NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
साहित्यको सन्दर्भमा... PDF Print E-mail
User Rating: / 0
PoorBest 
Friday, 24 April 2009 Written by Bhuvan Devkota

साहित्यको सन्दर्भमा...

कविता कवि होस्, कवि कविता होस् तब पो हुन्छ
शब्द थुपारीकन के हुन्छ?  भाव भए पो पुग्छ

 कुनै एकजना नेपाली साहित्यकारले कविताको बारेमा यसरी भनेका थिए। साहित्यलाई पनि त्यही ओजनमा मापन गर्दा सुहाउँछ भन्ने मलाई लाग्छ। साहित्य समाजको ऐना हो भने यसले समाजको कुरा बोल्छ। समाजको ऐना मात्रै नभएर साहित्य समाजको पथप्रदर्शक पनि हो। समाज र संस्कारको सर्न्दर्भमा प्रस्तुत भएको साहित्यले अधोगति होइन, उन्नतिको मार्ग औंल्याउँछ भन्दा अहिलेका फोहोर र असान्दर्भिक लेखलेखोटलाई साहित्य भन्न मिल्ला कि नमिल्ला भन्ने प्रश्नको तगारो लाग्न सक्छ।

ओछ्यानमा ढल्किएर रिमोटको एउटा बटन थिचेको भरमा विश्वविचरण गर्न सकिने र इन्टरनेटबाट संसारका सबै कुरा देख्न सकिने वर्तमान सर्न्दर्भमा छापिएको साहित्यको अर्थ र कार्य के छ भनेर बहस चलाउनु पनि एउटा प्रमुख विषय बन्न सक्छ। आफ्नो टिभी र कम्प्युटरको स्र्किनमा संसार देखिने सर्न्दर्भबाट अघि बढ्दा अहिलेको समाज अत्यन्तै प्रतिस्पर्धी र व्यस्त देखिन्छ।

बाइबल अर्थात् परमेश्वरको वचन पनि एउटा गहन र जीवन परिवर्तन गर्न सक्ने हैसियत भएको साहित्य हो। यसमा विभिन्न किसिमका साहित्यहरू छन्। परमेश्वरले यसमा धार्मिक विधिहरू, इतिहास, कविता, भविष्यवाणी, जीवनी, पत्रहरू समावेश हुन दिनुभएको छ। बाइबलले मानिसको जीवनलाई परिवर्तन गर्न सक्छ भन्ने सत्यलाइृ मनन गर्ने हो भने साहित्यमा शक्ति छ भन्ने कुरा प्रमाणित हुन्छ।

आलोचना र समालोचना दुवै खेप्दै आएको बाइबलले आफ्नो मौलिकता र साहित्यक ओजन कायम राखिरहनुमा परमेश्वरको हातको कार्य हो भन्दा कसैलाई आपत्ति नहोला।

विश्वसाहित्य र नेपाली बृहत् साहित्यको आकासमा हाम्रो ख्रीष्टियान साहित्य पनि जर्ुर्मुराउने प्रयत्नमा छ । सन् १९१३ -मिति गलत नभए) मा पादरी गंगा प्र. प्रधानले नेपाली भाषामा छापेको बाइबल नेपाली भाषामै छापिएको पहिलो पुस्तक बने पनि ख्रीष्टियान साहित्यलाई हेपिएको र हामीले पनि त्यसको मूल्यको बेवास्ता गरेको कारणले अहिले त्यो तथ्य साहित्य इतिहासबाट झण्डै बिलिन छ, पादरीलाई सम्झने केही प्रयासहरू भने भइरहेका छन्, तर पादरीको परमेश्वरलाई त्यो प्रयासमा बेवास्ता गरिएको भान यो पङ्क्तिकारलाई भइरहेको छ।

अनुदित साहित्यले हामीलाई खर्लप्पै निल्न आँटेको छ। मौलिक र्सजकहरूले आफ्नो कृतिलाई घाम देखाउने आसामा रहँदा अनुदित साहित्यको लगानी देखेर घुटुक्क थुक निल्नुपरेको छ। राम्रा र योग्य र्सजकहरू आफ्नो घरमा पाण्डुलिपि सिरानी हालेर सुत्नुपरेको छ। हाम्रो माटो सुहाउँदो र मुटुसँग अझ नजिकको नाता भएको साहित्यले हामीलाई अझ सजिलै छुन सक्छ, हिर्काउन सक्छ।

पैसा र हैसियतको भरमा लेखक र साहित्यकार बन्नेहरूको भीडमा पनि मौलिक र दरिला लेखकहरू खुम्चिएका छन्। बल्लतल्ल छापेको कृति पनि नबिक्दा कति साहित्यकारहरूको उठीबास पनि नभएको होइन, तर र्सजकले सिर्जना गर्न छाड्दैन, समाजका अवयवहरूलाई घच्घच्याउन विश्राम लिँदैन।

अब प्रश्न आउँछ, आजको विद्युतीय सञ्चारमाध्यमले कब्जा जमाएको संसारमा साहित्य किन चाहियो ? अझ ख्रीष्टियान साहित्य किन?

किनभने बाइबल साहित्य हो। साहित्य आवश्यक छैन भन्ने हो भने बाइबल पनि आवश्यक छैन भन्नुपर्ला कि - तर कुनै पनि ख्रीष्टियान बाइबल असान्दर्भिक र आउट डेटेड भन्न सक्दैन। त्यसरी नै बाइबलको बराबर हैसियत नभए पनि बाइबलको प्रेरणामा, येशूसँगको हिंडाइमा, पवित्र आत्माको प्रेरणामा लेखिएको साहित्यले हामीलाई परमेश्वरको नजिक जान मद्दत गर्न सक्छ। तर पनि बाइबलको हैसियत अरू कुनै पुस्तकको पनि हुन सक्दैन।

बाइबलपछि आज धेरै जनाको जीवन पविर्तनमा ख्रीष्टियान साहित्यले मुख्य भूमिका खेलेको छ भन्दा अन्याय नठहर्ला। किताब, पर्चा, पत्रिका जे भए पनि हामीलाई साहित्यले छोएको छ। माया गरेको छ। हामीमा रमाइलो न्यानोपन दिएको छ।
 
साहित्य समाजलाई चाहिन्छ। समाजको चौतर्फी विकासमा साहित्यको पनि विकास हुनु जरुरी छ र साहित्यले पनि सहयोग गर्न सक्छ।

आज हामीले ख्रीष्टियान साहित्यलाई माया गरे मात्रै हामीले ख्रीष्टियान मौलिकता जोगाउन सक्छौं। बाइबलमा येशू लेखिए पनि अहिले धेरैलाई येसु लेख्ने रहर जागेको छ। व्याकरणीय हिसाबले यो शब्द नेपाली भाषाको मौलिक होइन, आगन्तुक हो। यसलाई नेपाली ख्रीष्टियान साहित्यको गहना मान्ने हो भने हाम्रो गहना वा मौलिकतालाई किन अरूको कुरासँग दाँज्ने? फेरि परमेश्वरको वचन सबै व्याकरण र भाषाको नियमभन्दा माथि रहन्छ भन्ने तथ्य हामीले बिर्सन मिल्दैन भन्ने मलाई लाग्छ।

यो सानो लेखको आसय कुनै विषयमा विवाद सिर्जना गर्नु वा कसैलाई अलमलमा पार्ने नभई ख्रीष्टियान साहित्यको लागि माया बटुल्नु र हाम्रो मनमा माया उब्जाउने प्रयास गर्नु हो। त्यर्सथ हामीले यसलाई स्नेह दिने काम गरौं र हामीले पनि जीवन र समाजको परिवर्तमा र हामीलाई परमेश्वरको आशिष्मा ल्याउन यसको हैसियत देख्नेछौं।

अन्त्यमा...
भजनसंग्रह ११९:११- तपाईंको विरुद्ध पाप नगरूँ भनेर तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित साथ राखेको छु।

(गत अप्रिल १३ मा मुहान पत्रिकाको आयोजनामा नयाँ दिल्ली, भारतमा भएको साहित्यप्रेमीहरूको भेटघाटमा वाचित लेख।)

Newer...
Older...
Hits: 488
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Friday, 24 April 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement