NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home
कार्यान्वयनमा सरकार गम्भिर नबनेको PDF Print E-mail
User Rating: / 0
PoorBest 
Monday, 27 April 2009 Written by शिशिर दाहाल

एक मधेश एक प्रदेश नभए सरकार छोडी सडकमा आउछु भन्ने फोरमको भनाई घुर्कि र सत्तामा पुग्ने खेल भएको उहाँले ठोकुवा गर्नुभयो। उहाले मधेशी जनतालाई भ्रम फैलाएर मुक्ति दिन्छु भन्दै सत्ता प्राप्तीको सिडी बनाउने हरुलाई सखाप पार्ने चेतावनी दिनभएको छ।


सहमति कार्यान्वयनमा सरकार गम्भिर नबनेकोः राजन मुक्ति

विराटनगर १३ बैशाख

      जनतान्त्रीक तर्राई मुक्ति मोर्चा राजन मुक्ति समुहका बार्ता टोली संयोजक राजीब झाले सरकारले सहमति पालन नगरेर समस्या समाधान गर्न गम्भिर नबनेको आरोप लगाउनु भएको छ। बिराटनगरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी संयोजक झाले आफुहरुले सरकारी बार्ता टालीसंग गरेको सहमति कार्यान्वयन नगरेका कारण कुनैपनि बेला बार्ता भङ्ग गर्ने चेतावनि दिनु भएको छ।

      मुलुकको हितका लागी वर्तमान सरकारले सहमतिहरु कार्यान्वयन गर्नुपर्ने, प्रहरीको धरपकड बन्द गर्नुपने भन्दै उहाले यदि त्यसखालको गतिबिधी सरकारले नगरे दास्रो चरणको वार्ता बस्न नसक्ने बताउनुभयो। उहाँले सरकारले सहमती पुरा गर्न गम्भिर वनेर कार्यान्वयनमा जोड दिए १५ दिन भित्र दोस्रो चरणको वार्ता हुने खुलासा समेत गर्ने भयो। झाले आफुहरु मधेशीहरुको मुक्ती र अधिकारका लागी लडेको जानकारी दिदै अहिलेको वार्ताको समयलाई शक्ति सञ्चय गर्नमा केन्द्रीत भएको जानकारी दिनभयो। उहाले अफुहरुले २१ हजार अर्ध सैनिक युथ ब्रिगेड दस्ता तयार गरेको पनि जानकारी दिनुभयो।

      अहिले मधेशबादी दलहरु हु भन्दै संबिधान सभामा पुगेका मधेशी दलहरु  मधेशी अधिकार प्राप्ती का लागी नभई कुर्सीका लागी गएको दाबी गर्नुभयो । आफ्नै मागहरु पुरा गर्न नसक्ने अहिले संसदमा पुगेका मधेशबादी दलहरुले मधेश मुक्ती आन्दोलनमा लागेको आफ्नो मोर्चाका मागहरु पुरा गर्न नसक्ने उहाको भनाई थियो।

      एक मधेश एक प्रदेश नभए सरकार छोडी सडकमा आउछु भन्ने फोरमको भनाई घुर्कि र सत्तामा पुग्ने खेल भएको उहा“ले ठोकुवा गर्नुभयो । उहाले मधेशी जनतालाई भ्रम फैलाएर मुक्ति दिन्छु भन्दै सत्ता प्राप्तीको सिडी बनाउने हरुलाई सखाप पार्ने चेतावनी दिनभएको छ । तर मधेशीहरुको मुक्ती गर्ने ससस्त्र वा निसस्त्र जुनसुकै शक्तिलाई आफुहरुको सहयोग हुने झाले बताउनुभएको छ । तर्राईमा स्ांर्घष्ारत अन्य समुहहरु निरिह रहेकाले संयुक्त मोर्चा बनाएर मधेश मुक्तिको आन्दोलन उठाउने सम्भावना नरहेको जानकारी दिदै वार्ता टोली संयोजक झाले मोर्चाको आन्दोलन पहाडे समुदाय प्रति लक्षीत नभई सरकार संग भएको समेत प्रस्ट पार्नुभएको छ।

      स्वतन्त्र तर्राई राष्ट्र वा स्वायत्त तर्राईको बिषयमा जनमत संग्रह गराउनु पर्ने, संबिधान सभा खारेज गर्नुपर्ने र सेना र प्रहरीलाई तर्राई बाट हटाउनुपर्ने माग समेत उहाले गर्नुभएको छ। झाले आदिबासी जनजातिहरुलाई जबरजस्ती मधेशी बनाउन नमिल्ने स्पस्ट पार्नुभयो।

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 782
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Monday, 27 April 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement