NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
नेपाल प्रार्थना अभियानः देशको लागि PDF Print E-mail
User Rating: / 0
PoorBest 
Monday, 20 April 2009 Written by Sarju Rijal

प्रार्थनाको मूख्य विषय नेपाल देश र सरकारको निम्ति रहेको छ। मूख्य नारा दिगो शान्ति र लोकतन्त्रको लागि मासिक प्रार्थना रहेको छ।


नेपाल प्रार्थना अभियानः देशको लागि

बैशाख-६ काठमाडौं

बुद्धनगर नयाँ बानेश्वार स्थित आटेन लाइब्रेरीमा विगत वर्षहरुदेखि मासिक रुपमा हुँदै आएको प्रार्थनामा २०६६ नयाँ वर्षको पहिलो आइतबार पास्टरर कुमार तामाङको नेतृत्वमा प्रार्थना सम्पन्न भयो। प्रार्थनामा लगभग २५ जनाको सहभागिता रहेको थियो।  

यो प्रार्थनाको सुरुवात कसरी भयो भन्ने कुरालाई पुष्टि गर्दै दिव्य खनालले भन्नुभयो एक जना दक्षिण अफ्रिकाको परमेश्व्रको जनले दक्षिण अफ्रिकाको विषय प्रार्थनामा ल्याउनुभयो। पुतलीसडक चर्चमा थुप्रै पास्टरहरुको भेलामा एउटा मिटिङ भइ कमिटि गठन भयो। यसको मुख्य नेतृत्व डा.रमेश खत्रीले लिनुभयो। २००६ को जनवरीमा पहिलो एक हप्ते  प्रार्थना भयो। जसको परिणामस्वरुप आजसम्म राम्रोसँग भैरहेको छ। प्रार्थनालाई अझै लगातार गर्न थप उत्साह भारतका एकजना प्रभुका दासले ३६५ दिनको प्रार्थना गर्नुपर्छ भनी दर्शन थपिदिनुभो।

प्रार्थनाको मूख्य विषय नेपाल देश र सरकारको निम्ति रहेको कुरा पनि खनालले बताउनुभयो। यसको मूख्य नारा दिगो शान्ति र लोकतन्त्रको लागि मासिक प्रार्थना रहेको छ। यही विषयमा भरतपुर, धादिङ, बीरगंज र कंचनपुरमा प्रार्थना भैरहेको छ र ३६५ दिनको प्रार्थना नेपालको विभिन्न ठाउँहरमा भैरको छ। डा.रमेश खत्रीको संयोजकत्वमा प्रार्थना हुँदै आइरहेको छ। नेपाली महिनाको चौथो आइतबार आटेन लाइब्रेरीमा प्रार्थना हुँदै आइरहेको जानकारी दिव्य खनालले दिनुभयो।

सोही समयमा आगामि बैशाख २७ वा मे १०को आइतबार प्रार्थनाको नेतृत्व गणेश के.सी.ले लिनुभएको छ।

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 886
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Monday, 20 April 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement