| बन्दले बढे हवाई यात्रु |
|
|
|
| |||
|
कुन ठाउँमा कतिखेर बन्द हुने हो थाहा हुदैन हवाईजहाज महगो भएपनि बन्दको डर चाहि हुदैन डम्मर दाहालले बताए। बन्दले बढे हवाई यात्रु विमानस्थलमा समस्या शिशिर दाहाल विराटनगर १३ बैशाख दिनहुजासो बन्द हड्ताल हुन थालेपछि सडक मार्ग अनिश्चित बन्दै गएको छ । जसवाट यातायात ब्यवसायीहरु मारमा परेका छन । तर यसको प्रतक्ष फाइदा हवाइ मार्गलाई मिलेको छ । देशमा बन्द हड्ताल बढेपछि आफ्नो गन्तब्य स्थानसम्म पुग्न यात्रुहरु हवाइमार्गलाई प्रयोग गर्न थालेका छन । सडक यातायातबाट यात्रा गर्दा बन्द हड्तालको चपेटामा परिने भएकाले गन्तब्य स्थानसम्म पुग्न समस्या हुने गरेकोले धेरैले हाल हवाई यातायातको प्रयोग गर्न थालेका हुन । झन्झटमुक्त रहेकोले धेरैले हवाईसेवा प्रयोग गर्न थालेपछि सेवा प्रयोग गर्नेको संख्या ७० प्रतिशतले बृद्धि भएको छ । केही समय अधि सम्म दैनिक ३ सय जनाले पनि प्रयोग नगर्ने हवाई यातायात हाल ७ सय भन्दा बढिले यो मार्ग प्रयोग गर्न थालेको नागरीक उड्यन प्राधिकरणका प्रमुख योगन्द्र प्रसाद राउत बताउछन । कुन ठाउँमा कतिखेर बन्द हुने हो थाहा हुदैन हवाईजहाज महगो भएपनि बन्दको डर चाहि हुदैन डम्मर दाहालले बताए। ६ सयमा पुगीने ठाउँमा ३६ सय तिर्नुपरेकोमा दुःख लागेको भएपनि यात्रा गर्नै पयौ उनले भने । टिकट नपाइने हवाइ मार्ग प्रयोग गर्न चाहने यात्रुहरुको संख्या बढेपनि त्यस अनुसार कम्पनिहरुले उडान भर्न नसक्दा यात्रुहरुलाई समस्या भएको छ । भनेको बेला टिकट नपाउने गरेको र्सवसाधारण गुनासो रहेको छ । कुनैपनि हवाइसेवाबाट यात्रा गर्न ४ दिन अधि नैै टिकट लिनुपर्ने बाध्यता रहेको बुद्ध एयरका स्टेशन म्यानेजर गिरीराज बस्नेतले जानकारी दिनुभयो । यात्रुहरुको चाप धेरै भएका कारण यात्रुहरुलाई केहि दिन पर्खनपर्ने स्टेशन म्यानेजर बस्नेटले बताए । सौचालयको समस्या बिमानस्थलमा यात्रुहरुको चाप बढ्न थालेपछि सौचालय तथा बस्ने ठाउको समस्या भएको छ । पहिले २ सय यात्रुहरुले यात्रा गर्ने भएकाले त्यसको आधारमा बनाइएको सौचालय हाल ७ सय भन्दा बढिले प्रयोग गर्नु परेको छ । धेरैले सौचालय प्रयोग गर्ने भएकाले सौचालय दुर्गन्धीत हुने गरेको छ । कतिपय महिला सौचालयमा महिलाहरुले प्रयोग गरेको प्याड सौचालयमा हालिदिनाले पाइप बन्द भई जाम हुने गरेको प्राधिकरणका प्रमुख राउतले बताए। उनका अनुसार यात्रुहरुको चाप बढेकाले विमानस्थलभित्र बस्नको निम्ती थप कुर्सिको ब्यवस्था गरीएको छ। विमानस्थलमा पहिले ८०/९० वटा कुर्सी रहेकोमा हाल यात्रुहरुको चापलाई ध्यानमा राखी हाल ३ सय वटा कुर्सिहरु राखिएको छ । Newer...
Older...
Set as favorite Bookmark
Email This
Hits: 829 Comments (0)
![]() Write comment
|
|||
| < Prev | Next > |
|---|


















