक पनि बसेको थियो। बैठकमा विभिन्न छलफलपछि विभिन्न संघ संस्था सबै चर्चका पास्टरहरुको उपस्थितिमा अर्को वृहत भेलाको आयोजना गरी रणनीति कार्ययोजना बनाई सुरक्षाको निम्ति पहल गर्ने कुराको निर्णय भएको पास्टर प्रकाशराज बगालेले बताउनुभयो। रत्नव राईको प्रार्थनापछि कार्यक्रम बिसर्जन भएको थियो। edited by Rita, 2009-06-10, 15:18:23 Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 918 Comments (0)
![]() Write comment
|
|||
| Last Updated ( Thursday, 09 July 2009 ) | |||
| < Prev | Next > |
|---|


















धार्मिक स्थल एजम्सन चर्चमा एक्कासी बम पडकँदा छोरी र श्रीमतीतिर मेरो ध्यान गयो। छोरीलाई हेरेर श्रीमती कराइरहेकी थिइन्। मेरो छोरीको प्राण गइसकेको रहेछ। श्रीमती आफै पनि सिकिस्त घाइते थिइन्। मलाई यस्तो लाग्थ्यो, मैले जति मेरो छोरीलाई कसैले पनि प्रेम गर्दैन। मैले धेरै माया गर्ने छोरीलाई गुमाएँ र श्रीमती उपचारपछि घरमा आउछिन् भन्ने आशा थियो। श्रीमती पनि गुमाएँ। मलाई धेरै पीडा भयो। सीता थापा श्रेष्ठको पनि ११ वर्षको छोरा काखमा छ। मेरी छोरीलाई हत्या गरी। म उसलाई मार्छु भन्ने ममा आक्रोश भएको थियो।

